१५ बैशाख २०८१, शनिबार
कोहलपुरमा १ करोड १७ लाख लागतमा ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्टको भवन निर्माण हुने (फोटो फिचर)

शिक्षक प्राध्यापकहरु खुशि र सन्तुष्ट भए क्याम्पसको शैक्षिक गुणस्तरका बारे बाहिरबाट आवाज उठाउन सकिने


  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १५:०८

कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा १ करोड १७ लाख लागतमा ग्य्राजुएट स्कुल अप म्यानेजमेन्टको भवन निर्माण हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको बागेश्वरी बुहुमुखी क्याम्पस अन्तर्गत उक्त भवन निर्माण हुन लागेको हो ।

भवनको बिहिबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले शिलान्यास गरेका छन् । सिंहले विविए भवनको समेत समुदघाटन गरेका थिए । त्यसक्रममा सिंहले सिंह बागेश्वरी बहुमुखी क्याम्पस परिसरको अनुगमन समेत गरेका थिए ।

अनुगमण टोलिलाई क्याम्पसले भब्य कार्यक्रम गरि स्वागत समेत गरेको छ । क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति लगाएत पदाधिकारीहरुलाई अनुगमण तथा निरीक्षणको सन्दर्भमा स्वागत कार्यक्रमको औपचारिक कार्यक्रमको आयोजना गरि स्वागत गरेको हो ।

क्याम्पस प्रमुख दान बहादुर हमालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी एबं मध्य पश्चिम विशवबिद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिहले क्याम्पसको श्रीबृद्धिका निम्ति सम्पुर्ण सरोकारवाल समेतको सहभागिता हुनुपर्ने भन्दै क्याम्पसमा कार्यरत सबै किसिमका शिक्षक, प्राध्यापकहरुलाई उपयुक्त तवरले समायोजन गर्न पहल गर्ने बताए ।
क्याम्पसलाई शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उपकुलपति सिंहले उपयुक्त वातावरणमा क्याम्पस रहेकाले पनि क्याम्पसको हरेक विकासमा सहयोग गर्न विशवबिद्यालय तयार रहेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले क्याम्पसको शैक्षिक तथा भौतिक पुर्नसंरचना बनाउन होस या विश्वबिद्यालयमा लैजान किन नहोस आफनो तर्फबाट यथेष्ट प्रयासहरु गरेको स्मरण गर्दै विश्वबिद्यालयलाई सफल पार्न नगरले कुनै कसुर बाँकी नराख्ने बताए ।

क्याम्पस ब्यबस्थापन समितीका पुर्व अध्यक्ष नरेन्द्र न्यौपानेले यहा कार्यरत शिक्षक प्राध्यापकहरु अत्यन्त मर्कामा परेको भन्दै शिक्षक प्राध्यापकहरुको मर्कामा मलहम लाउन विश्वबिद्यालयले ठोस कदम चलाउनुपर्नेमा जोड दिए । शिक्षक प्राध्यापकहरु खुशि र सन्तुष्ट भए क्याम्पसको शैक्षिक गुणस्तरका बारे बाहिरबाट आवाज उठाउन समेत सजिलो हुने भन्दै अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष समेत रहेका न्यौपानेले क्याम्पस प्रशासन र विश्वबिद्यालयले यस्ता समस्याहरुको यथाशिघ्र निकास दिनुपर्नेमा जोड दिए ।

प्राध्यापक संघका निवर्तमान अध्यक्ष पुष्कर रिजालले बागेश्वरी बहुमुखी क्याम्पसमा कमर्स विषयकालागि छुट्टै भवन निर्माण गरी अध्यापन हुन लागेको प्रति खुशि ब्यक्त गर्दै यसबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुनेमा आफु विश्वस्त रहेको चर्चा गरे ।

‘विगत १ वर्षदेखि कमर्सको कक्षा सञ्चालन भएतापनि छुट्टै भवन नभएको उल्लेख गर्दै रिजालले अबका केहि महिनामै उक्त भवनबाट पठन पाठन हुने बताए ।
स्ववियु सभापति देबेन्द्र बुढाले बिद्यार्थीका शैक्षिक समस्याहरुलाई विश्वबिद्यालयले बेलैमा हल गरिदिए स्ववियुले क्याम्पस र विश्वबिद्यालयबिच पुलको काम बताए ।
निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माको स्वागत मन्तब्यसंगै शुरु भएको उक्त कार्यक्रमको सञ्चालन क्याम्पसका श्री खोपिराम वलिले गरेका थिए ।

कार्यक्रममा विश्वबिद्यालय ब्यबस्थापन समितीका पदाधिकारी,क्याम्पसमा अध्यणरत बिद्यार्थी, प्राध्यापक, स्ववियु पदाधिकारी, शैक्षिक ब्यक्तित्व लगाएतको उपस्थिती रहेको थियो भने विश्वबिद्यालयको अनुगमण टोलिसंग बिद्याथीहरुले सवाल जवाफ समेत गरेका थिए ।

Nabintech