२० बैशाख २०८१, बिहीबार
भुमिहिन सुकुम्बासीहरुको पहिचान हुन जरुरी छ, हतारमा क्रिकेट मैदान खालि गर्न सहज छैन

मेयरले त्यहाँको बस्ति उठाउने मात्रै योजना अघि सारेको देखिन्छ तर त्यहाँको केही पिडितहरुको विषय तर्फ कुनै ध्यान दिईएको छैन


  • प्रमाद कुमार श्रेष्ठ

  • ६ भाद्र २०८०, बुधबार १०:१३

कोहलपुर नगरपालिका भित्र रहेको नगर विकास समितिको जग्गामा लामो समय देखि बसोबास गरि रहेको शहरको मुटु मानिने कोहलपुर नगरपालिका भित्रको महत्त्वपूर्ण वडा.नं. ११ मा पर्ने अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान क्षेत्रको वरपर रहेको सुकुम्बासी बस्ति अतिक्रम गरिएको हैन अतिक्रम गराई राखिएको सम्पूर्णमा सर्वबिदिदै भएकै कुरा हो।

लगभग ६ सय भन्दा बढि घरधुरी रहेको अतिक्रम भएको वा गराईएको संरचनाबाट सुकुम्बासी बस्ति हटाउनु पर्छ तर भुमिहिन सुकुम्बासीहरुको पहिचान गरि भोगचलन गरिएको स्थानबाट उचित स्थानमा स्थान्तरण हुनुपर्छ साथै उत्त क्षेत्रमा बसोबास गरिरहेका बस्तिका केहि बासिन्दाहरुले यदि सो जग्गा खरिदरविक्रि गर्दैगर्दा लगानी गरेको नगदी लागतको प्रमाणको पुष्टि भएमा स्थानीय सरकार,संम्बन्धित निकाय र सुरक्षा निकायको सहकार्यमा संम्बन्धित बिक्री गर्ने व्यक्तिको पहिचान गरि पिडित लाई न्याय दिलाउन असुल उपर गराउने जिम्मेवारी बहन स्थानीय सरकारले आफ्नो कर्तव्य संम्झि गर्न जरुरी छ।

नेपालको कानुन अनुसार भुमिहिन सुकुम्बासी बसोबास गरेका व्यक्तिहरु लाई तोकिएको क्षेत्रफल निस्शुल्क उपलब्ध गराउने ऐनको व्यवस्था छ। सम्बन्धित स्थलको निष्पक्ष रुपमा छानबिन गरि पिडित सुकुम्बासीहरुले न्याय पाउनुपर्छ तर सुकुम्बासीहरुको अधिकार हनन गर्ने हुकुमबासीहरु लाई कानुनी कारबाहीमा ल्याउनु पर्छ।

मेयरले त्यहाँको बस्ति उठाउने मात्रै योजना अघि सारेको देखिन्छ तर त्यहाँको केही पिडितहरुको विषयतर्फ कुनै ध्यान नदिएको हुदा बस्ति उठाउने तर वास्तविक भुमिहिन सुकुम्बासी रहेका छन भने तिनिहरु लाई स्थानन्तरण गर्न सक्ने कि नसक्ने प्रश्न छ ?

मेयर पुर्ण प्रसाद आचार्य लाई चुनौती ६ सय भन्दा बढि घरधुरी भएको भुमिहिन सुुकुम्वासीहरुको निष्पक्ष रुपमा पहिचान गरिएको छ कि छैन।भुमिहिन सुकुम्बासीहरुलाई स्थान्तरण गर्न कुनै ठाउँमा योजना बनाईएको छ।त्यहाको जग्गा विगतका दिनहरुमा खरिदबिक्री भएको छ खरिद गर्ने पिडितहरुसंग लेनदेनको प्रमाण पुष्टि हुदा असुल उपर गराउने कुनै योनजा तयार गरिएको छ वा छैन ?

मेयरले त्यहाँको बस्ति उठाउने मात्रै योजना अघि सारेको देखिन्छ तर त्यहाँको केही पिडितहरुको विषय तर्फ कुनै ध्यान नदिएको हुदा बस्ति उठाउने तर वास्तविक भुमिहिन सुकुम्बासी रहेका छन भने तिनिहरु लाई स्थानन्तरण गर्न सक्ने कि नसक्ने प्रश्न छ ?

Nabintech