६ जेष्ठ २०८१, आईतवार
शैक्षिक गुणस्तर बृद्धि र आठबिसकाेट

  • चिन्ताराम शर्मा

  • २३ भाद्र २०८०, शनिबार ११:५३

कर्णाली प्रदेश रुकुम पश्चिम जिल्लाका छ वटा पालिकामध्य आठविसकाेट नगर पालिका एउटा पालिका हाे । याे रुकुम पश्चिमकाे उत्तर पश्चिममा ठूलीभेरी नदीकाे किनारमा अबस्थित छ यस नगरकाे स्थापना २०७३सालमा भएकाे हाे।साबिककाे आठबिसकाेट, आठबिसडाडागाउ, स्यालाखदी,गाेतामकाेट, घेत्मा र मग्माकाे ७र८वडाकाे भू-भाग समेटेर नगरपालिका बनेकाेछ।यसकाे क्षेत्रफल ५१६.३४ बर्ग कि मि छ ।साच्चिकै प्रकृतीकाे बनाेटले मनमाेहक र सुन्दर छ । जम्मा १४ वडा छन र यहाँ  जम्मा ६४वटा बिदयालय छन २ वटा संस्थागत बिद्यालय छन। मा बि तह सञ्चालन भएका जम्मा १७ बिद्यालय छनभने एउटा शिक्षा क्याम्पस  रहेकाे छ ।मेराे जन्म भूमी आठबिसकाेट रूकुम पश्चिममा शिक्षा बिकास र गुण स्तर बृद्धिका लागि थुप्रै प्रयास भएकाे पाइन्छ।

मलाइ खुसी पनि लाग्छ के भयाे?के भै रहेकाे छ अनि के हुनेछ यी कुरालाई सबैकाे दिमाग र साेचमा भिजाएर छलफल, मन्थन गर्नु गराउनु , सबैकाे मन-मनमा हलचल र साेचाइलाइ दुरदृष्टी बनाउनु त्याेपनि सकारात्मक शैक्षिक आन्दाेलन हाे। म त्यहाकाे शिक्षाकाे सिकारु हु, त्यहाका अभिभावक, शिक्षक, सिकारु र बिद्यालयकाे प्रारम्भिक अबस्थाबारे परिचित छु भन्ने ठान्छु। मेराे जन्म भूमिमा शिक्षाबिद् आदरणीय प्राध्यापक बिद्यानाथ काेइराला सर र  नारायण सिग्देल पुगेर मिति २०८०/५/८र ९गते पालिका स्तरीय शैक्षिक गुण स्तर बृद्दिका लागी बृहद छलफल भएकाे कुरा मैले नि थाह पाएँ, आाशा छ उहाका भनाई ,टेक्निक र दिइयका निर्देशन, सुझाव पक्कैपनि सम्बन्धीत सबै सराेकारवालामा  हाैसला, उत्साह जाेश, जाँगर बृद्दि भै शैक्षिक गुण स्तरमा थप गायत्री मन्त्र बनी थप ईटाकाे कामगरि काेशे ढुंगा साबित हुनेछन । आदरर्णीय बिद्वाँन सरहरु बाट उक्तभूमि पबित्र भएकाे छ याे हाम्राे निम्ति  ठूलाे अवसर हाे यस अवसरमा उहाहरूकाे ब्यक्त बिचारलाइ सबैले  अमूल्य संपतिकाे रुपमा लियर कार्यान्वयन गर्ने प्रतीवद्दता गरि कामकाे थालनी गराैं।भनाइ छ “मारेकाे माछा दिनुभन्दा जाल नै दिनु सबैले माछा आफै मारुन “।यहि भानाइले सार्थकता पाओस ।शैक्षिक परिबर्तनकाे खुड्किला उचाइमा पुगाेस ।
संस्कृत भाषाकाे शिक्ष् धातुबाट शिक्षा शब्दआएकाे हाे जसकाे  अर्थ दिनु भन्ने बुझिन्छ, अनुभबि , अग्रजहरूले आफ्न सन्ततीहरुलाइ अनुभव प्रदान गर्नु नै दिनु हाे।मानीसले जन्म देखि मृत्यूपर्यन्त प्राप्तगरिने सबै अनुभव शिक्षा हाे।बाैद्दिक,भाैतिक,नैतिक, सामाजिक सबै पक्षकाे वा ब्यक्तीकाे सर्बाङ्गीन बिकास गराउनु शिक्षाकाे अर्थ हाे । शिक्षा बिकासकाे जग, सामाजिक परिबर्तनकाे मार्गदर्षन, देश बिकासकाे मेरुदण्ड हाे। त्यसैले शिक्षा अपरीहार्य छ।सकारात्मक  परिबर्तन, बिकास, संमृद्दि, सभ्य समाज, संस्कृती, पहिचानकाे संरक्षण, विश्व पर्धिस्पर्धा गर्न गुण स्तरीय शिक्षाकाे अति आबश्यक छ। राष्ट्र, समाजकाे दिगाे बिकास गर्नका लागि शैक्षिक सुदृढीकरण गर्न सबैकाे जिम्मेवारी आबश्यक छ।गुणस्तरीय शिक्षाकाे ज्याेतिले मात्र देश, समाज र  ब्यक्तिलाइ सामाजिक , आर्थिक,शैक्षिक, ओैध्याेगिक बिकास गराँउन मद्दत गर्दछ।

गुण स्तरीय शिक्षा ब्यक्तीकाे रुचि  र क्षमतालाइ बुझ्ने जिविकाेपार्जनमा प्रमुखभूमिका खेल्ने ब्यक्ती, समाज र राष्ट्रकाे आफ्नाे पहिचान प्रति सचेत गराइ  अगाडि  बड्न  सच्चा चालककाे काम गर्दछ।तेसैले हाम्राे बिध्यमान शिक्षा प्रणाली  कस्ताेछ,  शिक्षक, बिद्यार्थीकाे भूमिका केछ, अभिभावक, बि ब्य स, स्थानीय,  संघीय सरकारकाे भूमिका तथा अन्य सबै,बिद्वत, सराेकारवालाकाे भूमिकाका बारेमा खाेजतलास गर्न आबश्यक छ ती सबैका भूमिकाकाे पहिचान गरेरमात्र अब गुणस्तरकाे बाटाे तय गर्न सहजता हुन्छ तेसपछि साेहि बाटाे अबलम्बन गरेर  उदेश्य, लक्ष्य ,नीति, याेजना,।र्परिवेशअनुरुप, कार्यनीति, बलियाे बनाइ कार्यन्वयन गर्न सबैले प्रतिबद्दता  गरेर  रणनैतिक उद्देश्यका साथ हाेमिन सक्नु पर्छ।धेरै काममा हात राख्नुभन्दा क्रमिक रुपले आबश्यकताका आधारमा  कार्यन्वयनमा जान खाँचाे छ।

गुणस्तर बृद्दि चिट चाेर्ने, नक्कल गर्ने, छायाकपी गर्ने,” झिलिमीली झिलीमिलि कुन हातमा छ भनेर नानीबाबूसंग खेलेकाे जस्ताे हाेइन, फुइ सत्तली बाचा फू मन्त्र, जादुकाे छडी “पनि हाेइन ।कस्तुरी मृगकाे नाभिमै बिणा हुन्छ तर त्याे बासना कहाँ छ भनेर भाैतारिन्छरे त्यस्तै हामी पनि कतै गुण स्तर बृद्दिका लागि भाैतारियका त छैनाै।यसकाे लागि सबै सराेकारवालाले आफ्नाे भूमिका किटान गरैा जिम्मेवारीमा बाडफाड गराैं भूमिका निर्वाह पूर्ण गर्न कार्य याेजनसहित लागाैं( Action Research) कार्यमूलक अनुसन्धान गरेर काममा जुटाैं।कहाँ कस्काे भूमिकामा कमजाेरी रह्याे पुन समाधान गराैं।एकैपटकमा सत प्रतीसतकाे आश नगराै क्रमिक सुधारकाे बाटाेमा जाँउ। हुनत अन्तरक्रियामा थुप्रै सवालकाे बारेमा छलफल, खाेज तलास, समाधानका उपायकाबारेमा खाेजतलास र समाधानकाे निचाेडमा पुगिउ हाेला  तैपनि मैले बाहिरबाट देखेका केही कुरा लेख्दैछु यी कुराहरु म भन्दा पनि काममा संलग्न सराेकारवाला सबै पक्षमा बढि जानकारी हुन सक्छ।तैपनि शैक्षिक गुणस्तर बृद्दिकालागी तपसिलका कुरा र काममा सबैकाे भूमिका बढ्याेभने पक्कै पनि अगी बढ्न सकिन्छहाेला ।

 विद्यार्थी(सिकारु) :नियमित उपस्थीत, धरमा बढि अध्ययन, खाेजतलासकाे बानीकाे बिकास, अध्ययन सिकाइलाइ पहिलाे प्राथमिक्ता, अनुशासन ग्रहण, कक्षामा नबुझेकाे शिक्षकसंग तत्काल जिज्ञाशा राख्ने, सबै साथीसंग सधै पढेका सिकेका बिषयबस्तु छलफल, अध्ययन सामग्री खरिद तथा संकलन, सिकेका कुरा ब्यबहारमा अक्षरस पालना,सकारात्मक साेच, सबैमा आदर र  माया, सहयाेगी भावना,निस्कपट, जागरिलाे, सरसफाइ,मितब्ययी,कुलत र खराब ब्यबहारबाट टाडा, अध्ययन गरेकाे बिषयलाइ सामाजिक परीबेससंग गास्ने, कर्तब्य बाेध,स्वाबलम्बी, अरुकाे आदर सम्मानमा तत्पर,  रहने, आफ्नाे भाबी जीवनकाे ठूलाे उद्देश्य राख्ने,सधै दृढ आत्मबिस्वास, लगनसिल र मेहनती हुने ।
 शिक्षक(सहजकर्ता) :  लगनसिल, मेहनती, शिक्षण सिकाइमा नयाँ तरिका, मिठाेबाेली, सफाइयुक्त, प्रधान उदेश्य शिक्षण सिकाइ र सहजीकरण,कक्षा ब्यबस्थापन, राष्ट्रिय  ,कक्षागत, विशिष्ट उदेश्यसंग जानकार, समान व्यवहार, कर्तब्यनिस्ठ, जवाफदेही, अनुशासित, सहनसिल, धैर्यबान, नैतिकबान, स्वच्छ छवि, समाजकाे बिस्वाससिलाे, अध्यनसिल, कलात्मकगुण, अभिभावक, भेट नियमितता, नया नया कुराकाे खाेज तलास गरि कक्षाकाेठामा प्रयाेग गर्ने, शैक्षिक,सन्दर्भ सामग्रीकाे प्रयाेग गर्ने,  बालबालिकालाइ आफ्नै बालबालिका संझने, आफू बालक हुदाकाे स्मरण गर्ने , बालबालिकाकाे जीवन शैलीमा समायाेजन, ब्यक्तीगत बिभिन्ताकाे पहिचान गर्ने, निरन्तर सर्बाङ्गिन मूल्याङकन गर्ने, अभिभावकसंग निरन्तर भेटगरी  बालबालिकाकाे अबस्थाबारे सूचना र परामर्श गर्ने, पूर्बाग्रही  नभएकाे, सामाजिक स्वार्थ भएकाे,नेताकाे चाकडी नगर्ने, खुला हृदय भएकाे , बालबालिकालाई मन पर्ने व्यवहार प्रदर्शन गर्ने, सबै सिकरुकाे आफ्नै बन्ने।
बिद्यालय ब्यबस्थापन, शिक्षक अभिभाबक  संघ र अभिभावक: निश्पक्ष, राम्राे बिद्यालयकाे परिकल्पन गर्ने, समान व्यवहार, राजनैतिक बिचार नलाद्ने, दानी, ब्यबस्थापक, स्राेतसाधनकाे खाेजी र जुटाउने, असल नेतृत्व भएकाे, नियम कानुनकाे प्रयाेग गर्ने, मेराे अरुकाे नछुट्याउने, दैनिक बिद्यालयसंग सम्पर्क भएकाे,सबैसंग समन्वय गर्न सक्ने, अरुकाे असल कुरा स्वीकार गर्न सक्ने, जिम्मेवारी  उत्तर दायित्व वहन गर्ने, याेग्य शिक्षक भर्न गर्ने, असल शिक्षक,अभिभाबक, दाता, कर्मचारी ,बिद्यार्थीलाइ पुरस्कृत गर्ने, गलत कुरा त्याग्ने, सबैले हाम्राे बिद्यालय, हाम्रा बालबालिका, हाम्रा शिक्षक भन्ने धारण अभिलम्बन गर्ने, पटक पटक सहि परामर्श दिने, बिद्यालय गतिबिधिकाे सधै जानकारी लिन सक्ने, आफ्न बालबालिकाे गतिबिधिबारे अपडेट भै रहने,बैठक, सेमिनार, गाेस्टी, भेलामा सधै सहभागी हुने, समिती गठनमा तेराे मेराे भन्दापनि सहि र सक्षम ब्यक्तीकाे छनाेट गर्ने,सकारात्मक साेच  राख्ने, प्रधानअध्यापक छनाेटमा निश्पक्ष क्षमताकाे आधारमा छनाेट गर्ने, जिम्मेवारीबाट कहिल्यै नपन्छने, अन्य राम्रा बिद्यालयकाे अबलाेकन गर्ने, राम्रा कुराकाे आफ्नाे बिद्यालयमा अभ्यास गर्ने,घरमा बालबालिकाकाे सकारा्त्मक रेखदेख गर्ने, बालबालिकाे आबश्यक सामग्रीकाे ब्यबस्था गरिदिने, घरमा आउने पाहुनसंग अन्तरक्रिया गराउने, घरकाे, समाजकाे काममा सरिक गराउने , पढेर आएकाे बिषयबस्तुबारे घरमा दैनिक साेध्ने,फूर्सदकाे बेला सामाजिक काममा सरिक गराउने, घरमा, गाउमा सरसफाइमा सरिक गराउने, अनाबश्यक जथाभाबि घुम्न संगत गर्न नदिने बालबालिकासंग सधै सत्य बाेल्ने, राम्रा मान्छेकाे  उदाहरण दिने, सधै खुशी प्रदर्षण गर्ने, बिद्यालयमा श्रमदान पनि गर्ने, भाैतिक, शैक्षिक, आर्थिक बाताबारण निर्माण गर्न  पहल गर्ने,शैक्षिक भ्रमण गराउने आदि ।
सरकार:संघीय, /प्रदेश र स्थानीय सरकारले  नियम, कानुन, ऐन तर्जुमा, शिक्षा याेजना,  दुरदृष्टी, समसामयिक आबश्यकतामाआधारित पाठ्यक्रम निर्माण, परिमार्जनसमेत गर्ने, निश्पक्ष बजेट बिनियाेजन, भाैतिक पूर्बाधार निर्माण, अनुगमन, सकारात्मक पृष्ठपाेषण, शिक्षक, अभिभाबक,बि ब्य स, शि अ स लाइ तालिम, सचेतना कार्यक्रम संचालन गर्ने, कामकाे आधारमा पुरस्कार ,दण्ड कार्यान्वयन गर्ने, सबै बिद्यालयकाे अभिभाबकत्व ग्रहण गर्ने, शिक्षक कर्मचरी नियुक्ती सबल र दक्षताकाे आधारमा नियुक्ती, सिफारिस गर्ने, बि ब्य स काे सकारात्मक काममा हस्तक्षेप नगर्ने, बिदेशी शैक्षिक कुरामात्र आयात नगरि स्थानीय आबश्यक्ता र पहिचानकाे भरमा कार्यक्रम याेजना संचालन  गर्ने,समयमै बिद्यालयकाे बजेट निकाशा दिने, अनुगमन बलियाेरुपमा कार्यान्वयन गर्नु पर्ने, कमजाेर क्षेत्र बस्तीका बिद्यालयलाइ पहिलाे प्राथमिकता दिनु पर्ने, राजनैतिक हस्तक्षेप राेक्नु पर्ने, नया प्रर्बिधीकाे प्रयाेगमा जाेड र ब्यबस्थापन गर्नु पर्ने, शिक्षक कर्माचारी दर्बन्दी थप गर्नु पर्ने, बिद्यालयमा विभिन्न प्रकारका शिक्षक नभै जस्तै स्थाइ, अस्थायी, करार, राहत, स्वयंमसेबक नहुने सबै शिक्षक एउटै रुपमा ब्यबस्था गरिनु पर्ने, समयमै पाठ्यपुस्तक बितरण, बिद्यालय संचालन नियमित गर्नु पर्ने,   शैक्षिक याेजनकाे मूल्याङ्कन अनुगमन गरि राख्ने, स्थानीय पाठ्यक्रम स्थानीय आबश्यक्तामा आधारित हुनु पर्ने, शैक्षिक गुण स्तरकाे जिम्मेवारीबाट भाग्न नखाेज्ने, शिक्षक, अभिभावक, विद्यार्थी बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ र प्रधानाध्यापकाे काम, सीप, दक्षता, लगनसिलता बारे तथ्याङ्क लिइ बिष्लेशन गरि सुधारात्क कार्यन्वयन गर्नु पर्ने,शिक्षक विद्यार्थी र पाठ्यक्रमकाे त्रिकाेणात्मक संबन्ध कायम गर्नु पर्ने,प्रतिभाशाली, जाँगरिला शिक्षककाे नियुक्ती ब्यबस्था हुनु पर्ने,शिक्षकलाइ सधै हाैसला प्रदान गर्ने ब्यबस्था गर्ने,शिक्षककाे माैजुदा ज्ञान सिपलाइ परिस्कृत गराउन कार्यक्रम सञ्चालन गर्ने, शिक्षण सिकाइ थलाे निर्मा्णकाे लागि प्राेत्सहान गर्नेआदि ।
मेराे याे स्वतन्त्र बिचार हाे ।शिक्षाकाे पण्डित बन्न खाेजेकाे हाेइन  कृपया क्षमा गरि दिनु हाेला। मैले जीवनकालमा शिक्षालाई  आफ्नाे१३ दिने सन्तान सम्झन्छु यसकाे उचित बिकासका लागि सधै चासु रहन्छ तेसैले निजी अबिब्यक्ती पाेखेकाे हु। खुशी लागेकाेछ मेराे जन्मभूमिमाआदरणीय शैक्षिक बिद्वताबाट सिंचित भएकाेछ आशा गराै स्थानीय  सरकारले याेजना ल्याँउने छ बिद्यालय ब्यबस्थनपन समिती, प्रधानाध्यायपक  र बि ब्य ससफल कार्यनवयनमा लाग्नु हुनेछ भने अन्य सबै सराेकारवाला सबैकाे सहभागितामूलक सहयाेग रहनेछ हामी हाम्राे लक्ष्यमा पुग्न सहज हुनेछाैं।शिक्षा बिकासकाे लागि निश्पक्षता,निस्ठता,निर्भिमता  कायम हुनेछ।शिक्षण क्रियाकलाप बिद्यार्थीकाे रुचीलाइ  ध्याँनमा राखेर हुनेछ।सबै आठबिसकाेट नगरपालिकामा अबस्थित बिद्यालयमा सबैकाे पहलबाट साधनस्राेतकाे उपलबधता, सअभागिता मुलक ,असल सिकाइ थलाे बन्नेछ।

सधै  शिक्षाकाे थप गुणस्तर बृद्दिकाे लागि अभिमूखिकरण, गाेष्ठी हुनेछन, सिकाइ क्रियाकलापमा शैक्षिक सामग्रीकाे प्रयाेग र सधै सबै शैक्षिक नीति कार्यक्रम विदयार्थीकाे हित अनुरुप तर्जुमा भै कार्यान्वयन हुनेछन । आफ्नाे काम र भूमिकाकाे  जिम्मेवारी हामी सबै सराेकारवालाले आजै देखि लिने छाैं। आठबिसकाेट नगरपालिका हामी सबैकाे हाे याहा भएका सबै बिद्यालय हाम्रै हुन, यी सबै बिद्यालयमा पढ्ने बालबालिका  हाम्रै हुन।  कक्षाउतिर्ण दर, भर्न दर, टिकाउदर, भाैतिक निर्माण हाम्राे शैक्षिक गुणस्तर हाेइन  हाम्रा बालबालिका अध्ययनपछि काहा कुनसेवासंग जाेडीय, उनीहरुले दक्षता कसरी प्रदर्शन गरे र सिकेकाे कुरा कसरी ब्यबहारमा लागू भयाे तेसले गुणस्तर मापन गर्दछ। गरे नहुने केछ आजैबाट शुभ कामकाे थालनी गराैं  सबै कुरा हामीसंगै छ  पूरा गर्नु पर्ने पनि हामीले नै हाे अब अरुकाे आश र भराेसा छाेडाैं परिबर्तन अरूबाट हैन आफैबाट संभव छ।  सबैले आफ्नाे जिम्मेवारी र कर्तब्य नबिर्सेर  कामकाे नतिजा भेटाउन  कस्सियर लागाैं ।

अभिभावक भेला, बि ब्य स, शि अ स , प्र्धानाध्यापक, शिक्षा समिती, बिषयगत शिक्षक बैठग नियमित गराैं ती बैठकमा भाैतिक निर्माण भन्दा कक्षाकाेठा ब्यबस्थापन, सामजिक सहभागिता, सबैकाे अनिबार्य नियमिताकाे बारेमा छलफल गराैं निचाेड र निश्कर्षमा पुगाैं, बर्षेणी निर्माण गरिने बिद्यालय सुधार याेजना(SIP) कर्म काण्डकाे रूपमा तयार नगराै निर्माणका कुरामात्र याेजनमा सबै नराखाैं ,जनसहभागितामा कार्यान्वयनमा लैजान सक्ने पठन,पाठन र कक्षा ब्यबस्थापनलाइ, सिकारुकाे हितहुने कुरालाइमात्र ध्यान दिउ र शैक्षिक शत्रकाे अन्तमा तेस याेजनाकाे समिक्षा गराैं र कमजाेरीकाे समीक्षा गरि पुन निर्माण गरि लागू गराैं। बालबालिकाकाे लागि मामाकाे घरजाने रहरजस्तै बिद्यालयकाे बाताबरणकाे निर्माण गरि बालमैत्री शिक्षा, बालमैत्री कक्षा, बालमैत्री बिद्यालय बनाउ जुन बाताबरणले बाल बालिका(सिकारु)काे अन्तर निहित प्रतिभा प्रस्फुटन हुन सकाेस, अतिरिक्त कार्यकलापलाई झण्जेट नमानेर नियमित सञ्चालन गराैं सधै सबै सबै सराेकारवालाले नवप्रबनात्मक कामकाे सुरूवात गराैं, जानेका कुरा बिद्यालयमा प्रयाेग भएका सकारात्मक अभ्यास प्रधानाध्यापक बैठकमा सबैलाइ स्तान्तरण गराैं  सधै कामकाे अवसर आउदैन त्यसैले अवसर आएकाे बेला मन, वचन कर्मले दिलै खाेलेर सबैले काम गराैं अनि पाे भाेली इतिहासले सबैलाइ सुरक्षित राख्ने छ अनि हामीमा सन्ताेषकाे श्वास तन्कनेछ। सबैबाट आषिकका  पुकारा ओइरनेछन हाम्राे गहकिलाे ईतिहासले भण्डार पाउनेछ हाम्रा सन्ततीले मिठा र रसिला प्रशंसा गर्ने छन र हाम्रा सन्तान  दक्ष, सक्षम, उत्पादन जनशक्ति बन्ने छन ।ब्यक्ती, घर, समाज, गाउँ र देश सभ्य, बिकसित र उत्पादन बन्नेछ रा
हामी र याे मूलुक विश्व प्रतिस्पर्धामा नेपाली र नेपालले चिनिन पाउने छ।आजैबाट लक्ष्ये प्राप्तीका लागि उठाै, जुटाै कामकाे थालनीमा लागाैं सबैकाे भावना एकीकृत गराैं शुभ काममा ब्याँलाे कत्ती पनि नगराैं  । शिक्षामा काम गर्ने सबैले आज केही नया काम गर्छु भनेर थालनी गरिहालाैं भाेली फेरि नया थप काम गर्नुछ भन्ने साेच राखाैं, हाम्राे साेच, कार्यशैली निरन्तर खाेज र अनुसन्धान मूलक हुनुपर्छ अनिमात्र हामी सफल हुन्छाैं र हाम्राे कामकाे नतिजाले नया पन पाई सबैकाे हाैसला माथि हुनेछ अनिपाे सबैमा जाँगर उर्लनेछ कामले गति लिनेछ सफलताले काखी च्याप्ने छ।  जय जन्भूमि । धन्यबाद!

Nabintech