८ जेष्ठ २०८१, मंगलवार
पुस्तकालय विद्यार्थी वर्गमात्र नभई आम नागरिकको पहुँच बढाउनुपर्ने : संघिय सांसद राठौर

पुस्तकालयको विकासमा आफुले पुस्तकालय लक्षित कार्यक्रमहरु कार्यान्वयका लागि आवश्यक पहल तथा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्वता


  • टाइम्स संवाददाता

  • १५ भाद्र २०८०, शुक्रबार १७:०१

कोहलपुर,बाँके: प्रतिनिधी सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सह महामन्त्री किशोर सिंह राठौरले पुस्तकालयको महत्वबारे चर्चा गर्दै पुस्तकालय विद्यार्थी वर्गमात्र नभई आम नागरिकको पहुँच बढाउनुपर्ने धारणा ब्यक्त गरेका छन ।

उनले हरेक व्यक्ति अनुशासनको दायरमा रहनुपर्ने बताउँदै ज्ञानले व्यक्तिमा अनुशासन कायम हुने जिकिर समेत गरे । भव्य समारोहकाबीच कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय श्रोत केन्द्रले आयोजना गरेको १६ औ राष्ट्रिय पुस्तकालय दिवस तथा १९ औ साधारण सभालाई सम्बोधन गर्दै संघिय सांसद एबं नेपाली काङ्ग्रेसका सह महामन्त्रि राठौरले उक्त कुरा बताएका हुन ।

“पुस्तौं पुस्तका लागि पुस्तकालय” भन्ने नारा सहित नेपाल सरकारले हरेक वर्ष भाद्र १५ गते मनाउँदै आएको राष्ट्रिय पुस्तकालय दिवसका अवशरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा सह महामन्त्रि राठौरले सुविधा सम्पन्न भौतिक पुर्वाधार सहितको पुस्तकालय कोहलपुरको मात्र नभई पश्चिम क्षेत्रकै गौरवका रुपमा रहेकाले तिनै तहका सरकारले विशेष प्राथमिकतामा राख्न आवश्यक रहेको धारणा समेत राखका छन । उनले पुस्तकालयको विकासमा आफुले पुस्तकालय लक्षित कार्यक्रमहरु कार्यान्वयका लागि आवश्यक पहल तथा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्वता समेत राठौरले व्यक्त गरे ।

पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरी, कोहलपुर नगरपालिका उप प्रमुख संगीता सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, कोहलुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, पुस्तकालयका पूर्व अध्यक्ष तथा स्व. हरिभक्त पौडेल स्मृती अक्षयकोषका संरक्षक जयश्वर पौडेल लगाएतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

दिवसकै अवसर पारेर विहान रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो । रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संंकलन भएको पुस्तकालयले जनाएको छ ।

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सम्पन्न सप्ताह व्यापी कार्यक्रम अन्र्तगत मा.वि. तह अन्तरगतको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा जीवन ज्योती मा.वि.मा अध्ययनरत छात्रा सिद्धि गौतम प्रथम, ग्रिन पिस म.वि.मा अध्ययनरत छात्र आयुष पोख्रेल द्वितिय, डाइनामिक मा.वि.मा अध्ययनरत कविता जैसी तृतीय र नमूना बिद्या सदन मा.वि.मा अध्ययनरत छात्र सोमना देवकोटा र बागेश्वरी एकेडेमी मा.वि.मा अध्ययनरत छात्रा श्रद्धा बस्नेतले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुने बिद्यार्थीहरुले क्रमश १० हजार , ७ हजार, ५ हजार र एक हजार पाँच सय नगद तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन । सफल प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथी राठौरले सम्मान गर्नुका साथै पुरस्कार समेत वितरण गरेका थिए ।

यसै गरी यस वर्षको स्व. हरिभक्त पौडेल स्मृती अक्षयकोषबाट समाजसेवी बलराम शर्मा सम्मानित भएका छन् । दिवसको अवशरमा पुस्तकालयले हरेक वर्ष नियमित पाठकलाई गर्ने सम्मानबाट लक्ष्मण आचार्य सम्मानित भएका छन् भने पुस्तकालयलाई बिभिन्न समय काल खण्डमा योगदान गरेको भन्दै पुर्व सचिव बिष्णु प्रसाद बेल्बासे, स्याक नेपाल बाँकेका बिष्णु अधिकारी  लगाएतलाई सम्मान समेत गरेको छ ।

Nabintech