२२ बैशाख २०८१, शनिबार
एकै घरका तीन जनाको मृत्यु भएपछि शोकमा गाउँ

घटनाको जानकारी पाएपछि एमाले जिल्ला सचिव मनोहर बुढाथोकीको नेतृत्वमा टोली आज बिहान प्यूठान तर्फ लागेको छ


  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०८०, मंगलवार १०:३२

तुलसीपुर: एकै घरका तीन जनाको मृत्यु भएपछि कोठरी गाउँ शोकमा डुबेको छ । प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गर्न गएका तुलसीपुर उपमहानगरपालिका –१५ कोठरी निवासी ३५ वर्षकी सरिता शर्मा पोख्रेल, उनका १४ वर्षका छोरा विशाल पोख्रेल र विकास पोख्रेलको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको जानका रेग्मीले जानकारी दिनुभयो ।

मृतक बालक नारायणपुरको सरकारी स्कुलमा कक्षा ८ र ७ मा पढ्दै आएका थिए । सरिताका श्रीमान वैदेशिक रोजगारका लागि विदेशमा हुनुहुन्छ । घटनाको जानकारी पाएपछि एमाले जिल्ला सचिव मनोहर बुढाथोकीको नेतृत्वमा टोली आज बिहान प्यूठान तर्फ लागेको छ । हिजो स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार दिउसाे करिब साढे ३ बजे सडकबाट करिब ५० मिटर तल खस्दा ८ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा लमही नगरपालिका– ४ गढवा निवासी ४० वर्षका गोविन्द शाह, उनकी श्रीमती ३० वर्षकी राधा नेपाली, उनका ९ वर्षका छोरा आदित्य शाह, चालक लमही निवासी तारा कुमाल, घोराही –१५ निवासी ११ वर्षका बालक शिशिर सुवेदीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । मृतको शव जिल्ला अस्पताल बिजुवारमा राखिएको र पोस्टमार्टम पछि आफन्तलाई बुझाउने प्रहरीले बताएको छ ।

Nabintech