१३ बैशाख २०८१, बिहीबार
प्रथम जुनियर तेक्वान्दो प्रतियोगिता आजबाट कोहलपुरमा

सिंगो जिल्लामा तेक्वान्दो खेललाई प्राथामिकतामा राखेर खेलाईनुपर्ने


  • प्रमोद रिजाल

  • २२ बैशाख २०८०, शुक्रबार १३:३९

बाँके,कोहलपुर: विकास अनुशासन र गतिशिलता भन्ने मुल नाराका साथ बाँके जिल्ला स्तरिय प्रथम जुनियर तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि कोहलपुरको लक्ष्मि मा.बि. बर्दहवामा शुरु भएको छ ।

प्रथम जुनियर तेक्वान्दो प्रतियोगिताको उदघाटन गर्दै राखेप बोर्ड सदस्य श्रीमान थापाले आफनो पार्टिको सरकार हुदा पनि खेल क्षेत्रमा कुनै नौलो आयाम ल्याउन नसकको भन्दै दुखेसो पोखेका थिए । खेलले मानव स्वास्थ्यलाई समेत स्वस्थ र सुरक्षित राख्न मद्धत गर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले खेल क्षेत्रको समग्र विकासका निम्ति स्थानिय सरकारले यथेष्ट बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।

बर्दहवा तेक्वान्दो डोजाङ्ग आयोजक तथा पञ्चमुखी तेक्वान्दो डोजाङ्ग र तक्षशिला तेक्वान्दो डोजाङ्ग सह आयोजक रहेको प्रथम जुनियर तेक्वान्दो प्रतियोगिता भोलि शनिबार सम्म चल्ने छ । जिल्ला भरिका १८० जना सहभागिता रहेको प्रतियोगितामा महिला तर्फ ३० देखि ४२ उमेर समुहका ६० जना र पुरुषतर्फ २५ देखि ४२ उमेर समुहका १२० जनाले सहभागिता जनाएका छन ।

बर्दहवा तेक्वान्दो डोजाङ्ग प्रमुख वल वहादुर वलिको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले सिंगो जिल्लामा तेक्वान्दो खेललाई प्राथामिकतामा राखेर खेलाईनु पर्ने भन्दै बाँकेका आठै पालिकाले खेल संरक्षण तथा प्रर्बद्धनमा हस्तक्षपकारी भुमिकाले बजेट विनियोजन गर्न आग्रह समेत गरे ।

उनले बाँके जिल्ला खेलाडिका लागि उर्बर भुमि भएको चर्चा गर्दै खेलाडिको हौसला बढाई जिल्ला तथा राष्ट्रको नाम रोशनि पार्न सबै तह र तप्काले आ आफनो ठाउबाट सकारात्मक भुमिका रहेको औंल्याए ।

कार्यक्रममा कोहलपुर नगर कार्यपालिका सामाजिक विकास संयोजक ईश्वरी प्रसाद बिश्वकर्माले खेल क्षेत्रको विकासका लागि आफुले नगरकार्यपालिकामा जोडदार आवाज उठाउने भन्दै खेल संरक्षणमा आफनो पनि चासो र चिन्ता रहेको बताए ।


कार्यक्रममा प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष महेस थापा, सदस्य मोहन वलि, श्याम भट्टराई तथा मेन जुरी नेत्र बहादुर थापाको नेतृत्वमा रेफ्रि परिचालन समेत गरिएको थियो ।

लक्ष्मि मा.बि. बर्दहवाका सञ्चालक समिती अध्यक्ष प्रेम पुलामिको स्वागत मन्तब्यबाट प्रारम्भ कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष अरि कठायत लगाएत बिभिन्न क्षेका खेलाडि समेत उपस्थित रहेको कार्यक्रमको सञ्चालन तक्षशिला तेक्वान्दो डोजाङ्ग प्रमुख प्रकाश बुढाले गरेका थिए । खेलाडिको स्तर उन्नतीका लागि यो तेक्वान्दो प्रतियोगिता बाँके जिल्ला मै पहिलो पटक सञ्चालनमा आएको र सहभागि तथा सफल खेलाडिहरु तथा टिमहरुलाई मेडल, प्रमाण पत्र प्रदान गरिने छ भने बेस्ट प्लेरका रुपमा पुरुष तथा महिलाबाट १, १ जना छनौट गरिने पञ्चमुखी तेक्वान्दो डोजाङ्ग प्रमुख निशान कुमाईले कोहलपुर टाईम्सलाई बताए ।

Nabintech