३१ असार २०८१, आईतवार
लघु कथा – कृतघ्न

नन्दलाल आचार्य


  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०८०, शुक्रबार १८:०९

“फोन पनि गर्दिनस्, मैले गरे पनि राम्ररी बोल्दिनस् ।” फोनमा गरेको बहिनीको गुनासोले दिदी चिन्तामा फँसी । “घरेलु कामकाज र सासूससुराको हेरविचार गर्दागर्दै म आनन्दमा डुब्छु ।” अनुहारमा उमङ्ग छर्दै दिदीले भनी । “वृद्धाश्रममा बुढाबुढीलाई थङ्क्याएर म पो चयनमा छु । तँ पनि म हिँडेकै बाटोमा हिँड् त लन्ठैसाफ हुन्छ ।”

बहिनीले उपाय सुझाई । आफ्नो त्यस्तो औकात छैन भन्ने दिदीको कथन सुन्नासाथ बहिनीले क्रोध ओकली; “तँ नामर्दी नै भइस् ।” सासूससुराकै शरणमा बाँचेर कृतघ्न हुन नैतिकताले दिएन मलाई त !” दिदीको यस वाणीले बहिनी तोरीका फूल देख्न थाली ।

नन्दलाल आचार्य

Nabintech