१२ बैशाख २०८१, बुधबार
ए डिभिजन लिग : आज दुई खेल

  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०८०, सोमबार ०७:३४

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दुई खेल हुँदैछ। दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२१ खेलमा २१ अंक जोडेर पुछारमा रहेको खुमलटार आज सातौँ जितको योजनामा हुनेछ। २१ खेलमा २९ अंक जोडेर सातौं स्थानमा रहेको हिमालयन आठौँ जितको खोजीमा हुनेछ।  साँझ ६ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२१ खेलमा २८ अंक जोडेर पुलिस नवौँ स्थानमा रहेको पुलिस नवौँ जितको खोजीमा हुनेछ। २१ खेलमा २४ अंक जोडेर १३ औं स्थानमा रहेको फ्रेण्ड्स सातौँ जित निकाल्ने योजनामा छ।

 

Nabintech