२ श्रावण २०८१, बुधबार
सल्यानमा बेपत्ता भएका बिक २० दिनपछि मृत फेला

विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा


  • टाइम्स संवाददाता

  • २ बैशाख २०८०, शनिबार १७:३९

सल्यान : सल्यानमा बेपत्ता भएको २० दिनपछि एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका–७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन्।

शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ। विक गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता भएका थिए।​ विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अनुसन्धानको काम अघि बढेको प्रहरीको भनाइ छ।

Nabintech