२१ बैशाख २०८१, शुक्रबार
भेरीमा बिरामी खचाखच कर्मचारी नै गर्छन बिरामीलाई दुरब्यबहार

बिरामीको अत्याधिक चापका कारण बेड खाली समेत हुन सकेका छैनन


  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८०, शुक्रबार ११:४९

नेपालगञ्ज: बाँकेको नेपालगञ्ज स्थित रहेको भेरी अस्पतालमा गैरजिम्मेवारीपूर्ण तरिकाका साथ त्यँहा कार्यरत कर्मचारी विरामी माथि नै  धम्किपुर्ण हर्कत गर्दै खनिएको पाईको छ । गर्मी सुरु भए संगै एकातिर बिरामीहरुको चाप बढेको छ भने अर्कोतिर नेपालगञ्ज स्थित भेरी अस्पतालमा रहेका बेड विरामीहरुबाट खचाखच भरिएका छन । यस वर्ष गर्मीले आफ्नो सिमा नाघिरहेको छ । अधिक गर्मीका कारण यतिबेला बिरामीको संख्यामा उकालो लाग्दै गएको हो ।

भेरी अस्पतालमा नेपालगञ्जका बिरामी मात्र नभई लुम्बिनी प्रदेश सहित कर्णाली, सुदुपश्चिम प्रदेशबाट समेत सेवा लिन आउने गरेका छन । सल्यान घर भई सेवा लिन भेरी अस्पताल पुगेकी भिमा घर्तीले आफु माथि अस्पताल कर्मचारीले धम्किपुर्ण शब्दमा बिरामी यहाँ किन ल्याएको भन्दै प्रश्न गरेको गुनासो पोखेकी छन । नेपालगञ्जको कोरियनपुर बस्दै आएकी ४५ वर्षीय घर्तीकी भदैनीकहाँ काम विषेशले भेट्न आएको बेला पेटको दुखाईले च्यापेपछि स्वास्थ्य सेवा लिन भेरीमा पुगेकी थिइन । गत सोमबार बिहान खाना खाएपछि उनको एक्कासी पेट दुखाई शुरु भएको थियो ।

फूपू छटपटिएको देख्दा आत्तिदै भेरीको ईर्मजेन्सिमा लिएर जादा त्यहा कार्यरत स्वास्थ्यकर्मीले उनीमाथि दुर्ववहार गरेको गुनासो गरेकी छन । उनका अनुसार ईर्मजेन्सिको ड्युटीमा रहेकी स्वास्थ्यकर्मी मेघा मण्डलले बिरामीलाई यहाँ किन ल्याएको भन्ने प्रश्न गरेकी थिइन ।

पैसाको अभावका कारण निजी अस्पतालमा उपचार गराउन नसकेपछि सरकारी अस्पतालमा सेवा लिनका लागि लगिएको भएपनि बिरामीको अत्याधिक चापका कारण बेड खाली नरहेको अस्पतालले जनाएको छ ।

पिडित भिमा घर्तीले भनिन स्वास्थ्य, शिक्षा लगायत नागरिकले निशुल्क रहेको राज्यले व्यवस्था गरेपनि भेरीमा आउदा सेवा भन्दा यहाँ कार्यरत चिकित्सकले देखाएको व्यवहारले निकै चित्त दुखेको छ । पैसाको अभाव र पेट दुखाईको पिडा एकातिर र चिकित्सकको व्यवहारको पिडा अर्को तिर सेवा लिन आएका सेवाग्राहीलाई अपमानपूर्ण रुपमा उनीहरुलाई धनी गरिबको वर्गमा मुल्यांकन गरेर मात्र व्यवस्थापन गर्नु खेदजनक हो ।

यस बिषयमा अस्पतालका मेसु बद्री चापागाईलाई समेत खबरदारी गर्दा उल्टै स्वास्थ्यकर्मीले यस्तो पक्कै पनि नगरे होलान भन्ने जवाफ दिए । साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको भेरी अस्पताल बि.सं १९४७ मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भएको थियो ।

त्यस पश्चात बिसं २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भएको थियो भने बि.सं.२०२१ सम्म चलेको थियो । त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको यस अस्पतालका लागी शुरुमा ५० बेड स्वीकृत भएको थियो ।

२०४३ सालमा सय बेड र हाल बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचालन भईरहेको अवस्थामा साल २०६१ भाद्र २९ च.नं. २/१९०९ को पत्रानुसार १०० शैयाबाट बृद्धि गरि २०० शैया क्षमतामा संचालन गर्न अनुमती प्राप्त भएपनि आर्थिक अभावका कारण संचालन गर्न नसकिएकोले हाल सम्म १५० शैया क्षमता मै अस्पताल संचालन भईरहेको अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।

देश संघिय संरचनामा गएपछि केही समय भेरी प्रादेशीक अस्पताल नामाकरण भई प्रदेश अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको निणर्य अनुसार संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल गरिएको छ ।

Nabintech