३१ असार २०८१, आईतवार
खानेपानीको दादागिरी सभा चल्दै अतिथीलाई थर्काउदै सञ्चालक

खानेपानीका नाउमा ब्रम्हलुट मच्चाएको , प्रतिनिधि छनौटमा सुचना बिना आफनो मानपरि तरीकाले प्रतिनिधि छनौट गरेको


  • टाइम्स संवाददाता

  • ३ जेष्ठ २०८०, बुधबार ०६:५८

कोहलपुर,बाँके:कोहलपुर नगरपालिका स्थित ११ नं. वडामा रहेको कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको असक्षम नेतृत्वको कारण ८ बर्षपछि हुन लागेको साधारण सभा तथा अधिबेसन कोहलपुरमा जारी छ ।

उदघाटन शत्रमा आफैले निम्ता दिएका अतिथीहरुले खानेपानीको बारे आलोचना गरेपछि सचिव प्रेम प्रसाद कटुवाल दादागिरी शैलिमा दिने भए शुभकामना दिनोस हैन भने आफनो भनाई टुङग्याउनोस भन्दै हरेक अतिथीले बोले पछि ४,५ मिनेट ब्रिफिङ गर्ने शैलि अपनाएका थिए ।
सचिवको दादागिरी शैलि मन नपराएका उपभोक्ता र प्रतिनिधिहरुले बन्द शत्रमा सचिव कटुवालको सातो खाने गरि प्रश्न बर्षाएका छन । ५ हजार मान्छे मारेर आएको हो तिम्रो दादागिरी चल्दै भन्दै धारा काट्न निर्देशन दिएको भन्दै कोहलपुर ११ का कर्ण डिसिले प्रश्न उठाएपछि अनुत्तरीत भएका सचिवले सभामा उठेका कुनै सवालको सहि जवाफ दिन सकेका छैनन भने सभा आज ११ बजे सम्मलाई स्थगित भएको छ ।

सभाबाट बाहिरीदै गर्दा सचिव कटुवालले खानेपानीका हाकिमलाई तपाई अफिस आउनोस सबै कुराको सुनुवाई हुन्छ भन्दै थर्काएका थिए । म कसैलाई टेर्दैन भन्दै निस्केका सचिवले खुल्ला शत्रमा राप्रपा नेताले बोलेको कुराको खण्डन गर्दै धम्किपुर्ण भाषा प्रयोग गरेका थिए ।
साधारण सभामा उपस्थित आम उपभोक्ताहरुले अबैध कार्य समितीले खाएको हाल सम्मको बैठक भत्ता, बिभिन्न मर्मत संभारका नाममा लिएको भुक्तानि समेत स्पष्ट खुलाउनु पर्ने अडान लिएका छन ।

खानेपानीका नाउमा ब्रम्हलुट मच्चाएको , प्रतिनिधि छनौटमा सुचना बिना आफनो मानपरि तरीकाले प्रतिनिधि छनौट गरेको भन्दै बयोबृद्ध अध्यक्षलाई अब बिश्राम लिन समेत अनुरोध गरेका छन ।

आफुलाई मनपर्नेको रातारात बढुवा गर्ने मन नपर्ने तथा बिरोध गर्ने कर्मचारीलाई हटाउने तानाशाहि प्रबृत्ति अंगालेको अहिलेको अबैधानिक समितीले उपभोक्तालाई पानी दिन भन्दा पनि कताबाट कमिसन आउछ भन्ने धाउन्नमा रहेको आम उपभोक्ताको आरोप छ उक्त आरोप समितीले टालटुल पार्दै आएको छ ।
खानेपानीका नजरमा कालो सुचिमा परेको भन्दै पत्रकार सम्मेलनमा आलोचना गरेका ब्यक्तिलाई स सम्मान गर्दै द्धव्द चरित्र उजागर गर्न माहिर बर्तमान कार्य समिती किर्ना भन्दा बढि अघाएर दादागिरी मच्चाउन उद्धत रहेको उपभोक्तहरुको आरोप रहेको छ ।

उदघाटन शत्रमा कालो मोसो लाएकै कारण ६ जना गार्ड राख्न परेको तर्क अध्यक्ष नर बहादर मल्लले राखेपछि उपभोक्तहरुले राम्रो कामको पुरस्कार भन्दै प्रशंसा गरेका छन । नवसामन्तबादको उदय खानेपानीबाट भएको भन्दै अधिकांस बक्ताहरुले यस्ता सामन्तबादको अबशेस जनताले तोडने भन्ने समेत जन आक्रोस रहेको छ ।
संस्थाको नाम समेत परिवर्तन गर्न भ्याएको अहिलेको अबैधानिक कार्यसमितीले आफनो ब्यक्तिगत सम्पत्ति जसरी खानेपानीमा रजाई गरिरहेको र खान पाउने लालसामा फेरी पनि नेतृत्व हत्याउन कृते प्रतिनिधि समेत खडा गरेको बिश्वस्त श्रोतले कोहलपुर टाईम्सलाई बताएको छ ।
उदघाटन शत्रमा प्रमुख अतिथी तथा माननिय संघिय सांसद सुर्य प्रसाद ढकाल, कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्य, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

बरिएता मिच्दै उदघोषण गरेका सचिव कटुवालले पत्रकार, सुरक्षा निकाय, बिभिन्न संघ संस्थाहरुलाई आतिथ्यता ग्रहण गराउन सकेनन भने खुल्ला शत्रमा पत्रकार बस्ने दिर्घा समेत नबनाएर आफनै दादागरि शैलिमा कार्यक्रम चलाएका थिए । स्थानिय माओबादि नेताहरुले समेत उन्को यो रबैया मन पराएका छैनन भने उन्को अभिब्यक्तिलाई लिएर युवाहरु तातिएका छन ।स्मरण रहोस यी कटुवाल दैलेख माओबादिका प्रमुख हुन ।

Nabintech