२१ बैशाख २०८१, शुक्रबार
दाङमा ५ वर्षीया बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ

  • टाइम्स संवाददाता

  • ३१ बैशाख २०८०, आईतवार १२:०७

दाङ : ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

Nabintech