२ जेष्ठ २०८१, बुधबार
नेपालगञ्जका अग्रज पत्रकार गैरे सम्मानित

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०८०, बुधबार १४:४३

कोहलपुर,बाँके:मोफसलको पत्रकारीतामा खारिएका तीन दशक बढि नेपालगञ्जमै रहेर पत्रकारीता पेशामा संबद्ध अग्रज पत्रकार झलक गैरे सम्मानित भएका छन । सामाजिक क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै प्रदान गरिंदै आएको ‘नाइस अवार्डको तेस्रो संस्करण दैनिक नेपालगन्जका प्रकाशक/ प्रधान सम्पादक समेत रहेका पत्रकार झलक गैरेलाई नाइस नेपालगन्जले आफ्नोे बार्षिकोत्सबका अवसरमा प्रदान गरेको हो ।

मंगलवार औपचारिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा, गैसस महासंघका केन्द्रीय सदस्य समेत रहेका नाइस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाह र आयोजक संस्थाका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् । नगद दश हजार राशि सहितको अवार्ड प्रदान गरिएको नाइस नेपालगन्जले जनाएको छ ।

अवार्ड प्राप्त गरेपछि अग्रज पत्रकार गैरेले छोटो प्रतिक्रिया दिंदै ग्रेटर सम्मानले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए । उनले पत्रकारिता समाजको ऐना मात्रै नभएर मार्ग निर्देशक भएको जनाए । विकास र सकारात्मक पत्रकारितामा लागि निरन्तर लागिरहेको उनको प्रतिबद्धता थियो ।

नाइस अवार्ड २०२३ बाट सम्मानित पत्रकार झलक गैरेले पुरस्कारबाट प्राप्त सबै रकम नेपालगन्जका पत्रकारको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । नाइस अवार्ड २०२३ ग्रहणका क्रममा पत्रकार गैरेले पुरस्कार बापतको सम्पूर्ण रकम एकजना पत्रकारको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरेका हुन् । पत्रकार गैरेलाई अवार्डसँगै १० हजार रुपिया पुरस्कार प्रदान गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

Nabintech