१३ बैशाख २०८१, बिहीबार
रेग्मी जलेको अवस्थामा जंगलमा मृत फेला

घरबाट मिटिङ्ममा जानू छ भनेर भे.६.प. ८२२४ नं. को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मी प्राध्यापन पेशामा थिए


  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८०, मंगलवार १२:१८

कोहलपुर,बाँके:आदर्श मावि बाँके राँझाका शिक्षक रवीन्द्र रेग्मी जलेको अवस्थामा जंगलमा फेला परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीनजिकैको जंगलमा आज (मंगलबार) बिहान रेग्मीको शव फेला परेको हो ।

उनी हिजो (सोमबार) बिहान १०ः३२  बजेतिर घरबाट निस्केका थिए । उनको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको छेउमा ट्रकका चालकले देखेपछि प्रहरीलाई सूचना दिएका थिए । जंगलमा घाँस काट्ने क्रममा महिलाहरुले शव देखेका थिए । प्रहरी अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।  शिक्षक रेग्मीको शरीर जलेको अवस्थामा छ । उनले लगाएको लुगा भने मोटरसाइकलकै छेउमा राखिएको छ । प्रहरीले हत्या भएको हुनसक्ने अनुमान गरेको छ ।

घरबाट मिटिङ्ममा जानू छ भनेर भे.६.प. ८२२४ नं. को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मी प्राध्यापन पेशामा थिए । घरनजिकै उद्योगसमेत सञ्चालन गर्दै आएका निकै मिहिनेतनी युवा उनी बेपत्ता भएपछि धेरै किसिमका आशंका गरिएका थिए ।  सोमवारराती करिब १०ः३२ बजेदेखि मोवाइल स्वीचअफ भएपछि खोजीका लागि आफुहरु गम्भीर भएको परिवारस्रोतले जनाएको छ ।

Nabintech