१० मंसिर २०८१, सोमबार
स्नातक अध्यनका लागि कोहलपुरमै थरी थरी कलेज

राजधानि जाने बाध्यता हट्यो कृषि बिज्ञान देखि मानविकि, ब्यबस्थापन, शिक्षा अव कोहलपुरमै


  • प्रमोद रिजाल

  • ३२ श्रावण २०८०, बिहीबार १४:३४

कोहलपुर,बाँके: केहि दिन अघि मात्र परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेसंगै उतिर्ण बिद्यार्थीहरुले अवको स्नातक शिक्षा कहाँबाट प्राप्त गर्ने भन्दै कलेजहरुका विज्ञापन हेर्न थालेका छन भने कलेजहरुले समेत बिद्यार्थी आर्कषित गर्न बिभिन्न माध्यमबाट आ आफना कलेजका विज्ञापनहरु बिभिन्न अनलाईन, फेसबुक बुष्ट एबं पत्रपत्रिकामा दिन थालेका छन ।

६० को दशकमा आफुले चाहेको बिषय कोहलपुरमा पढन नपाएर राजधानी धाउने बिद्यार्थीहरुको तुलनामा अहिले भने कोहलपुर र यस आसपासका बिद्यार्थीहरुलाई स्नातक अध्यनका लागि फरक परिवेश सिर्जना भएको छ । यहाँ खुलेका बिभिन्न कलेजहरुले बिद्यार्थीहरुको चाहनालाई परिपुर्ति गर्ने यहाँका शिक्षा प्रमीहरुले समेत अपेक्षा लिएका छन । कोहलपुरमै छानि छानि कलेज पढन पाउने भएपछि अहिले १२ पास गरेका बिद्यार्थीहरु राजधानि वा नेपालगञ्ज गएर खर्च गरेर पढने भन्दा पनि आफनै घाउघर नजिकका कलेज रोजाईमा पारेर एकातिर आर्थिक बचत गर्न चहान्छन भने अर्कोतिर गुणस्तरीय शिक्षा पनि लिन चहान्छन ।

कोहलपुरकै जेठो क्याम्पस बागेश्वरी

यस क्षेत्रका लागि स्नातर शिक्षाका लागि सबै भन्दा पुरानो क्याम्पस बागेश्वरी बहुमुखि  क्याम्पस रहेको छ । २०४८ सालमा स्थापना भई शुरुमा टियुबाट सम्बन्धन प्राप्त यस कलेजले २०७५ चैत्र देखि भने मध्यपश्चिम विश्वबिद्यालयको आंगिक क्याम्पसको रुपमा  कक्षा ११, १२ देखि स्नातकोत्तर सम्मको शिक्षा प्रदान गर्दै आएको छ । अंग्रेजी, नेपाली दुवै माध्यमबाट पढाई हुने यस कलेजमा ब्यबस्थापन , मानविकि र शिक्षा संकायमा बिए, बिबिएस र बिएड स्तरको शिक्षण हुने गरेको छ भने स्नातकोत्तरमा नेपाली बिषयमा शिक्षण हुने गरेको छ ।

बिए तर्फ नेपाली, अंग्रेजी, आरडि र सोसलाजी बिषयमा शिक्षण हुने यस कलेजमा बिएड तर्फ नेपाली, अंग्रेजी, स्वास्थ्य,जनसंख्या बिषयमा अध्यापन हुने गरेको कलेजका चिफ दान बहादुर हमालले जानकारी दिए । उनका अनुसार यी बिषय बाहेक बिबिए र बिबिएसका समेत कक्षाहरु सञ्चालन हुने गरेका छन । यस बर्षका निम्ति उल्लेखित सबै सेम्स्टार कार्यक्रम अन्तरगत बिभिन्न संकायमा अध्यण गर्न चहाने बिद्यार्थीहरुका लागि भर्ना खुल्ला रहेको छ ।

बिएससि एजि गर्न चहानेलाई गोरखा

१२ पास गरि कृषि बिज्ञान पढन चहाने बिद्यार्थीहरुका लागि गोरखा पोलिटेक्निक कलेजले यो अवसर बिद्यार्थीहरुलाई प्रदान गर्नेछ । ४ बर्षे बिएससि एजि अध्यन गर्न गोरखा युनाईटेड पब्लिक स्कुलको अर्को सहयात्रि संस्था बैजनाथ ४ मा स्थापना भएको छ । २०५८ मा स्थापना भएको गोरखा युनाईटेड पब्लिक स्कुलले २०७५ सालमा गोरखा पोलिटेक्निक कलेजको स्थापना गरि चार बर्षे बिएससि एजिका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

४.५ हेक्टरमा फैलिएको यस कलेजले आफना बिद्यार्थीहरुलाई प्रयोगात्मक सिकाई समेत आफनै फिल्डमा गर्ने गरेको संस्थापक अध्यक्ष केशर बहादुर आले बताउछन । २०६५ देखि प्लस टु मा साईनस सञ्चालनमा ल्याएको यस बिद्यालयले आफुले उत्पादन गरेका बिद्यार्थीहरुको सहजताका लागि बिएससि एजि सञ्चालनमा ल्याएको पाईन्छ ।
२१ औं शताब्दिको प्रतिस्पर्धात्मक संसारमा बिद्यार्थीहरुलाई तयार पार्दै १९ बर्षको लामो यात्रा पार गरेको यस शैक्षिक संस्था ब्रिटिस, सिंगापुरे लाहुरेहरुको लगानिमा सञ्चालनमा आएको छ । प्रसस्त क्षेत्रफल र पारीवारीक वातावरण समेत रहेको यस शैक्षिक संस्थामा कृषि बिज्ञ हुन चहाना राख्नेहरुलाई एक कोषे ढुङगा सावित हुनेमा प्रिन्सिपल साधना थापा विश्वास ब्यक्त गर्छिन ।

नेपाली र अंग्रजीका लागि डाईनामिक

कोहलपुर १० बिद्यानगरमा रहेको डाईनामिक कलेज नेपाली र अंग्रेजी बिषयमा स्नातक गर्न चाहने बिद्यार्थीहरुका लागि अर्को अवसर सिर्जना गरेको कलेज हो । यस कलेजले बिबिएसमा समेत कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

२०५८ सालमा स्थापना भएको यस स्कुलले २०६६ सालबाट स्नातक सञ्चालन गरेसंगै डाईनामिक कलेजका रुपमा आफुलाई चिनाउन सफल भएको छ । लामो समय कोहलपुरमा रहेर समाजसेवा गर्दै आएका लब्ध प्रतिष्ठीत ब्यक्तिहरुबाट सञ्चालित यस कलेजका  क्याम्पस प्रमुख अम्मरराज खत्रि रहेका छन । स्कुल पनि सञ्चालन भईरहेको यस डानामिकमा प्रिन्सिपल रबिन्द्र रेग्मी रहेका छन भने ब्यबस्थापन समितीका अध्यक्ष नरेन्द्र शर्मा पौडेल रहेका छन ।

सबैको नजरमा केएमसि

कोहलपुरको मुटु एनटिभि रोडमा रहेको कोहलपुर मोडेल कलेज समेत सबैको नजरमा पर्ने एक अब्बल कलेज हो । निजि क्षेत्रबाट कोहलपुरमा पहिलो पटक सञ्चालनमा आएको केएमसि २०६६ सालमा टियुसंग सम्बद्ध रहदै आफना शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राम्रो र गुणस्तरीय शिक्षा लिन चाहने बिद्यार्थीहरुका लागि अभिनव संस्था सावित हुनेमा दुई मत छैन ।

२०६६ देखि बिबिएस र आर्थिक बर्ष ०७४र ०७५ देखि बिआएम ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट, र एम बिएसका कक्षाहरु सञ्चालनमा ल्याएको यस कलेजले स्नातक अध्यण गर्न चहाने बिद्यार्थीहरुका लागि बिआएम, बिबिएस र एमबिएसका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजका प्रिन्सिपल संजिववाबु पंगेनी बताउछन ।

उच्च ब्यबस्थापन प्रख्यात शिक्षाविद तथा बिज्ञहरुको टिम स्प्रिडमा चलेको यस कलेजले कर्णाली,सुदुरपश्चिम र लुम्बिनी प्रदेश क्षेत्रका बिद्यार्थीहरुलाई बिभिन्न ईमर्जिन म्यानेजमेन्टका डिग्रिहरु प्रदान गरि ब्यबस्थापनको क्षेत्रमा आफुलाई अब्बल सावित गर्न चहान्छ ।
शिक्षण सिकाई, परियोजना कार्य, छलफल कक्षा प्रस्तुतिकरण, ईन्टर्नशिप र अनुशासन जस्ता गतिबिधिहरुलाई जोडदै आएको यस कलेजमा बिशिष्टिकृत तरीकाले शिक्षा प्रदान गरिने चिफ पंगेनि बताउछन ।

नतिजा र कार्य सम्पादनमा ज्ञान बहुमुखि

कोहलपुर ११ उज्यालो बजारमा शैक्षिक कार्य सम्पादन र नतिजाका हिसावले तिब्र अगाडि बढिरहेको कलेज हो ज्ञान बहुमुखि क्याम्पस । उन्नत, अनुशासित, बुद्धिमान जनशक्ति उत्पादनमा केन्द्रित यस कलेजले नविन शिक्षा बिधि र प्रबिधिको प्रयोग गरि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

२०६६ सालमा टियुबाट सम्बन्धन प्राप्त यस कलेजले शुरुवाती दिनहरुमा न्यु बागेश्वरी कलेजका नामबाट आफना शैक्षिक गतिबिधिहरुलाई अगाडि बढाउदै लगेकोमा नाम परिवर्तन गरि अहिले ज्ञान बहुमुखि क्याम्पसका रुपमा नविन सोचका साथ उदाएको छ ।

स्नातकमा बिएड र बिबिएसका कक्षाहरु स१चालन गर्ने यस कलेजले बिएड मा गणित, अंग्रजी, जनसंख्या, शिक्षा स्वास्थ्य बिषयका काक्षाहरु सञ्चालनमा छन भने बिबिएस तर्फ एकाउन्ट, स्टाटीजि, इकोनोमिक्स र फाईनान्सका बिषहरुमा अध्यापन हुने गरेको कलेज प्रमुख टेक बहादुर गुरुङ बताउछन । भरखरै सम्पन्न कलेजको १५ र्औ सभाले जानेन्द्र खनाललाई ब्यबस्थापन समितीको अध्यक्षमा समेत चयन गरेको छ ।

Nabintech