३१ असार २०८१, आईतवार
सरकारको तीन खम्बे अर्थनीतिसंगै निजि क्षेत्र निरासजनक छ : सांसद ढकाल

राजनीतिक,सामाजिक ,विकासमा अराजकता ब्याप्त रुपले बढदै


  • टाइम्स संवाददाता

  • १० जेष्ठ २०८०, बुधबार १६:५४

काठमाण्डौ:बाँके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य प्रसाद ढकालले सरकारको तीन खम्बे अर्थनीति,निजि क्षेत्र निरासजनक छ, सरकारी घाटामा छ भन्दै आज बुधवार सदनको शुन्य समयमा आफना धारणा राखेका छन ।

सांसद ढकालले २८००० भन्दा बढि सहकारीमा ७३ लाख सदस्य त्रिmयाशिल रहेकाछन,२५ प्रतिशत कुल वित्तीय क्षेत्र ओगटेको सहकारी क्षेत्र अस्तव्यस्त हुदै गएको सभामुख समक्ष आफना कुरा राख्दै शिब शिखर सहकारीले १ लाख निक्षेपकर्ताको १४ अर्ब हिनामिना गरेको प्रति सरकार किन उदाशिन छ भन्ने प्रश्न समेत गरे ।

उनले चितवनमा १३ हजार निक्षेपकताको १ अर्ब, पोखरामा ७२ सय निक्षेपकर्ताको ५३ करोड,धनगढीमा १७ सय निक्षेपकताको ५ करोड बाङलुङमा २१ सय निक्षेपकर्ताको ८करोड डोटिमा ११ सय निक्षेपकर्ताको ६ करोड हिनामिना गरि संचालक फरार भएको तथ्यांक समेत पेश गर्दै जनता सडकमा न्याय खोज्दै हिडिरहेका छन। सरकार बेखबर छ, जिम्मेवारी बाट भिमुख छ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।

राजनीतिक,सामाजिक ,विकासमा अराजकता त छनै । के यो सरकार समाजमा आर्थिक अराजकता निम्ताएर कस्लालाई खुसि पार्न खोजेको छ ।रकम हिनामिना गर्नेलाई कारवाहि गरियोस् र जनताले मिहिनेत गरेर जम्मा गरेको रकम नगुमोस । म सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्न चहान्छु उनले सदनमा थप कुरा उठाउदै भनेका छन ।

Nabintech