१४ बैशाख २०८१, शुक्रबार
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप जित्ने टिमले १६ लाख डलर पुरस्कार पाउने

  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०८०, शुक्रबार १८:०६

काठमाण्डाै : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपका लागि पुरस्कार रकमकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार टेस्ट च्याम्पियनशिप २०२१–२३ का लागि ९ टिमलाई ३८ लाख डलर दिइनेछ ।

विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनल लन्डनकाे ओभल मैदानमा अस्ट्रेलिया र भारतबीच हुँदैछ । फाइनल खेल आउँदाे जुन ७ देखि ११ सम्म हुनेछ । फाइनल जित्ने टिमले १६ लाख डलर (२१ कराेड रुपैयाँभन्दा धेरै) पाउनेछ भने उपविजेताले ८ लाख डलर पाउनेछ । यस्तै वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे वरीयतामा तेस्राे स्थानमा रहेकाे दक्षिण अफ्रिकाले ४ लाख ५० हजार डलर पाउनेछ ।

वरीयताकाे चाैथाे स्थानमा रहेकाे इङ्ग्ल्यान्डले ३ लाख ५० हजार डलर र पाँचाैँ स्थानमा रहेकाे श्रीलङ्काले २ लाख डलर पाउनेछ । यस्तै न्युजिल्यान्ड (६), पाकिस्तान (७), वेस्ट इन्डिज (८) र बङ्गलादेश (९) ले १/१ लाख डलर पाउनेछन् ।

Nabintech