८ जेष्ठ २०८१, मंगलवार
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • टाइम्स संवाददाता

  • २६ भाद्र २०८०, मंगलवार ०६:१३

काठमाडौं : नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। आज राति करिब साढे दुई बजे हृदयघातका कारण निधन भएको एमाले नेता खिमलाल भट्टराईले  जानकारी दिए।

बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

निधनको खबर सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए।

ह्दयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको शव श्रद्धान्जलीका लागि पार्टी मुख्यालयमा राखिने भएको छ।

गएराति ७१ वर्षको उमेरमा निधन भएका उनको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए।

नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बने। यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर  २ बाटै विजयी भएका थिए।  २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बने।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बनेका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत भए।  सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत बने।

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

नेम्बाङलाई सोमबार राति बालुवाटारस्थित निवासमा समस्या भएपछि राति नै शिक्षण अस्पताल लगिएको थियो। उनको राति १ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु अहिले शिक्षण अस्पतालमा पुगेका छन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेता नेम्बाङको निधनमा दुख व्यक्त गरेका छन्।

 

Nabintech