जहाँनिया राणा शासन, पन्चायत, राजतन्त्रत्मक बहुदलीय ब्यबस्था हुँदै नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि पन्ध्र बर्ष पुगिसकेको छ। तर आजपनी देशले एउटा निश्चित लय समात्न सकेको छैन।बेरोजगारी बढ्दो छ, महङ्गी अनियंत्रित छ, राज्य प्रती जनता बिश्वस्त छैनन् । न्यायलयको स्वतन्त्रतामा प्रश्न उठिरहेका छन ।गाँस, बास र कपासका लागि बहुसंख्यक जनताको संघर्ष उस्तै छ।
लोकतन्त्र बिधिको शासन हो । लोकतन्त्र जनाता द्वारा निर्वाचित प्रतिनिधिले जनताको भलाइका लागि कामगर्ने शासन ब्यवस्था हो । लोकतन्त्रमा निश्चित विधी, पद्धति र कानुनी सर्वोच्चताले देश संचालित हुन्छ। लोकतन्त्रमा व्यक्ति भन्दा विधि प्रधान हुन्छ। अल्पमतका विचारको सम्मान गर्दै बहुमतले शासन गर्छ लोकतन्त्रमा।
हाम्रो देशमा लोकतन्त्र संविधानमा आयो, कागजमा आयो, रुपमा आयो तर सारमा आएन। लोकतन्त्र त ब्यक्ति- ब्यक्तिको आचरण हो, मुल्य मान्यता हो, बिधिको सर्वोच्चता हो । लोकतन्त्र सबै बर्ग, जाती, धर्म, सस्कृती प्रती देखाइने समभाव हो ।बदलाको भावले लोकतन्त्र बलियो हुदैन । नातावाद, कृपावाद, फरियावाद र गुटवादले लोकतन्त्र बलियो हुदैन ।
नेपाल आज अस्थिरताको भुमरीमा रुमलिएको छ। २०४६ सालको बहुदलीय ब्यबस्थाको पुनर्बहाली पश्चात् झण्डै साढे तीन दशकको छोटो अवधिमा २७ वटा सरकार परिवर्तन भैसके। गणतन्त्र बहाली पश्चात् पनि यो क्रम रोकिएको छैन ।
आखिर किन यस्तो अस्थिरता ?
शक्ति राष्ट्रहरुको इन्ट्रेस्ट्लाई सन्तुलन गर्दै देशलाई सहि दिशा दिनसक्ने नेतृत्वको अभाव यसको प्रमुख कारण हो। छिमेकी र शक्ति राष्ट्रहरुले नेपालमा प्रमुख दुई कारणले प्रभाव पार्न खोज्छन् , राजनीतिक कारण र प्राकृतिक स्रोतको कारण । छिमेकी राष्ट्र चीनको विश्व राजनीतिमा जबर्जस्त उदय, छिमेकी राष्ट्र भारत र चीन विचको सम्बन्ध र नेपालको कमजोर वैदेशिक कुट्नितीका कारण नेपाल अस्थिरताको सिकार बनेको छ।
नेपालको प्राकृतिक स्रोत, बिशेशत जलस्रोतको प्रयोगमा नेपाल खरो उत्रीन नसक्नु पनि नेपालको लागि घातक छ। देशको प्राकृतिक सम्पन्नतालाई सदुपयोग गर्न नसक्नु कति प्रतिउत्पादक हुन्छ भन्ने कुराको दृष्टान्त अफ्रिकी मुलुक कङ्गो, रुवाणडा लगाएतका देशहरूमा सल्केको हिंसाको कुरुर आगोलाई लिन सकिन्छ । अफ्रीका प्राकृतिक धातुहरुमा सप्पन्न महादेश हो । अफ्रीका महादेशमा भएको सम्पुर्ण धातुको झण्डै आधा जसो धातुहरु कङ्गोमा छन भन्ने मानिन्छ। त्यही प्राकृतिक सम्पन्नता नै कङ्गोको लागि अभिसाफ भएको छ। कङ्गो रोग, भोक र अशान्तिको अन्तहिन शृङ्खला बाट गुजि्ररहेको छ।
कसरी हुन्छ त लोकतन्त्र बलियो ?
लोकतन्त्र देशको समुन्नति बाट सुदृढ हुन्छ, जनताको उन्नतिबाट बलियो हुन्छ। देश प्रणालीगत शुद्धता, बिधिको सर्बोच्चता, आर्थिक पारदर्शिता बाट बलियो हुन्छ। जनताको उन्नति स्वास्थ्य, शिक्षा, रोजगारी लगायत सर्वाङ्गीण पक्षको विकास बाट सम्भव हुन्छ। सुशासन लोकतन्त्रको मर्म हो । लोकतन्त्र सुशासन बाट बलियो हुन्छ।
नेपालको लोकतन्त्रलाई नेपालका वर्तमान शासकहरुले नै धज्जी उडाइरहेका छ्न। राष्ट्रको मानमर्दन हुनेगरी घटेका विभिन्न काण्डहरुले व्याङ्ग्य गरिरहेका छ्न। गृह प्रशासन समालेका उच्च पदस्थ व्यक्तिहरु नै नागरिकलाई अनागरिक बनाउने धन्दामा देखिनु, सयौं किलो सुन देशकै पुरानो विमानस्थलको सुरक्षालाई चुनौती दिदै भित्रीनु, बिबादास्पद छवि भएका ब्यक्ती उच्च ओहोदामा नियुक्त हुनु, एउटा संयोग मात्रै हैन यो त लोकतन्त्र माथिको नियोजित प्रहार नै हो।
देशलाई यो दलदल बाट उकास्न लोकतन्त्र प्रती निष्ठावान, आर्थिक रुपमा पारदर्शी, निजी स्वार्थलाई तिलान्जली दिनसक्ने, रचनात्मक सबल नेतृत्वको खाचो छ।