१८ बैशाख २०८१, मंगलवार
एनप्याब्सन बाँकेको नवौं जिल्ला अधिबेशन गनापुरमा सम्पन्न, अध्यक्षमा मल्ल

निजि बिधालयमा अरबौ लगानी जोखिममा रहने हो भने मुलुक समेत अप्ठ्यारोमा पर्ने र देश ठप्प हुने


  • टाइम्स संवाददाता

  • २३ भाद्र २०८०, शनिबार १२:१४

कोहलपुर,बाँके: राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल बाँकेको नवौं जिल्ला अधिबेशन गनापुरमा सम्पन्न भएको छ । एनप्याब्सन बाँके अध्यक्ष श्याम कुवरको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन समारोहको उदघाटन संगठनका केन्द्रिय अध्यक्ष पान्डब हमालले गरेका थिय।

अधिबेशनलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पान्डब हमालले निजि बिधालयमा अरबौ लगानी जोखिममा रहने हो भने मुलुक समेत अप्ठ्यारोमा पर्ने र देश ठप्प हुने बताए। सामाजिक सुरक्षाकोषबारे बोल्दै हमालले भने, राज्यको ब्यवस्थापन नीति सबल नभए सम्म कोषमा आवद्ध हुन नसकिने बताए।

उदघाटन सत्रमा सरकारले ल्यायको शैक्षिक बिधयकको बारेमा चर्चा गरिएको थियो। सो अवसरमा पुर्ब केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाही ,रितुराज साप्कोटा, केन्द्रीय उपाध्यक्ष सुबोध डागी , प्याब्सन बाँके अध्यक्ष यम बहादुर रावत,राष्ट्रिय शिक्षक सङ्गठन बाँके अध्यक्ष रेखा धिताल, शिक्षक संघ बाँके अध्यक्ष ऋषि शर्मा, शिक्षक महासङ्ह अध्यक्ष पवन यादब लगायतले शुभकामना मन्तब्य राखेका थिय।

अधिवेशनबाट नेशनल प्याब्सन बाँकेको अध्यक्षमा किशोराज मल्ल चयन भएका छन् । यस्तै प्रथम उपाध्यक्षमा चिरिञ्जीवी चन्द, द्धितीय उपाध्यक्षमा गोविन्द बहादुर रावत, सचिवमा वेग प्रकाश चन्द, कोषाअध्यमा लोक बहादुर डाँगी, सह-सचिवमा प्रकाश मल्ल र सह-कोषाध्यक्ष धन बहादुर वली चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अखिलेस गुप्ता, धन बहादुर खड्का, विर बहादुर सुनार, नरेन्द्र ददेल, धन बहादुर शाही, नारायण पंगेनी, मनोज कुमार बर्मा, पूर्ण बहादुर थारु, रमेश कुमार यादव चयन भएका छन् ।

Nabintech