५ जेष्ठ २०८१, शनिबार
छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई सरकारले भोलि खोप लगाउने

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०८०, शनिबार १०:५२

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गरी यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्।

‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षसमुनिका बालबालिकालाई खोप दिइँदैछ’, उनले भनेका छन्, ‘त्यसैले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गर्दछु।’

खोप नलगाउँदा बालबालिकाका हुनसक्ने रोगको संक्रमणको , अपंगता तथा मृत्यु हुनबाट बचाउन खोप लगाउन आवश्यक रहेको उनले बताएका छन्। यो अभियानमा सहभागीमा भई आफ्ना टोल गाउँका बालबालिका र विद्यार्थीले खोप लगाए नलगाएको यकिन गरिदिन पनि उनले समाजका सबैमा आग्रह गरेका छन्।

Nabintech