त्यसअघिबायोमास ओभलमा कुुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल तयार पारेको थियो। कुवेतका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका लागि इन्दु वर्माले बनाएको २३ रन नै सर्वाधिक रह्यो। इन्दुले १९ बलमा २ चौका मद्धतमा २३ रन बनाउँदा क्याच आउट हुन पुगिन्।
बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कुवेतका लागि मरियम हैदर एक्लैले चार विकेट लिईन्। मरियम उमरले दुई तथा प्रियदा मुरली र खासदजा खलीलले समान एक विकेट आफ्नो नाममा गरे। लगातार दोस्रो जितसँगै नेपाल ४ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।
एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा छ। लगातार दोस्रो हार व्यहोरेको कुवेत अंकविहीन रुपमा तालिकाको पुछारमा छ। नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ। समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्नेछन्। पुछारका २ टोलीले भने तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।