१५ चैत्र २०८०, बिहीबार
कोहलपुर खानेपानीसंग ९० प्रतिशत उपभोक्ता असन्तुष्ट, काला कर्तुत पर्दाफास हुदै

छानबिन समितीलाई तर्साउदै अबैधानिक कार्यसमितीका काम चलाउ अध्यक्ष मल्ल


  • प्रमोद रिजाल

  • ८ जेष्ठ २०८०, सोमबार १४:५७

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नर बहादुर मल्ल अध्यक्ष रहेको कार्य समितीको काम, शैलि र प्रबृत्तीप्रति ९० प्रतिशत उपभोक्ता असन्तुष्ट रहेको पाईएको छ ।५ बर्ष कार्यकाल रहेको कोहलपुर खानेपानीका पदाधिकारीहरुले बेलैमा साधारण सभा नगरेर आलोचित हुदै आएको भएपनि यो अबैधानिक कार्य समितीको कार्यशैलि समेत गलत रहेको भन्दै सामाजिक सञ्जाल भरी आलोचना आउने गरेको छ ।

एक बर्ष थप गर्न मिल्ने संस्थाको बिधानमा उल्लेख भएपनि करिब ८ बर्ष सम्म अर्थात २ बर्ष अबैधानिक तवरले संस्था सञ्चालन गरि आफनो दुहुनो सोझाउने काम बाहेक अरु केहि नगरेको भन्दै उपभोक्ताहरुले खानेपानीको दोहन गरेको प्रति आक्रोस ब्यक्त गरेका छन ।
उपभोक्ता महेन्द्र पौडेल भन्छन उपभोक्ता मध्ये बढी पिडित मनै होला,७० दिन भयो पानी कस्तो हुन्छ भन्ने अब त मिटर रिडिङ गर्न नदिने सोचमा छु,जुन दिन देखि पानी आउँछ तब दिउला धारा खुल्ला राख्दा हावाले मिटर चड्ने रहेछ । खानेपानी जस्तो चिजमा संबेदनशिलता खोई उनको प्रश्न रहेको छ ।

एलसि जानकिको पनि यस्तै दुखेसो छ पानी कम हावा धेरै भएर होकि बिजुलीको भन्दा पानीको बिल धेरै आउछ । म एकदम असन्तुष्ट छु एक बाल्टिन पानी आउदैन महिनाको २०० तिर्नुपर्छ पटक पटक खाने पानी अफिसमा जानकारी गराए पनि सुनुवाई भएन यो भनाई हो मनिका रोका क्षेत्रिको ।

यी त प्रतिनिधिमुलक भनाई र भोगाई हुन यद्यपी खानेपानी संस्था भित्र भएको नितिगत भ्रष्टाचार, गल्ति र कार्यशैलिबारे समेत टिका टिप्पणी हुन थालेको छ । अबैधानिक कार्यसमितीले संस्थाको नाम समेत २०७९ सालमा परिवर्तन गरेको पाईएको छ भने पुरानो नाम साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई बिस्थापित गराउदै कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको नामबाट कार्य समपादन गरिएको छ ।

हेर्नुहोस

साधारण सभा नै संस्थाको सर्वोपरि निकाय हो भन्ने नबुझि अबैधानिक कार्यसमितीले मात्रै एकल रुपमा जवरजस्त कार्यान्वयन गराउन खोज्नु लज्जास्पद कार्य रहेको आम उपभोक्ताहरुको बुझाई रहेको छ । यति मात्र हैन नयां धारा जडानका निम्ति रु १० हजार मौजुदा ब्यबस्थाका बिपरीत रु १५००० उठाएर नितिगत भ्रष्टाचार गर्ने गरेको पुष्टि गरेको उक्त कार्यसमितीले आफनो कार्यकाल (बैधानिक /अबैधानिक) गरि ४३२ पटक बैठक बसेको जनाएको छ । स्मरण रहोस प्रति बैठक प्रति कार्य समिती सदस्य भत्ता १५०० ले हिसाव गर्दा ७१ लाख २८ हजार हुन आउछ भने करीब २४ लाख बेरुजु देखिएकाले पनि खानेपानीमा भ्रष्टाचार भएको छैन भन्ने आँकडा ब्यर्थ रहेको एक कार्य समितीका सदस्यले नाम नबताउने शर्तमा भने ।

वडाबाट प्रतिनिधि चयन हुन नसक्दा साधारण सभा बेलैमा गर्न नसकेको जिकिर गर्ने यो अबैधानिक कार्य समितीले सुचना बिना प्रतिनिधि चयन गरेको पनि उपभोक्ताहरुले आरोप लगाउने गरेका छन । कुनै पत्रपत्रिका तथा वडाहरुका सुचना पाटिमा सुचना टाँस नगरि र उपभोक्ताहरुलाई खबर नै नगरि आफु अनुकुलका प्रतिनिधि छनौट गरेको भन्दै कोहलपुर १० का संजय मण्डलले १० नं. वडाको प्रतिनिधि छनौट गर्दा बिद्युतरोडमा गरेको र आम उपभोक्तालाई सुचना सुसोचित नगरि प्रतिनिधि छनौट गरेको प्रति आक्रोश ब्यक्त गर्दै पानीको बिल उठाउन घर घर पुग्ने खानेपानी संस्थाले त्यो बिल बुझने संगै आम उपभोक्ताहरुलाई प्रतिनिधि छनौट भेलामा आउने बारेको किन पत्राचार गर्न नसकेको हो भन्दै प्रति प्रश्न गरेका छन ।

कार्यालय भित्रका ब्यथितीबारे बोले कर्मचारीलाई समेत आँखाको तारो बनाउने शैलि अपनाएको यो अबैधानिक कार्य समितीले आफ्नो अनुकुल काम नगरेको भन्दै केहि चौकिदार र यो कम्प्युटरको जमानामा कम्प्युटर अपरेटर समेत हटाउने प्रस्ताव साधारण सभामा लगेपछि सो बारे ब्यापक आलोचना भएको सभामा सहभागि प्रतिनिधिहरुले कोहलपुर टाईम्सलाई बताएका छन ।

कालोमोसो लाएकै कारण भन्दै चौकिदार हटाएर ६ जना सुरक्षा गार्ड राख्ने प्रस्ताव ल्याउनको बास्तबिक कारण भने अर्कै रहेको त्यहा कार्यरत एक कर्मचारीले आफनो नाम नबताउने शर्तमा बताएका छन । उनका अनुसार सचिव प्रेम प्रसाद कटुवालले अरुलाई नभन्नु म अध्यक्ष संग कुरा गर्छु भन्दै स्टोरबाट १५ थान (अपुष्ट एक माल बहाक गाडि)  गाडिभरी पाईप लोड गरि दैलेखतिर लगेको बताएका छन । (यस सम्बन्धि भिडियो कोहलपुर टाईम्स संग सुरक्षित रहेको छ)

सो बारे बुझदा कोषाध्यक्ष एक नारायण चापागाईले आफुलाई यस बिषयमा जानकारी नभएको बताए भने अध्यक्ष नर बहादुर मल्लले सापटि लिएको हो हिसाव मिलिसकेको बताएका छन ।

स्टोरबाट मनपर्दि सामान निकाल्ने कसैलाई अनुमति नहुने र यो नितिगत भ्रष्टाचार नै भएको भन्दै अहिले हिसाव किताव छानविन गरिरहेको समितीले जनाएको छ । समितीका अनुसार कुनै पनि सामानहरु स्टोरबाट निकासा गर्दा स्टोर किप्परले टिप्पणी उठाई जिन्सि निकासा फारम भरी तयार गर्ने रुजु गर्ने र प्रमाणित गर्नेको दस्तखत बिना नै ठाडो रुपमा पाईप दैलेख पुर्याउने घटनाले कोहलपुर खानेपानीमा कति बेथिती रहेको सहजै अनुमान गर्न सकिन्छ ।

उपभोक्ता प्रेम खत्रिले धारामा पानी समयमै नआएपनी बिल समयमै आउँछ रु यसैमा खुसी छु भन्दै खानेपानी संस्थाका पदाधिकारीहरुको प्रबृत्तीप्रति ब्यंग्य गरेका छन । यसैगरि भोज थापाले धमिलो लेदो पानीले नुहाउदा समेत जिउ चिलाउने भएकाले खान योग्य कति होला प्रश्न गरेका छन । कोहलपुर ५ प्रगतिनगरका उमेश श्रेष्ठले सबैभन्दा पहिले हाम्रो इलाका कोहलपुर ५ ,प्रगतिनगरमा शुद्ध खानेपानी आएकै छैन भन्दै आफुसंग कमेन्ट गर्ने कुनै शब्द नभएको बताएका छन उनले पानी सुविधा सुरुमा हुनुपर्छ पहिलो प्राथामिकता हो पानी नै नआएपछि कस्लाई के भन्ने भनेपनि सुनुवाई हुंदैन ।

कोहलपुर ११ का शंकर न्यौपानेले खाने पानी आउदैन बिल आइ रहन्छ भन्दै पार्टीहरुले भागबण्डा लगाएर खानेपानी ध्वस्त पारेको बताए । राजनैतिक रुपमा मानिसलाइ मनोनीत गरेर खर्च बढाउने मात्र काम भएको प्रति इंगित गर्दै अबको खानेपानीको नेतृत्व स्वतन्त्र युवाहरुले लिनुपर्ने बताए ।

यसैगरि कोहलपुर ५ शान्तिनगरकै लिला गौतमको आक्रोश खाने पानी ट्याङ्की बाट वितरण हुँदै आएको यस कोहलपुरको खानेपानी संस्थाको पानी विगत दुई महिनादेखि हामी सर्वसाधारणले पानी पिउन पाएका छैनौं तर प्रत्यक महिना पानीको बिल उठाई पैसा असुली गर्ने ग्राहकलाई पानी नदिने पानीआउनुको साटो हावा पठाई मीटर घुमाउने खानेपानी संस्थालाई ठगी मुद्दा लाग्ला की नलाग्ला रहेको छ भने यस्तै काम गर्छन रत अफिस भित्रै कालो मोसो दलछन जनताले भगवती बिकको आक्रोश रहेको छ ।

कर्मचारीमाथि चियो चर्चो
अबैधानिक कार्य समितीबाट कर्मचारी समेत प्रताडित भएका छन फोन टर्याक गरेको भन्ने डर धम्कि दिएर कर्मचारीहरुलाई दाश दासिको रुपमा परिचालन गरेको समेत पाईएको छ । आफु अनुकुल काम नगरे वा बिधि बिधान बिपरीत कार्य गरेको बिरोध गरे राख्ने हटाउने सम्मका चलखेल हुने गरेको पिडित कर्मचारीहरुले कोहलपुर टाईम्सलाई बताएका छन । उनीहरुले खुलेर फोन, मोवाईलमा समेत कुरा गर्न नसकेको दुखेसो पोखेका छन ।

एक कर्मचारीका अनुसार कार्यालयमा आउने फोन नउठनुको मुख्य कारण समेत यहि भएको भन्दै उपभोक्ताहरुलाई आफुहरुले जवाफ दिन नसक्ने वातावण भएकै कारण फोन नउठेको समेत बताएका छन ।

एता साधारण सभामा पेश गरेको एकिकृत भन्ने आर्थिक प्रतिवेदन सभामा उपस्थित प्रतिनिधिहरुलाई शंकास्पद लागेपछि ५ सदस्य रहेको एक छानविन समिती गठन गरेको छ । उक्त समितीले कामको थालनी गरेपछि सबै कुरा बाहिर आउने भयो भन्ने डरले अबैधानिक कार्य समितीका काम चलाउ अध्यक्ष नर बहादुर मल्लले समितीको मनोबल गिराउन जिल्ला प्रशासन कार्यालय नेपालगञ्ज पुगेर समितीले संस्था कब्जा गरेको मौखिक उजुरी समेत दिन भ्याएका छन ।

मौखिक उजुरी दिएका मल्ललेकोहलपुरबाट सञ्चालित एक अनलाईनलाई झुटो बिवरण दिई आफुले जिल्ला प्रशासनमा मुद्धा हालेको अफवाह फैलाउने गरि समाचार प्रकाशित गर्न लगाएका छन । उक्त समाचारमा समितीले संस्था कब्जा गरेको , कार्य समितीका काम चलाउ पदाधिकारीलाई कार्यकक्ष प्रबेश गर्न नदिएको भन्ने झुटा विवरण प्रकाशित भएको थियो सो बारे छानबिन समितीलाई बुझदा आफुहरुलाई साधारण सभाले दिएको म्यान्डेट बमोजिम कार्य गरेको र कब्जा तथा प्रबेश गर्न नदिएको भन्ने कुरा हावादारी कुरा भएको जनाएको छ ।

हर्क बड थापा संयोजक रहेको उक्त समितीमा तेज प्रसाद अधिकारी,शशेन्द्र शाहि, शिव पोख्रेल र अमर चन्द सदस्यमा रहेका छन ।समितीले कार्य समितीले पेश गरेको नोक्शान हिसाव अध्यन गरिरहेको बताएको छ । नगर विकास कोषबाट ल्याएको ऋणको ब्याज तथा सावा समेत नतिरको अबैधानिक कार्यसमितीले बिभिन्न खाले सेवा सुबिधा लिने गरेको पाईएको छ । कार्यसमितीका एक सदस्यले दिएको जानकारी अनुसार संस्थाको तर्फबाट पैसा तिर्ने गरि कार्यसमितीका पदाधिकारी देखी सदस्य सम्मको जिवन बिमा गरिएको छ । प्रत्येकको ३ लाख ५० हजारको जिवन बिमा गरिएको छ । बिमा बापतको प्रिमियम हरेक बर्ष संस्थाको कोषबाटै जानेको गरेको छ ।

गरि सकेको कामलाई बैधानिक बनाउन साधारण सभामा पेश भएकोमा बहुमतले यो बिमा ब्यबस्था खारेज गर्ने आवाज उठाइएको छ ।
समितीले कुन कुन शिर्षकमा के कति खर्च सुविधा लिएको हो सो बारे पनि छानबिन समितीले अध्यन गर्न र स्पष्ट बेरुजु निकाल्न समेत आम उपभोक्ताहरुले आब्हान गरेका छन ।

फेरी अध्यक्ष बन्ने दाउमा नर बहादुर मल्ल
कार्यकाल भरि बिबादै बिबादमा मुछिएका नर बहादुर मल्ल पुन अध्यक्षमा आफनो उम्मेदवारी हुने दावि गरेका छन । कार्यशैलि गलत भएको भन्दै कालोमोसो समेत लगाई मागेका नर बहादर मल्लले लाज ढाक्न चन्दा नदिएका कारण कालो मोसो दलिएको जिकिर गर्दै आएका छन भने कालो मोसो लाउने पार्टि युवा जन स्वयमसेवक नेपालले कार्यशैलि प्रति असहमति जनाउदै जनकार्बाहि गरेको जनाउदै आएको छ ।
उपभोक्ताहरूबाट त्यहाँ भईरहेको अनमियतताबारे खवरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्लले उपभोक्तालाई धम्कि दिने गरेको साथै संस्थामा थुप्रै खाले अनमियतता भएकाले चेतावनी स्वरूप हाम्रो संगठनले कालो मोसो दलि सांकेतिक कार्वाही गरेको जन स्वयमसेवकले दावि गरेको थियो ।
साथै उक्त सङ्गठनले गतबर्ष नै सधारसभा गरी नयाँ कार्यसमिति चयन गरि संस्थाको नियमित कार्य सञ्चालन गर्नुपर्नेमा पुरानै समितिलाई निरन्तरता दिई संस्थाको विधान विपरीत अवैधानिक ढंगले कार्य समिति चलाएको, नगरका विभिन्न ठाउँहरूमा खानेपानी पाईपहरू विछ्याउदा तथा मर्मत सम्भार गर्दा व्यापक रूपमा आर्थिक अनमियतता रहेको जनगुनासो आएकाले कारबाही गरिएको समेत दावि गरेको थियो ।
हेर्नुहोस

८० बर्षिय बृद्धा खानेपनीको अझैं अध्यक्ष बन्छु भन्दा मालदार कार्यालय छोड्न नचाहेको आम उपभोक्ताहरुको आंकलन रहेको छ । कार्य समिती पुस्तान्तरण गर्नुपर्र्नेमा आफै कुर्चिमा टाँसिन खोज्नु, छानबिन समितीलाई तर्साउन खोज्नु र आफै अध्यक्ष बन्न फर्जि प्रतिनिधि छनौट गर्नुले पनि नर बहादुरको ब्यक्तिगत स्वार्थले खानेपानी डुब्ने उपभोक्ताहरुले चिन्ता ब्यक्त गरेका छन । बिभिन्न युवाहरुले आफनो वडामा भेलाको आयोजना बारे अनभिज्ञता प्रकट गर्दै अध्यक्षले जनताले पाउने सुचनाको हक समेत खोसेर राणा शैलि अबलम्वन गरेको दावि गरेका छन ।

यता युवाहरु राम सिग्देल, कर्ण डाँगि, संजय मण्डल, गोबिन्द वाग्ले लगाएतका युवाहरुले अब खानेपानीमा स्वतन्त्र युवाहरुको मोर्चाबन्दि गरि कार्यसमिती चयण गर्ने अभियानमा आफुहरु लागेको बताएका छन ।

 

 

 

Nabintech