८ बैशाख २०८१, शनिबार
सकियो बनगाड कुपिण्डे नगरस्तरीय दोस्रो मेयर कप खेलकुद

  • टाइम्स संवाददाता

  • २४ बैशाख २०८०, आईतवार १७:४०

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरस्तरीय दोस्रो मेयर  कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। तीन दिनसम्म चलेको प्रतियोगितामा पालिकाभित्रका १२ वटै वडाको सहभागिता रहेको थियो।

यही वैशाख २१ गतेदेखि २३ गतेसम्म भएको खेलकुद प्रतियोगितामा महिला, पुरुष भलिबल, फुटबल, ब्याटमिन्टन, महिला पुरुष सटपुट, पुरुष महिला रस्साकस्सी, विधामा प्रथम, द्वितिय, र तृतिय खेलाडीहरुलाई नगद पुरस्कार, मेडल र प्रशंसा पत्र वितरण गरिएको छ।

प्रतियोगितामा पुरुष भलिबलतर्फ वडा नं ८ प्रथम, वडा नं ३ द्वितिय र वडा नं ४ तृतिय भएका छन् । महिला भलिबलतर्फ वडा नं ११ प्रथम, वडा नं ३ द्वितिय र वडा नं ५ तृतिय भएका छन्।  फुटबलतर्फ वडा नं १ प्रथम र वडा न ७ द्वितिय भएका छन्।

पुरुष ब्याटमिन्टनतर्फ वडा नं ३ प्रथम र वडा न ७ द्वितिय भएका छन्। पुरुष सटपुटतर्फ वडा नं १ का कृष्णबहादुर शाही प्रथम, वडा नं ५ का गणेश राना द्वितिय र वडा नं ३ का दिपक पुन मगर तृतिय भएका छन्।

महिला सटपुटतर्फ वडा नं ५ की रुपा खत्री प्रथम, वडा नं २ की शुस्मा बुढाथोकी द्वितिय भएका छन्। पुरुष  र महिला रस्साकस्सितर्फ वडा नं १ प्रथम भएको छ।विश्वास बिसी वडा नं १, भलिबलतर्फ जनक पुन वडा नं ३ महिला भलिबलतर्फ गमला विक वडा नं ३ सर्वोकृष्ट फुटबल खेलाडी घोषित भएका छन्।

कार्यक्रम नगर प्रमुख कर्णबहादुर बुढाथोकीले खेल खेलाउन सहयोग गर्ने सबैलाई हार्दिक बधाई तथा धन्यवाद दिए। खेल  क्षेत्रमा केही कमिकमजोरीलाई सच्याउँदै आउँदो दिनमा सुधार गरेर जाने र नियमित विकास मात्र नभएर सामाजिक विकास गरेर जाने त्यसमा सबैले सहयोग जान अनुरोध गरे। केही समस्या भए रचनात्मक सुझाव दिन समेत उनले अनुरोध गरेका छन्।

उप प्रमुख पुरुषोत्तम आचार्यले पनि सबैलाई धन्यवाद दिए भने खेलकुदलगायत अन्य क्षेत्रमा विकासले तीव्रता दिएको बताउँदै सबैलाई रचनात्मक सुझाव दिएर सहयोग गर्ने अनुरोध गरेका छन्।

Nabintech