१७ बैशाख २०८१, सोमबार
तक्षशिलाका बिद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

समय समयमा ब्यबहारीक, शिपमुलक, सन्देश मुलक, अतिरिक्त क्रियाकलाप एबं रचनात्मक क्रियाकलापमा आफना बिद्यार्थीहरुलाई सहभागि गराउदै तक्षशिला


  • टाइम्स संवाददाता

  • ९ श्रावण २०८०, मंगलवार १६:५४

कोहलपुर, बाँके: बाँके ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि बिद्यालयहरुमा गएर ट्राफिक सचेतना फैलाउने क्रममा आज कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीका बिद्यार्थीमाझ ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुलाई ट्राफिक सचेतनाबारे राम्रो शिक्षा दिन सके उनीहरुले उक्त सन्देश गाउ समाज सम्म पुराउदै ट्राफिक सचेतनामा टेवा पुग्ने उद्धेश्यले बिद्यालय बिद्यालयहरुमा ट्राफिक सचेतनाका कार्यक्रमहरु कार्ययोजना बनाई कार्यान्वयनमा ल्याईएको ट्राफिक प्रहरी सहायक निरीक्षक मदन सिंह मातरले बताए ।

बाल बालिकाहरुलाई संभावित दुर्घटना र त्यसबाट बच्ने उपाय, बाटो काट्न मिल्ने अबस्था र ट्राफिक चिन्ह सहितका सचेतनामुलक भिडियो बिद्यार्थीमाझ प्रस्तुत गर्दै बालबालिकाहरुलाई सचेत बनाईएको थियो । बिद्यालयको हल भरी खचाखच भरिएका बिद्यार्थीहरुले ट्राफिक नियमका बारे उत्सुकतापुर्वक सुनेर थाहा नभएका बिषयमा समेत सवाल जवाफ गरेका थिए ।

बिद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाहका अनुसार सानै उमेर देखि ट्राफिक सचेतनामा भाग लिएका बिद्यार्थीहरुबाट गाउ समाजमा हुने दुर्घटना न्युनिकरणमा टेवा पुग्नेमा बिश्वास ब्यक्त गरे । उनले ट्राफिक सचेतना अहिलेको जल्दो बल्दो आबश्यकता रहेको भन्दै ट्राफिक अभियानको खुलेर प्रशंसा समेत ब्यक्त गरे ।

बिभिन्न ट्राफिक संकेतहरुमा समेत बिद्यार्थीहरुले उत्सुकतापुर्वक कार्यक्रममा सहभागिता जनाएको कार्यक्रममा जेब्रा क्रस जस्ता सांकेतिक चिन्ह र उक्त स्थानमा बाटो काट्ने प्राथामितामा को -को पर्छन भन्ने जस्ता ज्ञानबर्धक कुराहरु ग्रहण गरेका थिए । बिद्यालयका १०० बढि बिद्यार्थी सहभागिता रहेको कार्यक्रममा बिद्यालयले बालबालिकाहरुलाई आगामि दिनहरुमा समेत आत्मनिर्भर हुने किसिमका अतिरीक्त क्रियाकलापमा समेत सहभागिता गराईने बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले कोहलपुर टाईम्सलाई बताए ।

बिद्यालयले बिद्यालयमा शिक्षणका अलावा समय समयमा ब्यबहारीक, शिपमुलक, सन्देश मुलक, अतिरिक्त क्रियाकलाप एबं रचनात्मक क्रियाकलापमा आफना बिद्यार्थीहरुलाई सहभागि गराउदै आएको छ ।

 

Nabintech