४ जेष्ठ २०८१, शुक्रबार
बाँके ट्राफिकद्वारा चैत महिनामा २७ लाख बढि राजस्व संकलन

चैत महिनाको विभिन्न समयमा मापासे कक्षामा २ सय ८ जना सहभागि


  • टाइम्स संवाददाता

  • ५ बैशाख २०८०, मंगलवार १५:०५

नेपालगञ्ज : जिल्ला ट्राफिक कार्यालय बाँकेले एक महिनामा २७ लाख ७८ हजार बढि राजस्व संकलन गरेको छ ।गत चैत महिनामा जिल्ला ट्राफिक कार्यालयले २७ लाख ७८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।

‘बाँकेमा गत चैत महिनामा १ सय १५ स्थानमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ उनले भने, ‘१४ स्थानमा होर्डिङबोर्डहरु समेत राखिएको छ ।’

चैत महिनाको विभिन्न समयमा मापासे कक्षामा २ सय ८ जना सहभागि रहेका थिए भने चैत महिनामा ७ जना दुर्घटना भएपनि मुत्यु भने शुन्य रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।

Nabintech