२३ बैशाख २०८१, आईतवार
एघारौं अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्ने खेलाडिहरुलाई बाँकेबाट विदाई

प्रतियोगिता भदौ २७ देखी ३१ गते सम्म सातदोबाटो ,ललितपुरमा संचालित हुने


  • टाइम्स संवाददाता

  • २५ भाद्र २०८०, सोमबार १५:१४

कोहलपुर बाँके: भदौ २७ गते देखि नेपाल तेक्वान्दो संघ सातदोबाटो ,ललितपुरमा सुरु हुने ११ औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट सहभागि हुने खेलाडिहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । एक हजार सात सय अठहत्तर खेलाडी सहभागी हुने प्रतियोगितामा भारत र बङ्गलादेशका खेलाडी सहभागी हुनेछन भने बाँकेबाट महिला र पुरुष गरि २७ जना खेलाडीहरुले सहभागिता जनाउने छन ।

बाँकेबाट सहभागिता जनाउने खेलाडिहरुलाई बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने प्रतियोगितामा सफलता प्राप्तको कामनाका साथ आज सोमवार विदाई समेत गरेका छन । बाँकेमा खेल प्रशिक्षणका लागि उपयुक्त सामाग्रि र खेल स्थान नभएपनि खेलाडिहरुले आफनै बलबुतामा तयारी गरि प्रतियोगिता स्थलतर्फ लागेको अध्यक्ष लामिछानेले बताए । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य मोहन वलि  र जिल्ला संघका पदाधिकारीले समेत खेलाडीहरुलाई विदाई गर्दै हौसला प्रदान गरेका थिए ।

खेलाडीको नेतृत्व गर्दै बाँके जिल्ला कोचको रुपमा तेक्वान्दो डोजाङ्गका सिनियर कोच महेस थापा, श्याम भट्टराई, बाँके जिल्ला राष्ट्रिय रेफ्री रामरति थारु समेत खेलाडिहरुसंग काठमाण्डौ प्रस्थान गरेका छन । प्रतियोगिता भदौ २७ देखी ३१ गते सम्म सातदोबाटो ,ललितपुरमा संचालित हुनेछ भने ५  ऐरिनामा प्रतियोगिता संचालित हुने कुरा जिल्ला सचीव जङ्ग वीर चौधरीले बताएका छन ।

Nabintech