६ जेष्ठ २०८१, आईतवार
तीज भडकिलो बन्दै, संस्कृती जोगाउन स्ववियुको तीज बिशेष कार्यक्रम

कला संस्कृती र परम्परालाई संरक्षण गर्नुपर्नेमा अधिकांश बक्ताहरुको जोड


  • टाइम्स संवाददाता

  • २४ भाद्र २०८०, आईतवार १६:५१

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी वहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले कला, संस्कृतीको जर्गेना गर्ने उद्धश्यका साथ क्याम्पसको प्रांगणमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

”भाषा कला परम्परा हाम्रो पहिचान स्वबियु छ संस्कृतिक लाई पुस्ता सम्म लान” भन्ने मुल नाराका साथ आयोजित तीज बिशेष कार्यक्रममा बिगतको तुलनामा पछिल्लो समय तिज भडकीलो बन्दै गएको भन्दै स्ववियुले संस्कृती जोगाउनका लागि विद्यार्थीहरुबाट सकारात्मक सन्देश जावस भन्ने हेतुले स्ववियुले तीज बिशेष कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

तीज बिशेष  कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एबं लुम्विनी प्रदेश सांसद वसन्ति अधिकारीले तिजको बहानामा घर घरमा आर्थिक भार बढदै गएपछि झन महिला हिंसाका घटनामा बृद्धि हुदै गएको दावि गरिन । उनले अरुको देखासिकिमा लागेर आर्थिकका कारण पारीवारीक कलह बढेको भन्दै नारी आफु अनुशासनमा रहने हो भने परिवार र समाजलाई समेत अनुशासनमा राख्न सक्ने र शान्तिपुर्ण समाजको सिर्जना हुनेमा जोड दिईन ।

हामी महिलाहरु राजनैतिक अधिकारका लागि समानताका नारा लगाउनु राम्रो बिषय भएपनि अहिले महिलाहरु नजानिदो तरिकाले समानताका नाममा मदिरा र मासुमा प्रतिस्पधा गर्ने परिपाटि बस्दै जानु दुखद भएको चर्चा गर्दै प्रदेश सभासद अधिकारीले पश्चिमा संस्कृतीको सिको गर्दै मौलिक संस्कृतीलाई भुलेर पाँच तारे होटलमा तिज कार्यक्रम गरेर छिमेकिलाई समेत तिजमा प्रभावित पर्नेगरि तीज मनाउने प्रतिस्पर्धाले समाज कता जादैछ भन्ने सोच्नुपर्ने बेला आएको बताईन ।

४० को दशकमा गाउघरमा मनाईने तीजको स्मरण गर्दै अधिकारीले छोरि चेलिहरुको माईत जाने बहाना साथै दुख सुख साट्ने परम्परा र खट्टे, खिर, तामा आलु गाभा खाने संस्कृती हराउदै गएको प्रति चिन्ता ब्यक्त गरिन । दर खाने तिथी मिति तोकिएको भएपनि एक महिना अघिदेखि दरको नाममा मासु खाने प्रबृत्ती गलत भएको भन्दै अधिकारीले ब्रत बस्न स्वास्थ्यका लागि राम्रो भएको तर तीजको ब्रत बस्नु अघि माछामासु सेवन धार्मिक हिसावले समेत बर्जितको बिषय भएको औंल्याईन ।

कार्यक्रममा बिशिष्ठ अतिथी लुम्विनी प्रदेश सांसद सञ्जु कुमारी थारुले हाम्रो काँधमा समाज वनाउने समेत जिम्मा रहेको भन्दै कला संस्कृति संरक्षण गर्न आधुनिक गित र डिजे हैन कि मौलिक बाजा सहित ग्रामिण भेगका भेषभुषा तथा भाकाहरुमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिईन ।

हाम्रो संस्कृतिमा निरन्तर आक्रमण भैरहेको छ, प्रहार भईरहेको छ महिनौ देखि दर खाने प्रवृत्तिले इतिहासलाई समेत बिर्सेको आभाष हुन्छ भन्दै सांसद थारुले कला संस्कृती संरक्षणको नाराका साथ स्वविुले तीज बिशेष कार्यक्रमको आयोजना गरेको भन्द्र मुक्त कण्ठले प्रशंसा गरिन ।
कार्यक्रममा क्याम्पस प्रमुख दान वहादुर हमालले तीज संस्कृतीले महिलाहरुविच एक आपसमा सदभाब साटासाट गर्ने अबसर प्रदान गरेको भन्दै नारि शक्त्तिलाई मान सम्मान गर्नुपर्ने सन्देश जानेगरि तीज पर्वलाई मनाउनुपर्नेमा जोड दिए ।

पुर्व क्याम्पस प्रमुख शिशिर कुमार शर्माले कला संस्कृतीको संरक्षण संबद्र्धनमा महिलाहरु नै अगाडि लागिपरे समाजलाई समेत सकारात्मक सन्देश जाने भन्दै पश्चिमा संस्कृतीले गाँजेको समाजले समेत उदारहणिय रुपले गति लिने र बिक्रिती बिसंगतिको समेत अन्त्य हुनेमा जोड दिए ।

प्राध्यापक संघका अध्यक्ष खोपिराम वलिले पछिल्लो समय भित्रिएको पश्चिमा संस्कृती र अहिलेको विकृतीलाई फिउजन गराउदै शिव पार्वतीको उपासना गरिने पर्वमा पति पत्निलाई समेत सदभावको भावना जागृत गराउने गरि परम्परागत शैलि नै तीज मनाउने उत्तम शैलि भएको जिकिर गरे ।

स्ववियु सदस्य सिर्जना मल्लको स्वागत मन्तब्य संगै प्रारम्भ तीज बिशेष कार्यक्रममा पुर्व क्याम्पस चिफहरु खगराज पन्त,धुर्व शर्मा, रमेश चन्द्र अभिकारी क्याम्पसका प्राध्यापकहरु, कर्मचारीहरु, बिभिन्न बिद्यार्थी घटकका नेताहरु, पुर्व स्ववियु अध्यक्ष दिनेश केसि लगाएतको उपस्थिीती रहेको कार्यक्रमको सभापतित्व स्ववियु अध्यक्ष देबेन्द्र बहादुर बुढाले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव महेन्द्र प्रकाश मल्लले गरेका थिए ।

तीज विशेष कार्यक्रममा क्याम्पसमा अध्यनरत छात्राहरुले बिभिन्न तिजका भाकामा आ आफनो सांस्कृतीक कला प्रस्तुत गरेका थिए भने स्ववियुले दरको रुपमा शुद्ध नेपाली शाकाहारी भोजन आफना सहकमीहरुलाई गराएका थिए ।

Nabintech