२ जेष्ठ २०८१, बुधबार
पुर्ब पश्चिम राजमार्गमा बिस्फोट, सडकमा पर्यो भ्वाङ्ग

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०८०, आईतवार १३:५४

काेहलपुर,बाके: पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे राप्तीसोनारी गाँउपालिका ८ नयाँ गाउँ नजिकै सडकमा विस्फोट भएकाे छ । आईतबार बिहान करीब ४ बजेकाे समयमा बिस्फाेट हुँदा राजमार्ग एकतर्फी रूपमा बन्द भएकाे छ ।

सडकमा विस्फोट भएको बस्तु बम भएकाे प्रहरीले आशंका गरेकाे छ । यद्यपि त्यसकाे पुष्टि भने भएकाे छैन । घटनास्थलमा पुरानाे तार फेला परेकाले द्वन्द्वकालमा राखिएकाे माइन बम पड्किएकाे हुन सक्ने ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख सुन्दर तिवारीले बताए ।

घटनास्थलमा भेटिएकाे तार लगाएतका बस्तु परिक्षणकालागि विधि विज्ञान प्रयाेगशाला काठमाडौं पठाउने तयारी भईरहेकाे तिवारीले जानकारी दिए । घटनामा कुनै मानविय क्षती भने नभएकाे प्रहरीले जनाएकाे छ ।

Nabintech