४ जेष्ठ २०८१, शुक्रबार
मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

यो वर्ष पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान


  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८०, बिहीबार ०७:४१

काठमाडौं : चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो। भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै औँसीको बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्छन्।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थित रूपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाएको बताए। यो वर्ष पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको छ।

मन्दिरका पुजारी फणीन्द्र अधिकारीले मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेको बताए। मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

Nabintech