६ जेष्ठ २०८१, आईतवार
कोहलपुर मेडिकल कलेजका २४ जना चढेको बस दुर्घटनामा

सबैको स्वास्थ्य अबस्था खतरामुक्त


  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०८०, मंगलवार ०८:४१

नेपालगन्ज: कोहलपुर मेडिकल कलेजको बस दुर्घटनामा परेको छ । भे १ क ३१८ नम्बरको बस डडेलधुरा र बैतडीको सिमामा पर्ने अनारखोलीमा गएराती पौने ९ बजे तिर दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको स्वास्थ्य शिबिरका लागि मेडिकल कलेज कोहलपुरका स्त्री रोग विशेषज्ञ डा बिनोद महासेठको नेतृत्वमा नर्सिङसटाफ र प्राबिधिक सहितको २४ जनाको टोलि हिजो दार्चुलाका लागि हिडेको थियो ।

अस्पतालका सामाजिक सेव इकाइ उप प्रमुख अब्दुल हुसेन खाका अनुसार घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भैरहेको छ । उनीहरु सबैको स्वास्थ्य अबस्था खतरामुक्त रहेको पनि उहाँले जानकारी दिनुभयो ।

`ठूलो दुर्घटनाबाट टिम जोगियो आफै समेत दुर्घटनामा पर्नु भएका खाले भन्नुभयो-`दुई जनालाई अलि गहिरो चोट छ अरु सबैको अबस्था सामन्य छ ।´ बस ब्रेक फेल भएर दुर्घटनामा परेको उहाँको भनाइ छ ।

 

 

Nabintech