कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखि क्याम्पसमा णुस्तरीय शिक्षामा सेमेस्टर प्रणाली र मध्यपश्चिम बिश्वबिध्यालय बिषयक वक्तृत्वकला समपन्न भएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
बिद्यार्थीहरूमा रहेको अन्तरनिहित प्रतिभाहरू प्रस्फुटन गराई रचनात्मक तथा सृजनात्मक कुरामा अग्रसर गराउदै ब्यक्तित्व तथा नेतृत्वबिकास गराउने प्लेटफर्म नै यहि बेला भएकोले भोलिको समाज र देशमै ख्याति बनाउने पहिचान बनाउन सक्नेगरि बिद्यार्थीका सीप क्षमता र प्रतिभाहरूलाई प्रोत्साहन र उत्प्रेरित गराउन वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको स्ववियु अध्यक्ष देवेन्द्र बहादुर बुढाले कोहलपुर टाईम्सलाई जानकारी दिएका छन ।
क्याम्पसमा अध्यनरत जम्मा १२ जनाको सहभागिता रहेको प्रतियोगितामा निर्णायकको भुमिका प्राध्यापकहरु पुष्कर नाथ रिजाल ,मीन बहादुर के.सि, खोपिराम वली क्षेत्रिले निभाएका थिए । क्याम्पस प्रमुख दान बहादुर हमालको प्रमुख आतिथ्यता र स्ववियु पुर्व सभापति सुर्य रोकायको आतिथ्यतामा आयोजित उक्त प्रतियोगिताको प्रथम स्थानमा देबि काफ्ले , द्धितिय स्थानमा अस्मिता वलि , तृतीय स्थानमा भरत राना र सान्त्वना स्थानमा यम बहादुर खड्का आउन सफल भएका छन । प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुले प्रमाण पत्र र स्टेशनरी पुरस्कार प्रदान गरेका थिए ।
सहभागि प्रतियोगीहरुले सेमस्टार प्रणालीमा नियमित पठनपाठन हुने ,आन्तरीक मुल्यांकन र प्रोजेक्ट कार्यलाई प्रोत्साहन गर्ने एबं समयमै परीक्षा हुने जस्ता तर्कहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगिहरुले ६, ६ महिनामा परीक्षा सन्चालन हुने ,बैकल्पिक बिधिबाट अनलाईन परीक्षा तथा पठनपाठन हुने ,नवप्रर्वद्धन तथा अनुसन्धानमा आधारित पाठ्यक्रम भएकाले बिद्यार्थीहरू बिज्ञान र प्रबिधिको प्रयोगबाट पढ्ने हुदा रचनात्मक तथा सृजनात्मक सिकाई तथा बिद्यार्थीहरूले बिज्ञान प्रबिधिको बिकाससंगै मध्यपश्चिम बिश्वबिद्यालयले आफुहरुको सिकाई कलालाई समेत ध्यान दिएको जस्ता तर्क राखेका थिए ।