७ श्रावण २०८१, सोमबार
महिनावारी बार्ने कि नबार्ने ?

  • रबिन्द्र बोहरा

  • ३१ श्रावण २०८०, बुधबार ०७:३५

महिनावारी किन बार्ने भन्ने कुरा सबैले थाहा पाउन आश्यक छ । आजको विज्ञानको समयमा पनि यसको वैज्ञानिक कारणले स्थान पाउन सकेको छैन । धर्म संस्कृतिको कुरा गर्दा भगवान इन्द्रबाट यसको प्रारुप सुरु भएको भागवत गीतामा पाउन सकिन्छ । इन्द्रले ब्राम्हाज्ञानीलाई मारे पछि त्यसको पाप र दुखको कारण उनी पुष्प भित्र लुकेर बसे र आफ्नो दुख र पाप कम गर्न उनले जल, माटो, रुख र स्त्रीलाई आफ्नो दुख र पाप बाँड्ने प्रस्ताव गरे । इन्द्रबाट बरदान पाउने लोभले सबैले इन्द्रको दुखको केही भार लिन स्वीकार गरी स्त्रीलाई पुरुषको भन्दा धेरै कामवास्नाको आनन्दको बरदान दिई रजको दुख बाँडी दिए ।

सोही बेलादेखि स्त्री रजस्वाला हुन सुरु गरेको बताइएको छ । सो समयमा स्त्रीलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउने अवगुण समेत प्रदान भयो र उक्त समयमा शारीरिक रुपमै कमजोर भएको कारण धार्मिक कार्य गर्न नहुने, गुरु र आफु भन्दा ठूलो मान्छेको आर्शिवाद दिन जरुरी नहुने, पतिसँग सम्बन्ध राख्न नहुने, भोजन बनाउने कार्यमा सरिक नहुने बताइयो । यो भन्नुको कारण शारीरिक रुपमा कमजोर हुने हुनाले आराम गर्नु पर्दछ भन्ने नियम बनाईको हुनु पर्दछ । साथै त्यो बेला आजको जस्तो महिलाहरुको लागि भित्र वस्त्रको प्रबन्ध पनि थिएन जस्को कारण एकान्तमा बस्ने नीति बनाईको हुन सक्छ ।

अर्को एउटा प्रशंगबात के प्रष्ट हुन्छ भने द्धापर युगको अन्त्यतिर युधिष्ठिरले जुवामा सबै हार व्यहोरे पछि उनले आफ्नै श्रीमती द्रौपतीलाई जुवाको दाउमा लगाउँछन् । द्रौपतीलाई ल्याउन दुर्र्योधनले दुशासनलाई पठाउँछन् । दुशासनले द्रौपतीलाई ल्याउँन जाँदा उनी महिनावरी भई एकसरो लुगामा एकान्त कोठामा बसी रहेकी हुन्छन् । त्यही बेलामा द्रोपतीले महिनावारी भएको बताउँदा पनि दुशासनले उनलाई घिस्रादै लगेको पाइन्छ । यसर्थ उक्त समयमा पुरुपले महिनावारी भएकी महिलालाई छुनु हुँदैन भन्ने परम्परा थिएन ।

धर्मले पुरुषले छुनु हुँदैन भनेको देखिदैन । तत्कालिन समयमा आजको जस्तै जताततै मठ मन्दिर पनि थिएनन् । पूजा पाठ गर्न टाढा जानु पर्ने कारणले मन्दिरमा ४ दिन सम्म पुजा पाठ गर्न गाह्रो हुने भएकोले पूजा गर्न जाँदा समस्या हुने र उक्त अवधिमा पुजा पाठ गर्न नजानु स्वास्थ्यको लागि थप चुनौती हुन्छ भनिएको पाइन्छ । तत्कालिन समयमा हिन्दू धर्म संस्कृतिले केवल गलत नगर मात्र भन्न खोजेको देखिएको छ ।

महिलामा गर्भाधान नभएका वा गर्भधान नभएको समयमा डिम्बहरू योनिबाट बाहिर निस्कन्छन् । यो बेला हर्मोनहरूको नियन्त्रणबाट टुक्रिएका टुक्राहरु यौनीमार्ग हुँदै रगत बनेर बाहिर निस्किन्छन् । महिनावारी भएको अवस्थामा करिब ९० प्रतिशत महिलामा पीडा हुने गरेको तथ्य बाहिरीएको छ ।

यो सयमा उनीहरूले आराम गर्नुपर्ने कुरा चिकित्सा शास्त्रले भन्छ भने विभिन्न संक्रमणको खतरा खतराको कारण सरसफाईमा विशेष ध्यान दिनुपर्ने, शारीरिक कार्यहरु कम गर्नुपर्ने आराम गर्नुपर्ने चिकित्सकको सल्लाह हुन्छ । महिनावारीको अवधि महिलाका लागि कठिन समय हुन्छ । शरीरबाट विषाक्त पदार्थ निस्किएका कारण शरीरमा केही भिटामिन र मिनरल्सको कमी हुन्छ । यसले गर्दा शरीरमा कमजोरी, रिंगटा लाग्ने, पेट र कम्मर दुख्ने आदि समस्या देखिन सक्छ ।

महिनावारीको समयमा सम्पर्कमा आएमा सिफिलिस, भिरिङ्गि, गोनोरिया, धातु रोग जस्ता अनेकौं यौन रोग लाग्न सक्ने भनिएको छ । महिनावारी हुँदा कम्तीमा ४ दिन सफाइमा रहनुपर्छ भन्ने वैज्ञानिक मान्यता छ । यो बेला महिला बढी तनावमा हुन्छन् । उनीहरूको अनुहारमा थकानको अनुभव हुन थाल्छ । केही महिलामा तनाव, चिडचिडाहट आदि समस्या पनि हुन्छ । उनीहरू छिट्टै भावुक बन्छन् । उनीहरूलाई आफू मानसिकरूपमा पनि कमजोर भएको अनुभव हुन्छ । त्यसैले नराम्रा कुराले छिटो समात्न सक्छ ।

यही कुरालाई हिन्दु शास्त्रलाई गहिरिएर हेर्दा, कुनै पनि काम गलत तरिकाले गर्दा र उपयुक्त समयमा नगर्दा भविष्यमा कसैलाई दुखको सामाना गर्नुपर्ने हुनसक्छ भनिएको छ । तत्कालिन समयमा बेला रोगको बारेमा जानकारी नहुनाले त्यो समयमा गर्भ रहदा अपांग, लुलो, लंगडो सन्तान नहोस् भनेर यो नियम लागु गरेको देखिन्छ । यसकारण धर्ममा शास्त्र र नीतिमा भनिएका कुरा तत्कालिन समयका लागि गलत हुँदैनन् त्यसलाई व्याख्या गर्ने तथा अधुरो ज्ञान लिने हाम्रो पिँढी गलत छ । यसकारण रजस्वाला धर्मले बार्नु भनेको कारण बार्ने होइन न त धर्ममा अछुत हो बार्नु भनिएको छैन यो त आफ्नै स्वास्थ्यको लागि बार्ने हो । अथार्थ आराम गर्ने हो । अझै स्पष्ट भन्नु पर्दा हिन्दू धर्मले कतै पनि रजस्वालको समयमा छाउगोठमा राख्नु, प्रदुषित ठाउँमा राख्नु भनेर कुनै ग्रन्थमा लेखिएको छैन । यो केही व्यक्तिको मनगणन्ते भावना र कथीत र कुसंस्कृत व्यवहारबाट स्थापित हुन गएको छ ।

यिनै तथ्यलाई त्यस बेलाकै शैलीमा बुझेर शास्त्रले महिलालाई धर्मको बहानामा आराम गर्ने नियम बनाइदिएको अनुमान गर्न सकिन्छ ।
भागवतको कथाअनुसार महिनावारी पाप नभई महिलामा पनि पानी, जमिन र रूखजत्तिकै नराम्रो कुरालाई पनि शुद्ध गर्न सक्ने क्षमता हुन्छ भनेर बुझ्न सकिन्छ ।

महिनावारीको समयमा महिला सामान्य नै हुन्छन् भनन खोजिएको छैन् । केही शारीरिक र मानसिक परिर्वतन हुन्छ भन्ने वैज्ञानिक आधार धर्मशास्त्रले दिएको छ । पहिलो दिन चण्डाल्नी र सो दिन चण्डाल्नीकै जसरी सम्हाल्न गाह्रो हुने गरेर भित्रबाट नकारात्मक भाव निस्किने र शारीरिक पिडा दिने भनिएको छ । महिनावारीको दोस्रो दिन ब्रह्मघातिनी र सो दिन अन्य दिन भन्दा बढी नकारात्मक भावले दुःख दिन्छ । त्यसैले यो दिन अन्य दिनभन्दा विशेष सावधानी अपनाउनुपर्छ भनिएको छ । तेस्रो दिन धोविनी र सो दिनमा आफुले प्रयोग गरेका सबै सामाग्री लत्ता कपडाको सफाई गर्नु पर्ने बताइएको छ । चौथो दिन स्नानी र सो दिन स्नान गरी सफा हुनु पर्ने बताइएको छ ।

पुराणको एक कथा अनुसार सुमित्र नाम गरेको एक ब्राहमणको जयश्री नाम गरकी श्रीमती महिनावारीको समयमा सरसफाई नगर्ने, महिनावारीका नियमहरु पालना नगर्ने भएकोले एक जन्ममा जयश्री कुकुर र अर्को जन्मा गोरु भएर जन्मिएको बताइएको छ । सोही तथ्यको आधारमा हिन्दु महिलाहरुले श्रीपञ्चमीको दिन महिनावारीमा भएका दोषलाई हटान पूजा गर्ने चलन छ ।

धार्मिक रुपमा हेर्दा यो कुरा हिन्दु धर्मबाट मात्र प्रभावित छैन । बौद्ध धर्ममा रजस्वाला भएकी भिक्षुनीले लगाएको लुगा धोएर फेरी लगाएमा पवित्र हुने कुरा बताइएको छ । इसाई धर्ममा महिनावारी भएको समयमा चर्चमा जान नहुने कुरा धर्मको सुरुवातमा अवलम्बन गरेको पाइन्छ भने हाल चर्च जान दिने स्वास्थ्यको दृष्टिकाणबाट विशेष ख्याल गर्नुपर्ने मान्यता छ । इस्लाम धर्ममा मुहम्मदकी पत्नी आयशाले महिनावारी भएकै कारण मक्का जान नसकेको कुरा बताइएको छ भने पुजा गर्ने नहुने मान्यता छ । शिख धर्ममा महिनावारीको समयमा सफा रहनु पर्ने बताइएको छ । यहुदी धर्ममा महिनावारीको समयमा श्रीमानसँग बस्न नहुने, सँगै खान नहुने मान्यता छ ।

धार्मिक दिृष्टिकोणबाट हेर्दा महिनावारीको समयमा महिलाको सुषुप्त अवस्थामा रहेको संस्कार बाहिर निस्कन्छ । यो बेला एकान्तमा बसेर बाहिर निस्किरहेको भावलाई तटस्थ भएर हेर्न सक्ने हो भने उनीहरू आध्यात्मिक स्तरमा निकै माथि पुग्न सक्छन् । यसरी आफ्नो भाव निकाल्नका लागि एकान्तबास सहयोगी हुन्छ ।

धर्म शास्त्रले महिनावारीको समयमा विभिन्न नियमहरु बनाउनु महिलाको हितको लागि भएको देखिन्छ । यस अवस्थालाई धर्मले पाप कतै पनि मानेको छैन । यो समयमा छुनु हुदैन भन्नु सरासर गलत हो । रजस्वाला केवल सन्तान नजन्माउने समयको रुपमा अथार्थ शारीरिक सम्पर्कमा नआउने कुरामा बुझ्नु पर्दछ । यसकारण हिन्दु धर्मको कुनै पनि ग्रन्थमा छुन नहुने कुरा उल्लेख छैन । र छाउगोठमा राख्नु भनिएको छैन ।

हाल आएर केही कथित मानिसहरुले अलगै बस्ने, छाउगोठमा बस्ने, कसैलाई छुन नहुने परम्परा स्थापित गरेको छन् । प्रथा परम्परालाई अध्ययन गर्दा रोग लागेमा परिवारका सबै सदस्यले दुख भोग्नु पर्ने कारण मन नपरेको श्रीमतीलाई अलगै गोठमा राख्ने चलन चलेको देखिन्छ । यो सरासर गलत हो । यो समयमा विज्ञानले भनेको स्वास्थ्यको लागि लाभ हुने तथा मानसिक, शारीरिक रुपमा तन्दुरुष्त रहने तवर तरिका अपानाउनु पर्छ ।

Nabintech