२० बैशाख २०८१, बिहीबार
थपिए १०३ नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या ४ सय नजिक

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८०, बिहीबार १८:०९

काठमाडौं : देशभर पछिल्लो समय १ हजार ६४५ जनाको कोरोना परीक्षण गर्दा १०३ जना नयाँ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१ जना कोरोना मुक्त भएका छन्।

हालसम्म कोरोना संक्रमणबाट १२ हजार २५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हालदेशभर ३९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Nabintech