८ मंसिर २०८१, शनिबार
नेपाल पाकिस्तानसँग पराजित

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०८०, मंगलवार १०:४१

काठमाडौं : एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान एसँग पराजित भएको छ।  ८८ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले पूरै ओभर  खेलेपनि ९ रनले पराजित हुन पुग्यो।

नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। नेपालले  ६ विकेटको गुमाएर  ७८ रन मात्रै बनाउन सक्यो।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले ३ विकेट लिएकी थिइन्। यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २–२ विकेट लिए।  नेपालले दोस्रो खेल असार २ गते भारतको ए टिमसँग खेल्ने तालिका छ। असार पाँच गते अन्तिम खेलमा नेपालले घरेलु टिमसँग खेल्ने छ।

 

Nabintech