२९ बैशाख २०८१, शनिबार
अझैं भाेकै भाेका

  • चिन्ताराम शर्मा

  • २७ भाद्र २०८०, बुधबार १२:१०

 गाैतम बुद्द जन्मियकाे यहि भूमी
दरबार  र बिलासिता छाेड्न सक्ने
सीताकाे जन्मभूमी आदर्शकाे धनी
महेन्द्र मल्ल  सबैले खायमात्र खाने
राम शाह सधै न्याय दूधकाे दूध पानी
पृथ्वी नारायण एकिकरणमा समर्पित
भक्ती, अमरसिंह,बलभद्र स्वाभिमानी
दशरथ,शुक्र,गंगा,धर्म राष्ट्र र राष्ट्रियता ।
खै भाेक, बिलासिता, ईतिहास साक्षी छ
तर आज के गर्छाै  के हुन्छ छर्लङ्ग छ।
नारा भाषण अति दिनहु ,देशमा बिकृती
नेता र पार्टी लाई सत्ताकै मात्र भाेक
कसैलाइ घुस र आडम्बरकाे मात्र भाेक
ब्यापरीलाइ  ओेधी मुनाफाकाे भाेक
धेरैलाइ भ्रस्टाचार  र तस्करीकाे भाेक
कतै मन्दिरै रित्याउने गरी मूर्तीकाे भाेक ।
कसैलाइ जसरिपनि जागीरकाे भाेक
कसैलाइ संगठन र कार्यकर्ताकाे भाेक
ताना तान, हानाहान ,भनाभन पदकाे भाेक
मै ठूलाे मै जानेकाे  दार्षनिककाे भाेक
कालाेधन्दा, बैमानी, अबैधधन्दा र बिकृती
मानव तस्करी, ब्रह्म लुट,कालाेबजारियाकाे
संपति, भला्द्मी, रजाइकजाईकाे भाेकै भाेक
चाेरी,चाकडी,चाप्लुशीअन्याय र झाेलेकाे भाेक।
अपराध,विधि उलङ्गन,शान्ति खलबलकाे भाेक
शंका,आलाेचना, अरूलाइ तलैपार्न सदा भाेक
बिश्वासघात,उल्ट्याङ पलट्याङगिराउनेकाेभाेक
जाहा टेक्याे, पस्याे त्याहा कमाउने रमाउने भाेक
समय, मानिस,श्रम, ऐश्वर्य यश काे भाेकैभाेक
फजुल सम्पति आर्जन,नेतृत्व र सुखकाे भाेक
अरुकाे  खाेईलाे खनेर समय यापनकाे भाेक
नागरिकलाइ बैदेशिक राेजगारकाे मात्र भाेक
ए भाेक अब तिमी तृप्तहाै कति हिन्छाै सबमा
साझ बिहान हात जाेर्न धाै, लाेप हाेउ तिमी
पेट भराउ तिमी सरिक हाै अरुमा जादै नजाउ
दुनीया अरू खलबलिन्छ तिम्रै  अस्तित्व मेटीनेछ
आखीरमा तिमी लाेप हुनेछाै एका समयकाे कथा
छाेड तिम्रा बिसंगती,फट्याइँ, कुचालका कुयात्रा
मानीसलाइ मानिस बन्नदेउ  सबकाे सेवा सेवामा
आजै कुलेलम् हान मानव,मानवीयताकाे खातीर
जति  पनि  भाेकैभाेका कति खान खाेज्छाै
सहजै फलामे चिरउरापनि पच्न थाल्याे
हेर विधि , कानूनले सबैलाइ समान देख्नेछ
भाेकैभाेक जाग्नेहरू सबैकाे अगि झुक्नेछाै
मत्था बैँस,   यश, तागत र घमण्ड सुक्नेछ
माफी याचना गरेर धरतीकाे लाचार हुनेछाै
पुस्ताैं बदनामी ,कुरुर, आततायीकाेकित्तामा
सड्नेछाै,  अनि शिरदेखीपाउ कुल्चेर थुक्नेछन
आश्चार्य यतिधैरै खाएर पनि अझै भाेकै भाेका ।
तिमी भैरव अर्यालकाे हाडी घाेप्टे भयाैकी
आत्मजीवित छैनाै भाेक भाेकले  बेहाेसियाैकी
हत्या, हिन्सा बलत्कार,  लाेभ , क्राेधकाे उपजले
भाेकै भाेकले जिउदाेमै कतै मसानपाे बनेउकी
सबेरै बुझ बिकृती, बिसंगतीकाे भाेक कफन हाे
छाेड सबै चक्र, आत्म सहितकाे मानबभै देखाउ
कति खायाै कति धन्य ! धन्य! अझै भाेकै भाेका।

काेहलपुर १० बाँके

Nabintech