५ जेष्ठ २०८१, शनिबार
जिल्ला सहकारी संघ बाँके पनि आन्दोलनमा

  • टाइम्स संवाददाता

  • १० जेष्ठ २०८०, बुधबार १९:२१

नेपालगञ्ज:  बाँके जिल्लामा रहेको जिल्ला सहकारी संघले राष्ट्रिय सहकारी महासंघले गरेको पत्राचार बमोजिम एक्केवद्धता जनाउदै बाँके जिल्लामा बिभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

ऐन कार्यान्वयन नभएका बिषयमा काठमाण्डौ सिंहदरवार केन्द्रित कार्यक्रम प्रभावकारी हुने भन्दै महासंघलाई सुझाव दिंदै जिल्ला सहकारी संघ बाँकेको नेतृत्वमा बिभिन्न कार्यक्रम गरिने समेत जनाएको छ ।

जिल्ला सहकारी संघ बाँकेले जिल्ला प्रशासन कार्यालयमा माग पत्र पेश गर्ने सहकारीमा हाल देखिएका बिषय बस्तुमा जिल्ला स्थित राजनैतिक दलहरुका प्रमुखलाई बुझाउने, पालिका स्तरमा सहकारीका क्षेत्रमा गर्नुपर्ने कार्यको सुचि तयार पारी पेश गर्ने, जिल्ला सहकारी संघमा हामी आन्दोलनमा छौं भन्ने ब्यानर राख्ने सम्मका कार्यक्रम तय गरिएको छ ।

यसैगरि संघले कालो पट्टी बाँधेर काम गर्दा संस्थाका मालिक शेयर धनिहरुलाई मनोबैज्ञानिक नकरात्मक प्रभाव पर्ने भन्दै कालो पट्टी भने नबाँध्ने तर महासंघको माग पत्रको बुँदा नं. ११ को बिषय परिस्थितीका कारण कार्यालय सञ्चालन गर्न कठिन भएका केहि संघ संस्था सञ्चालनका लागि बातावरण तय गराउन कम्तिमा पनि २ बर्ष कुलिगं पिरीयड घोषणा गर्नुपर्ने बिष्यले संस्थामा सुसासन कायम हुन नसक्ने भन्दै संस्थाहरुलाई बेथीती मुक्त गराउदै यस्तो बिषय बस्तु नराखि यथासक्य समय नतोकि कार्यालय सञ्चालन गर्ने बातावरण मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

Nabintech