५ जेष्ठ २०८१, शनिबार
नाली खन्दा पानीको पाईप फुट्यो ढलको पानी मिसिने भय

खानेपानीको पाईपमा ढलको पानी पसेर झाडा पखाला लागे जिम्मेवार को ?


  • टाइम्स संवाददाता

  • २९ बैशाख २०८०, शुक्रबार १८:०८

कोहलपुर,बाँके: बाँके कोहलपुरमा ११ मा रहेको टाउन प्लानमा नाली खन्ने क्रममा पाईप काटिएपछि ४ दिन देखि मर्मत हुन सकेको छैन । विकास गर्दा एकिकृत रुपमा नहुने परीपाटिले गर्दा कहिले सडक त कहिले खानेपानीले बाटो कुरुप पार्ने र एकले बनाएको विकास अर्कोले बिगार्ने समस्या टाउन भित्र हुदै आएको छ ।
नगरविकास समितीले टाउन भित्र नाली तथा सडक बिस्तार तथा स्तर उन्नत गर्ने क्रममा कोहलपुर खानेपानीको पाईप काटिएको आज ४ दिन भयो कुनै मर्मतको कार्य भएको छैन , पानी चुहावट भएर घर अगाडि पानी जमेको छ खानेपानीको पाईपमा ढलको पानी मिसिने भय भएपनि सम्बन्धित निकायले चासो नदिए पछि स्थानियहरुले आक्रोस पोख्न थालेका छन ।

कोहलपुर ११ का स्थानिय बेदराज घिमिरेले खानेपानी लिक भएर खनेको आज ४ दिन भयो अझै कतिदिन यस्तै रहने हो घर अगाडी भन्दै आक्रोस ब्यक्त गरेका छन । उनले खानेपानी कार्यालयलाई लिखित रुपमा निवेदन दिएको दुई महिना भएपनि पनि कुनै सुनुवाई नभएको भन्दै फोन गर्दा पनि नउठाउने भन्दै आक्रोस ब्यक्त गरेका छन ।

यस्ता गैर जिम्मेवार पुर्ण कार्यले शुद्ध खानेपानीमा ढलको पानी मिसावट हुदा गर्मिको समयमा नगरमा झाडापखाला फैलिए कस्ले जवाफ दिने जवाफ देहि निकायहरु अहिले क्रिया प्रतिक्रियामा मात्र ब्यस्त रहेको एक स्थानियले कोहलपुर टाईम्सलाई बताए ।

यता कोहलपुर साना शहरी खानेपानी उपभोक्ता संस्थाका कोषाध्यक्ष एक नारायण चापागाईले टाउनको समस्या आफुलाई जानकारी नगराएको भन्दै उक्त स्थानको पहिचान गरि सकभर आजै नत्र भोलि शनिबार सम्म भएपनि मर्मत कार्य गरिने बताएका छन ।

Nabintech