३१ असार २०८१, आईतवार
नेपालगञ्ज नाकामा ४ जना सहित देशभर ६४ जना कोरना संक्रमित थपिए

नेपालमा कोरोनाका ३७७ जना सक्रिय संक्रमित


  • टाइम्स संवाददाता

  • २ बैशाख २०८०, शनिबार १९:३४

कोहलपुर,बाँके: नेपालगञ्जको जमुनाहा नाकामा शनिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट काम गरेर स्वदेश फर्किएका शंकास्पद १ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित चार जनामध्ये ३ पुरुष र १ महिला रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यसैगरि देशभरमा आज कोरोनाका ६४ जना संक्रमित थपिएका छन्। देशभर गरिएको ९५६ नमुना परीक्षणका क्रममा ६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल नेपालमा कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो अवधिमा १५ हजार ८७ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिले पनि ३ जना संक्रमितको भेन्टिलेटर र ११ जनाको आईसीयूमा उपचार भइरहेको छ।

Nabintech