७ बैशाख २०८१, शुक्रबार
नियतवस साधारण सभा रोकिएको हैन, प्रतिनिधिमुलक साधारण सभा गर्दैछौं : अध्यक्ष मल्ल

भेरी बबई डाइर्भसन बहुउदेश्य आयोजनाबाट पानी ल्याउनको लागी डिपिआर गर्ने योजनामा कोहलपुर खानेपानी


  • प्रमोद रिजाल

  • १५ बैशाख २०८०, शुक्रबार १५:१६

कोहलपुर,बाँके: कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्लले आफनो कार्यकाल सकिए पनि नियतवस साधारण सभा नरोकेको बताएका छन । प्रतिनिधिमुलक साधारण सभा हुनुपर्ने संस्थाको विधानमा उल्लेखित निती नियमका कारण साधारण सभा रोकिएको उनले जिकिर गरे ।

संस्थाको बिधानमा खानेपानी उपभोक्ताबिच बिभिन्न वडामा प्रतिनिधि छनौट, वडा कमिटि गठन गरि साधारण सभा हुनुपर्ने उल्लेख भएकोमा प्रतिनिधि छनौट तथा वडा कमिटि गठन हुन नसकेका कारण साधारण सभा हुन नसकेको भन्दै सर्वदलिय तथा सर्वपक्षिय भेलाको निर्णयबाट बिभिन्न वडामा प्रतिनिधि छनौट एबं वडा कमिटि गठन सम्पन्न गरि ८ औं बार्षिक साधारण सभा तथा अधिवेसन आउदो जेष्ठ २ गते कोहलपुरको शित भण्डारमा सम्पन्न हुने अध्यक्ष मल्लले आज कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन । यद्यपि कोहलपुर नगरपालिका वडा नं. १० र ११ मा भने वडा कमिटि गठन भईसकेको छैन ।

२०७२ सालमा निर्बाचित मल्लको कार्यकाल २०७७ सालमा सकिएको भएपनि बिबिध कारणले लम्बिएको दाबि गर्दै ७ बर्षमा आफनो कार्य समितीले गरेका कामहरुको फेरीहिस्त समेत पत्रकार सम्मेलनमा उनले सार्वजनिक गरेका छन ।

उनले आर्थिक बर्ष ०७१/ ०७२ मा गरेको खुद आम्दानि र खर्चको तुलनामा आर्थिक बर्ष ०७८ / ०७९ मा आम्दानि खर्चको रेसियो २७७ प्रतिशतले बढेको तथ्यांक उल्लेख गरिरहदा संस्था भने कुल २१ लाख ८८ हजार बढिले नोक्सानीमा (आम्दानि भन्दा खर्च बढि) रहेको पाईएको छ । कर्मचारीहरुको बृत्ती विकासमा २०४ प्रतिशत, धारा जडानमा २३१ प्रतिशत र पाईपलाईन विस्तारमा ९६ प्रतिशतले आक्रमक छलाङ मारेकोे प्रतिबेदन बाचन गर्दै अध्यक्ष मल्लले संस्था डुवायो , भ्रष्टाचार गर्यो भन्नेहरुका लागि आफुले कामले जवाफ दिएको समेत दाबि गरेका छन ।


उनले “पानिले खेत बारी डुवाउछ” भन्ने सुनेको तर मेरो कार्य समितीले संस्था नडुवाएको बरु आर्थिक बर्ष ०७१ / ०७२ को तुलनामा आर्थिक बर्ष ०७८ / ०७९ मा खानेपानीका हरेक सुचकहरुले फड्को मारेको दाबि गरे ।

अध्यक्ष मल्लले हाल ७ वडाका उपभोक्ताहरु खानेपानीको पहुचमा रहेको र आगामी १ बर्ष भित्र कोहलपुर नगरपालिकाका थप ५ वडाहरुमा पानीका धाराहरु विस्तार गर्ने योजना रहेको बताए । कोहलपुरमा पानीको अभाव नहोस भनेर २ बिगाह क्षेत्रफलमा ७ करोडको लागतमा ३ वडा डिप बोरिङ निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

खानेपानीको पाइप लाईन १ लाख ५० हजार भन्दा बढी क्षेत्रफलमा बिस्तार भइसकेको छ भने कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले कार्यालयका सबै सेवाहरु डिजिटलाइज गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । खानेपानीका पाइपहरु कहाबाट पाइप फुटेको छ भनेर कार्यालयबाटै निगरानी गर्नको लागी जि आइ एस नक्साको काम समेत सम्पन्न भएको सस्थाका सचिब प्रेम वहादुर कटवालले बताए।
उपभोक्तहरुले खानेपानीको बारेमा कुनै गुनासो गर्न परेमा सस्थाको कोडबाट गुनासो गर्न सकिने, बिल भुक्तानि अनलाईन मोबाईल एपबाट गर्न सकिने उनको दावि छ ।

भबिष्यमा १० वडा डिप बोरिड र ३ वडा ओभर हेड टेंकि निर्माण गर्ने कोहलपुर नगरपालिका वडा न १३ मा खाने पानीको सेवा बिस्तार गर्ने र आगमाी २ बर्ष भित्र भेरी बबई डाइर्भसन बहुउदेश्य आयोजनाबाट पानी ल्याउनको लागी डिपिआर गर्ने योजना रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरेको छ ।

अध्यक्ष मल्लले कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थालाई स्थानिय सरकार भनेर चिनिने कोहलपुर नगरपालिकाले आर्थिक तथा प्राबिधिक सहयोग नगरेको भन्दै अघिल्लो सरकार र अहिलेको सरकारलाई पानीको गुणस्तर तथा अन्य प्राबिधिक सहयोग गर्न भन्दा आफनो कुराहरुमा कुनै सुनुवाई नगरेको गुनासो समेत पोखेका छन । उनले कोहलपुर नगरपालिकाले कुनै सहयोग नगर्ने तर बिभिन्न वडाहरुले धारा जडान निशुल्क जडान गरिदिने भन्दै पत्राचार गर्ने गरेको बताएका छन ।

पत्रकारहरुको प्रश्नमा संस्थाका सचिव प्रेम वहादुर कटवाल क्षेत्रिले कोहलपुरका राजनैतिक दलका मैहु भन्नेहरुले समेत पानीको बिल तिर्न नखाजेको भन्दै आलोचना गरे । उनले पानीको परियोजनाका लागि कोहलपुरबाट मन्त्रालय सम्म डेलिगेशन जाने भनेर हिडेका पुर्व सभामुख, सांसद, राजनैतिक दलहरु आफुहरु प्रधानमन्त्रि कार्यालय पुग्दा सबै साईड लागेको तितो यर्थात समेत पोख्न भ्याए ।

म पार्टिको कामले अब यस संस्थाको नेतृत्वमा आउन सक्दैन भन्दै सचिव कटवाल क्षेत्रिले अब आउने नेतृत्वले आफुहरुको नेतृत्वले गरेजत्ति काम गर्न चुनौती समेत दिए ।

अध्यक्ष मल्लको पुन अध्यक्ष बन्ने धोको

बर्तमान अध्यक्ष नर बहादुर मल्लले कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थालाई फेरी पनि आफनो नेतृत्व आबश्यक रहने भन्दै घुमाउरो तरीकाले अध्यक्ष पदमा आफनो दावि रहने आशय ब्यक्त गरेका छन । सकभर मिलेर नेतृत्व टुंग्याउछौ नत्र चुनाव हुन सक्छ पत्रकारहरुको प्रश्नमा मल्लले भने ।

अब कोहलपुरलाई अहिलेको संरचना मौज्दातले पानीको आपुर्ति गर्न नसकिने भन्दै भेरी बबई डाइर्भसन बहुउदेश्य आयोजना ल्याउन संस्थामा केहि प्रतिशत पैंसाको आबश्यक रहने र उक्त पैंसा कहाबाट ल्याउने मसंग आईडिया छ भन्दै म नभए कहाबाट आउछ पैंसा भन्ने प्रतिप्रश्नले उनी पुन अध्यक्ष बन्ने लालसा रहेको सहज अनुमान गर्न सकिन्छ ।

साधारण सभा तथा अधिवेसन गर्न बिभिन्न उपसमिती

जेठ २ गते ८ औं बार्षिक साधारण सभा तथा अधिवेसन सम्पन्न गर्न कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाले बिभिन्न ४ उप समिती समेत गठन गरेको छ ।

प्रचार प्रसार उपसमितीमा संस्थाका कोषाध्यक्ष एक नारायण चापागाई संयोजक रहेका छन भने अन्य ४ जना सदस्यहरु रहेका छन । अन्य सदस्यहरुमा वडा नं. १ बाट मनि कामि, वडा नं. २ बाट आशा घर्ति मगर, वडा नं. ५ बाट बेद प्रसाद भट्टराई र वडा नं. ६ बाट बिष्णु चन्द्र पाण्डे रहेका छन ।

संस्थाका सचिव प्रेम बहादुर कटवाल क्षेत्रि संयोजक रहने गरि तीन सदस्यीय मञ्च ब्यबस्थापन उप समिती गठन गरिएको छ । अन्य सदस्यहरुमा चक्र बहादुर के.सि. र चन्द्र बहादुर बिष्ट रहेका छन । सह सचिव दिपालक्ष्मि हमाल संयोजक रहेको अतिथी तथा स्वागत उपसमितीका सदस्यहरुमा प्रेमा शाहि र आशा घर्ति मगर रहेका छन । यसैगरि सांस्कृतिक उपसमितीमा प्रेमा शाहिको संयोजकमा सदस्यहरु लक्ष्मि आचार्य, उमानन्द उपाध्याय र निर्मला कुमारी शर्मा रहेका छन ।

आशा घर्ति र प्रेमा शाहि २ वटा उप समितीमा रहेको पाईएको छ । अतिथी सत्कार तथा स्वागत उपसमितीमा सदस्यमा रहेकी प्रेमा शाहि सांस्कृतिक उपसमितीमा संयोजकमा रहेकि छिन भने प्रचार प्रसार उपसमितीमा सदस्यमा रहेकी आशा घर्ति मगर अतिथी सत्कार तथा स्वागत उपसमितीमा सदस्यमा दाहोरीएकि छिन ।

संस्थाको बैशाख १ गते बसेको ४२९ औं बैठकको निर्णय अनुसार ८ औं बार्षिक साधारण सभा तथा अधिवेसन सम्पन्न हुन लागेको हो । कोहलपुर शित भण्डारको सभाहलमा विहान १० बजे देखि हुने साधारण सभा तथा अधिवेशनमा हुने भन्दै संस्थाका आम उपभोक्ता, बिभिन्न दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगाएत सरोकारवालाहरुलाई उपस्थितीका लागि चुनाव प्रचार प्रसार उपसमितीका संयोजक एक नारायण चापागाईले आब्हान समेत गरेका छन ।

 

 

 

Nabintech