१३ बैशाख २०८१, बिहीबार
सिद्धार्थ मा.बि रझेनाको अध्यक्षमा रामसिंह थारु

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १७:२३

कोहलपुर,बाँके: २०४६ सालमा स्थापना भएको सिद्धार्थ माध्यामिक विद्यालय कोहलपुर ५ रझेनाको विद्यालय व्यवस्थापन समितीमा राम सिंह थारु सर्वसम्मत चयन भएका छन । बिद्यालय ब्यबस्थापन समिती चयन गर्न बैशाख २ गते बोलाईएको भेलाले समिती चयन गर्न नसकेपछि आज जेष्ठ ११ गते बोलाईएको अभिभावकहरुको भेलाले थारुलाई सर्वसम्मत चयन गरेको हो । समितीका अन्य सदस्यहरुमा रुपा सरा घर्ति, रुपा थारु, शान्ता सिंह वलि र मोहम्मद अलि चयन भएका छन ।

कोहलपुर नगर शिक्षाका अधिकृत रबिलाल मिजारको अतिथ्यमा आयोजित भेलामा कोहलपुर वडा नं. ५ का अध्यक्ष  दिपेन्द्र श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष श्री कृष्ण थारु लगाएत १३२ जना अभिभावकहरुको उपस्थिती रहेको थियो । सिद्धार्थ माध्यामिक विद्यालय रझेना कोहलपुर नगरपालिका वडा नं. ५ मा रहेता पनि ५ र ६ को साझा बिद्यालयको रुपमा हेर्ने गरिएको छ ।

कोहलपुरलाई शैक्षिक हव बनाउने अभियान अन्तरगत यस बिद्यालयलाई दश जोड दुई सम्म सञ्चालन गर्ने सोच रहेको वडा नं. ५ का वडा अध्यक्ष एबं प्रमुख अतिथी दिपेन्द्र श्रेष्ठले बताए । उनले बिद्यालयमा खानेपानी तथा भौतीक पुर्वाधार कमि हुन नदिन नगरपालिकासंग आफनो वडाले समन्वयकारी भुमिका खेल्ने समेत बताए ।

वडा नं. ६ का वडा अध्यक्ष श्री कृष्ण थारुले अभिभावकहरुले एक अर्कालाई दोष दिएर उम्किने गरेको भन्दै बिद्यालयको समग्र विकासका लागि क्रियाशिल हुन आग्रह गरे ।

नगर शिक्षा अधिकृत रबिलाल मिजारले यस बिद्यालयको शैक्षिक स्तर उन्नतीका लागि शिक्षा समितीले पहल गर्ने भन्दै बिद्यार्थी अभिभावक तथा बिद्यालयका शिक्षकहरुको सक्रियतामा शैक्षिक सुधारका निम्ति अपरिहार्य रहेको औंल्याय।

वडा नं. ६ का वडा अध्यक्ष श्री कृष्ण थारुले अभिभावकहरुले एक अर्कालाई दोष दिएर उम्किने गरेको भन्दै बिद्यालयको समग्र विकासका लागि क्रियाशिल हुन आग्रह गरे । चन्द्रलाल वलिको सभापतित्वमा आयोजित अभिभावक भेलामा उपस्थितलाई बिद्यालयका प्रधानाध्यापक रञ्जना रानाले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन शिक्षक नवराज ढकालले गरेका थिए । बिद्यालय बयबस्थापन समितीको कार्यकाल तीन बर्षको रहने ब्यबस्था रहेको छ ।

Nabintech