१६ बैशाख २०८१, आईतवार
सहिद यज्ञश्वर शर्मालाइ संम्झदा

  • चिन्ताराम शर्मा

  • १८ भाद्र २०८०, सोमबार ०७:५९

मानिस जन्मनु मर्नु प्रकृतीकाे नियम हाे याे सर्ब स्विकार्य छ। जन्म जात गुण, परिवारिक वातावरण, समाज, गाउँकाे वातावरण, अबस्था र राज्य ब्यबस्थाकाे परिस्थिती, बातबरणले बिचार ,  सिद्दान्त र कार्यशैलीमा तान्न निर्देशित गर्दछ। सबै मानीसमा यी कुराकाे प्रभाव रहेपनि कार्यन्वयनमा लाग्ने कमै हुन्छन । याे मानीसकाे ब्यक्तीगत गुण र भिन्नता हाे।साेच ,बिबेक,बुद्दि र शैलीले दृढताकाे  निश्चित गर्दछ।  मानिस काेही आफू केहु?मैले केगर्ने, मेराे सामाजिक उत्तरदायित्व केहाे  यी कुराकाे साेचमै हराउँछन भने काेहि देखिएकाे बिबिध अन्याय, अत्याचार,बेथिती बारे चिरफार गरि समाज परिबर्तन, न्याय स्थापन, हक अधिकारकाे सुनिश्तताकाे लागि जिलाे ज्यान दिएरै ब्यक्तीगत स्वार्थ त्यागी सामुहिक स्वार्थमा हिड्छन।
दर्षक, स्राेताले बास्तबिकता नबुझेकै कारण न्यायाेचित बिचार, समर्थन दिन सक्तैनन याे पनि ब्यक्ती ,ब्यक्तीकाे बुझाइ हाे । जन्मिन संसारमा थुप्रै मानिस जन्मन्छन मर्छन तर सबैकाे साेचाइ  स।रमा एउटै हुदैन यदि एउटै भैदियकाे भए आज विश्व कहाँ हुन्थ्याे कल्पना नै गर्न सकिँदैन। बिश्वकाे एकैअबस्था रहने थियाे।यहाँ बिकास र संमृदि यहाँ क्रान्ती यहाँ शान्ति यहाँ न्याय यहाँ अन्याय भन्ने पुकारिने थियन । सहि बिचार गलत र गलत बिचार सत्य भन्निने थियन ।
यस्तै क्रममा नेपालमा विभिन्न समयमा राज्य सत्ता, सामाजिक न्याय, समाज परिबर्तनका , स्वतन्त्रता, मैालिक हक प्राप्तीका लागि विभिन्न आन्दाेलनबाट अछुताे छैन। नेपाल एकीकरण,  राण शाषणकाे सुरुवाती, राण शाषणकाे अन्त्य, प्रजातन्त्रकाे बहाली, प्रजातन्त्रकाे अन्त्य, पञ्चायतकाे अन्त्य, बहुदलीय ब्यबस्थाकाे आगमण, लामेा समयसम्म रहेकाे राजतन्त्रात्मक शाषणकाे अन्त्य, संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक प्रणाली  ब्यबस्था सम्म पुग्न थुप्रैले आफ्नाे जीवनकाे कुरबाणी गर्नु पर्याे धेरै महान याेद्दाले याे भूमीमा रगत सिंचित गरेकाे ईतिहास साची छ । यस्तै देश जनताकाे मुक्तीकै लागि   आफ्नाे ज्यान बलिदानी दिनु भएका सहिद यज्ञश्वर शर्मालाई यतिखेर संझदा केही शब्द काेर्न थालेकाेछु। यिनै शब्द मालानै ऊहाप्रती श्रद्दासुमनका  पुष्प गुच्छा हुनेछन ।हार्दिक भाबपूर्ण श्रद्धाञ्जली । समय२५ बर्ष बिती सकेछ  संगतका कुरा र भएकाे घटना भरकर झै  लाग्छ यतिखेर शिक्षक भै शिक्षण गर्दाकाे क्षण र  नेपालगंज क्याम्पस अध्ययनकाे  झलझली याद अझै ताजै छ तर,,,,,,,,,,।
सहिद यज्ञश्वर शर्मा  पिता चन्द्रकान्त शर्मा र माता सीतादेबी शर्माका जेष्ठ  सुपुत्रका रुपमा मिति २०१९ साल आषाड ४ गते तत्काल खाेलागाउ पञ्चायत धुधुती रुकुम मा जनमिनु भएकाे थियाे साेहि ठाउँ पछि नुवाकाेट  गाउपञ्चायत वडानं ७ कायम भएकाे थियाे भने हाल संघीय संरचना अनुसार चाैरजारी नगर पालिका, वडानं १३ रुकुम पशिचम कायम भएकाे छ । उहाकाे प्रारम्भिक शिक्षा हालकाे हिमालय मा बि खाेलागाउ चाैफाबाट प्रारम्भ भएकाे थियाे भने कक्षा,८,९र,१०काे शिक्षा अध्ययन क्रमश श्री शितल मा बि चाैरजहारी,श्री रुक्मिणी मा बि रुकुमकाेट र श्री त्रिभुवन जनता मा बि मुसिकाेट खलंगा रुकुममा भएकाे थियाे। पढाइमा मेहनती , जिज्ञासु र तिक्ष्ण  हुनुहुन्थ्याे तेसले उहाँ जिल्लाका सबै हाई स्कुलमा अध्ययन गर्नुभकाे कुरा बुझिन्छ   खेल क्षेत्रमा पनि उहाकाे राम्राे दखल थियाे ।पहिलाे बर्षमै त्यतिखेरकाे फलामे ढाेका मानीने SLCसफल हुनु भएकाे थियाे।
slc परिक्षा दियर उहाले हालकाे आदर्श माबि बाके ज्यामिरकाेट, बालहित माबि शाक्चाखाेलामा शिक्षण  गर्नु भएकाे थियाे । त्यस पछि २०४१सालमा महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जमा आई एस्सीअध्ययन  गर्नु भएकाे थियाे ।तेसपछि  पुन प्राबिधि(ओभरसियर) काे जागीरमा जाेडियर  तत्कालिन सा नि शाखा रुकुममा   काम गर्नु भएकाे थियाे। तेसैबेला उहाले मुसिकाेट क्याम्पसबाट आए गर्नु भयाे ।उहासंग सहयाेगी भावना, दया, माया धेरै थियाे जसलाई पनि सहयाेग, सद भाव राख्ने र छिट्टै साथी बन्ने स्वभाव थियाे नया नया कुराकाे खाेज गर्ने, अध्ययनमा बढि चासाे राख्ने बानी थियाे सधै अध्ययनसिल हुनु हुन्थ्याे।
उहामा राजनैतिक चिन्तन बढि थियाे तत्कालिन जनमत संग्रह २०३६ साल देखिनै कम्युनिस्ट बिध्यार्थी संगठनसंग आबद्द भैसकेकाे कुरा सुनाउनु हुन्थ्याे। कुनै पनि छलकपट नभएकाे ईमान्दार, नैतिकबान हुनुहुन्थ्याे। उहाँ मसाल हुँदै जनमाेर्जामा आबद्द हुनु भयाे  पछि उहाले त्रिभुवन बिश्वबिध्यालयबाट  शिक्षा बिषयमा स्नातक सम्म अध्ययन गर्नु भएकाे थियाे  तेहि अध्ययनकाे क्रममा नेपालमा बहुदलीय ब्यबस्थाकाे लागि आन्दाेलन शुरु भएकाे  थियाे उहाँ पनि पञ्चायत बिराेधी र बहुदल पक्षपाती भएकाे कारण र कम्युनिस्ट बिचार बाेकेरैरुकुमकाे प्राबिधिक जागीरबाट राेल्पा सरुवा गरिएकाे थियाे  झन आफू बिरुद्द अन्याय भएकाे महसुस गरि जागीरबाट राजीनामा गरि खुलियम राजनीतिमा हाेम्मिनु भयाे २०४६सालमा नेपालमा बहुदलीय ब्यबस्था पुनर्स्थापन भयाे अब सक्रिय राजनीतिमा लाग्नु भयाे।
२०४९ सालकाे स्थानीय निर्बाचनमा नुवाकाेट गा बि स वडानं ७ घुघुतीकाे नेपाल  जनमाेर्चा पार्टीकाे तर्फबाट वडाअध्यक्ष बिजय हुनु भयाे  तेस पछि तेसै बर्ष जिल्ला बिकास समितीकाे सदस्यकाे उम्मेदवार बन्नु भयाे तेसबेलाकाे रूकुममा कांग्रेसकाे अबस्था बलियाे भएकाेले उहाकाे पाेल्टामा जीत हात पर्न सकेन । अब झनै पार्टीमा विभिन्न जिम्मेवारी बहन गरि राजनैतिक जीवनमा  अझं  सक्रिय  देखिनु भयाे २०४९साल जेष्ठ महिनमै उहाले दाङ देउखुरौ निबासी दामा शर्मासंग बैबाहिक  लगनगाठाे कस्नु भयाे । अब उहाले आफ्नाे जीवनलाइपूर्ण राजनीतीमै समर्पण गर्नु भयाे ।सानैद्खि परिवार, भाइबन्धुकाे नेतृत्व गरेकाे पनि मलाइ अझै  संझनामा छ।
यसै क्रममा विभिन्न झुठा मुद्दाकाे अभियाेगमा रूकुममा हिरासत, जेल(कारागार)  जीवन पनि बिताउनु पर्याे ।  पछि२०५२सालमा नेकपा माओबादीले जनयुद्द मार्फत श -शस्त्र आन्दाेलन शुरु गर्याे उहाँ जिल्लाकाे नेता भएकै कारण भूमिगत भइ पार्टीकाे जिम्मेवारी निर्वाह गर्नु भयाे ।
 यस्तै सिलसिलामा उहाकाे पार्टीकै काम गर्ने  सिलसिलामा  डि सि यम हुँदै आर बि यम सम्म पुग्नु  भयाे र२०५४सालमा कैलाली जिल्लाकाे इन्चार्ज बनेर पार्टीले कैलाली सरुवा गरेछ।  संगठन बिस्तार, प्रशिक्षण गर्दै आफ्नाे भुमिका निर्बाह  गर्ने क्रममा मिति २०५५साल भाद्र १७ गते  कैलालीकाे काैवापुरमा प्रहरीबाट गिरप्तार भै गाेली हानी हत्या भएकाे थियाे ।उहाँ लगायत अन्य ३ जनाकाे हत्या भएकाे थियाे । यसरी यज्ञश्वर शर्माले जागीर, परिवार, सुख सयल, माेजमजा र बिलासिता त्यागेर समाज परिबर्तन,  न्यायिक,समाबेशी,  राजतन्त्रकाे समाप्ती, संविधान सभाबाट संविधान निर्माणकाे लागि  आफ्नाे रगत साट्नु भएकाे थियाे।
यहि नेकपा माओबादी पार्टी पछि शान्ती संझाैतामा आई निर्बाचनमा भाग लिइ  पटक पटक सरकारकाे नेतृत्व गरि रहेकाे छ प्राय सरकारमा सामेल भैरहेकाेछ ४ पटकसम्म सरकारकाे नेतृत्व  गरेर देशका प्र्धान मन्त्री सम्म भएकाछन । सहिद यज्ञश्वर शर्माकाे सपना पूरा गर्ने जिम्मा सरकारमा रहेका नेताकाे, पार्टीकाे निर्नायक भूमिकामा रहेका नेतागणकाे हाे याे कुराकाे मूल्याङकन गरि सहिदकाे सपना साकार गरि शहिदकाे  आत्मकाे सम्मान, मर्यादा कायम, गरि समाज परिबर्तन, न्यायिक समानता संघीय,गण तान्त्रिक लाेकतान्त्रकाे  सुदृढिकरण र २०७२काे संबिधानकाे कार्यान्वयन सफल  तरिकाले गरि म र मेराे भन्दा  हामी र हाम्राे भावनकाे बिकास गर्न सके मात्र सहिदकाे सपना साकार हुने हाेकी।
 सहिद यज्ञश्वर शर्माकाे  हत्याकाे एक बर्ष पछि काइली बहिनी यमूना शर्माकाे पनि हत्या भएकाे थियाे  हाल उहा यज्ञश्वर शर्माकाे एक छाेरा एक छाेरी जीवन संगिनी, आमा भाइ, एक दिदी र ३ बहिनीहरुहुनुहुन्छ।   हाम्राे पुकारा हामीलाइ हाेईन समाजलाइ सामाजिक बेबहार गराैं देश र जनताकाे संमृदीकाे लागि काम गराैं यति गरेकाे खण्डमा मात्र यज्ञश्वर शर्मालाइ श्रद्धाञ्जली  दिएकाे साकार हुनेछ उहाकाे बलीदानीकाे  लक्ष्य, उदेश्यले अहिलेपनि  तेहि बाटाे समातेकाे छ या अरु,,, ती कुरात पार्टीसञ्चालक हरुले मूल्याँकन गरेछी सबैलाइ मार्गदर्षण हाेला ।कवि भूपी शेरचनकाे कबिता” हुदैन उज्यालाे मिरमिरे तारा झरेर नगय बन्दैन मूलुक  दुई चार सपूत मरेर नगय” यश कबिताकाे स।रले मूलुकले  नया अबस्था, ब्यबस्था, समृदी,  पाई सहिदलाइ सम्झन र सम्मान गर्न  सिकाओस यहि अनुराेघ, अनुनय, बिनय छ। सधै आत्मकाे चीर शान्तीकाे कामना गर्दै हार्दिक भावपूर्ण श्रद्धाञ्जली  अर्पण गर्दछु ।
Nabintech