४ जेष्ठ २०८१, शुक्रबार
स्नातकमा कृषि बिज्ञानका लागि अव कोहलपुरमै गोरखा पोलिटेक्निक कलेज

आठौं सेमस्टार अध्यन गरिसकेका बिद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका लागि बिभिन्न संस्थाहरुसंगको साझेदारीमा ईजरायल पठाईने


  • प्रमोद रिजाल

  • १७ भाद्र २०८०, आईतवार १३:१९

कोहलपुर,बाँके:कृषि बिज्ञान पढन अब बिद्यार्थीहरुलाई नगर छोडनुपर्ने बाध्यतालाइ गोरखा युनाइटेड पब्लिक स्कुलले राहत दिएको छ । १२ कक्षा पास गरेर बसेका बिद्यार्थीका लागी गोरखाले आफनो गोरखा पोलिटेक्निक कलेज मार्फत कृषि बिज्ञान बिषयको पठनपाठन गराउदै आएको छ । निश्चित कोटामा मात्र अध्यापन गराइने यस कलेजमा पढन भने निकै प्रतिस्पर्धा गर्नुपर्ने अबस्था रहेको छ । तर पनि नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा तोकिए बमोजिम छात्रबृत्तिमा भने गरीब जेहेन्दार बिद्यार्थीलाइ पढने अबसर प्रदान गरीने कलेजका चिफ ईश्वरी चन्द्र प्रकाश तिवारी बताउनुहुन्छ । कक्षा ११, १२ मा बिज्ञान र ब्यबस्थापन बिषयमा अब्बल शिक्षा दिने गोरखा स्कुलले आफनो स्कुलबाट उत्पादित विद्यार्थी तथा यस क्षेत्रमा कृषि पढन चहानेहरुका लागि गोरखा पोलिटेक्निक कलेज बरदान सावित भएको छ ।

१२ पास गरि कृषि बिज्ञान पढन चहाने बिद्यार्थीहरुका लागि गोरखा पोलिटेक्निक कलेजले यो अवसर बिद्यार्थीहरुलाई प्रदान गरेका हो । ४ बर्षे बिएससि एजि अध्यन गर्न गोरखा युनाईटेड पब्लिक स्कुलको अर्को सहयात्रि संस्था बैजनाथ ४ मा स्थापना भएको छ । २०५८ मा स्थापना भएको गोरखा युनाईटेड पब्लिक स्कुलले २०७५ सालमा गोरखा पोलिटेक्निक कलेजको स्थापना गरि चार बर्षे बिएससि एजिका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

४.५ हेक्टरमा फैलिएको यस कलेजले आफना बिद्यार्थीहरुलाई प्रयोगात्मक सिकाई समेत आफनै फिल्डमा गर्ने गरेको संस्थापक अध्यक्ष केशर बहादुर आले बताउछन । २०६५ देखि प्लस टु मा साईनस सञ्चालनमा ल्याएको यस बिद्यालयले आफुले उत्पादन गरेका बिद्यार्थीहरुको सहजताका लागि बिएससि एजि सञ्चालनमा ल्याएको पाईन्छ ।

२१ औं शताब्दिको प्रतिस्पर्धात्मक संसारमा बिद्यार्थीहरुलाई तयार पार्दै १९ बर्षको लामो यात्रा पार गरेको यस शैक्षिक संस्था ब्रिटिस, सिंगापुरे लाहुरेहरुको लगानिमा सञ्चालनमा आएको छ । प्रसस्त क्षेत्रफल र पारीवारीक वातावरण समेत रहेको यस शैक्षिक संस्थामा कृषि बिज्ञ हुन चहाना राख्नेहरुलाई एक कोषे ढुङगा सावित हुनेमा प्रिन्सिपल साधना थापा विश्वास ब्यक्त गर्छिन ।

गोरखा पोलिटेक्निक कलेजले कृषि तथा वन विज्ञान विश्वविद्यालयको ईन्ट्रान्समा ७५ भन्दा माथि अंक ल्याउने २ जना बिद्यार्थीकालागि १०० प्रतिशत शिक्षण शुल्कमा छात्रबृत्ती प्रदान गरि अध्यन गर्न अवसर दिनेछ भने आन्तरीक मुल्यांकनमा सर्वोत्कृष्ट हुने बिद्यार्थीहरुलाई २५ प्रतिशत र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिक्षामा सर्वोत्कृष्ट हुने बिद्यार्थीहरुलाई ५० प्रतिशत छात्रबृत्तीको ब्यबस्था गरिएको क्याम्पस प्रमुख तिवारी वताउनुहुन्छ ।

आठौं सेमस्टार अध्यन गरिसकेका बिद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका लागि बिभिन्न संस्थाहरुसंगको साझेदारीमा ईजरायल पठाउने योजना अघि सारेको कलेजले आफनै सुविधा सम्पन्न भौतिक पुर्वाधारमा बिद्यार्थीहरुलाई अध्यापन गराउदै आएको छ । आधुनिक पुस्तकालय, प्रयोगशाला र कृषि फम समेत भएको कलेजले सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक कक्षाहरुमा बिशेष जोड दिंदै आएको संस्थापक केशर बहादुर आले बताउनुहुन्छ ।

यस क्षेत्रमा कृषि बिज्ञान बिषयमा अध्यन गर्न चाहनेहरुलाई अध्यन अध्यापनमा कुनै कमि नहोस भन्ने हेतुले दक्ष प्राध्यापकहरु समेत जिल्ला बाहिरबाट ल्याएर अध्यापन गराईरहेको आलेको थप भनाई रहेको छ ।

स्नातकमा अध्यन गर्न चहाने बिद्यार्थीहरुले भाद्र १५ गते देखि असोज १२ गते राती १२ वजे सम्म अनलाईनबाट मात्र फारम भर्न पाईने कलेजले जनाएको छ । प्रबेश परिक्षा डिनको कार्यालय रामपुर चितवन र काठमाण्डौमा हुनेछ । प्रवेश पत्र समेत अनलाईन बिधिबाट (www.afu.edu.np ) डाउनलोड गर्ने प्राबधान बिश्वबिद्यालयले तय गरेको छ ।

Nabintech