नेपालगन्ज:तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोका खोलेको छ र यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलीसान बसाइ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालगन्ज नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।
३ ओटा ऑडिटोरियममा ५६० सीटहरूको साथ, सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो । अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी अनुभव प्रदान गर्दै राष्ट्रिय गौरवको परियोजना निर्माण गर्दै नेपाललाई आधुनिक सिनेमा थिएटरको लक्जरीपूर्ण अनुभव अन्तर्राष्ट्रिय मानचित्रमा ल्याएको छ ।
गतिशील, दूरदर्शी र प्रेरणादायी युवा डा. राहुल थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रुपमा यो रंगमञ्चलाई लिन सकिन्छ ।
संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ ।
यहाँ उपलब्ध स्वादिलो खाना अमेरिका देखि भित्रयाइएका अग्रणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा, घरमा जस्तै तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको छ ।
सिनेरोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्ण रूपमा अग्नि–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गर्दछ । थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्दछ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गर्दछ ।
सिनेमा अनुभवको पुनरुत्थानको प्रतिज्ञा गर्दै, सिनेरोयलले वास्तवमै देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ, जसले चलचित्र दर्शकहरूलाई उनीहरूले कहिल्यै नबिर्सने अनुभवको आभाष छोडेका छन् । यस थिएटरको उद्देश्य भारतका चलचित्र प्रेमीहरूलाई पनि आकर्षित गर्नु हो र यसले निश्चित रूपमा पर्यटनमा योगदान पुरयाउनेछ, जहाँ सीमा पार बस्ने चलचित्र प्रेमीहरू समेत यस असाधारण चलचित्र अवलोकन यात्राको एक हिस्सा हुने हाम्रो बिशवास रहेको छ ।