२१ कार्तिक २०८१, बुधबार
बाँकेमा प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनाैट प्रक्रिया सुरू

प्रतिनिधि चयन गर्दा अन्य समावेशी समूह र ४० वर्षभन्दा कम उमेरलाई प्राथमिकता दिनुपर्ने


  • टाइम्स संवाददाता

  • ८ भाद्र २०८०, शुक्रबार ११:४६

बाँके: लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका लागि बाँके जिल्लामा प्रतिनिधि चयनका लागि आज इच्छुक व्यक्तिले मनाेनयन दर्ता गराउने कार्यतालिका रहेको छ । नेकपा (एमाले) बाँके जिल्ला कमिटीकाे सचिवालय बैठककाे निर्णय अनुसार विहिबार सदस्यहरूकाे नामावली प्रकाशित गर्ने, ८ गते प्रतिनिधि हुन चहानेले मनाेनयन दर्ता सबै पालिकामा दिउँसो १२ बजेदेखि ३ बजेसम्म हुने  र ९ गते शनिबार छनाैट गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख सतिश निराैलाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय सचिवालयकाे निर्देशन, प्रदेश कमिटीको अन्तरकमिटी निर्देशन अनुसार प्रतिनिधि छनाैट हुने बताउनुभयो ।

एमालेले प्रतिनिधि छनाैट गर्दा समावेशी बाहेकका १ सय सदस्य बराबर प्रति १ जना, दलित प्रतिनिधिका लागि ७५ जना बराबर १ जना प्रतिनिधि चयन गर्नु पर्नेछ । हरेक तीन जना प्रतिनिधिमा १ महिला अनिवार्य चयन गर्नुपर्नेछ । पाँच जनामा दुई जना महिला हुनुपर्नेछ ।

यसका साथै प्रतिनिधि चयन गर्दा अन्य समावेशी समूह र ४० वर्षभन्दा कम उमेरलाई पनि प्राथमिकता दिनु पर्नेछ । प्रदेश अधिवेशनका लागि हरेक पालिकाबाट सदस्य संख्यालाई आधार बनाएर प्रतिनिधि छनाैट गरिने प्रमुख निराैलाले जानकारी दिनुभयो । प्रतिनिधि छनाैट गर्न सहजीकरणका लागि बाँके जिल्लामा केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार र निकायका जिम्मेवार व्यक्तिहरूकाे सहयोगमा पालिका स्तरमा कार्य सुरूवात गरिएको निराैलाले बताउनुभयो । हरेक क्षेत्रमा प्रतिनिधि छनाैट गर्दा ५१ प्रतिशत पुगे थप १ प्रतिनिधि छनाैट हुने छन् । अधिवेशन यही १६ र १७ गते बुटवलमा हुनेछ ।

Nabintech