१ जेष्ठ २०८१, मंगलवार
अमर मिलन बहुउद्देश्य सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०८०, शनिबार १८:०९

कोहलपुर,बाँके: कोहलपुरमा रहेको अमर मिलन बहुउद्देश्य सहकारी संस्थाले आफनो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले वार्षिक साधारण सभा कार्यक्रमको पानसमा बत्ती बाली उद्दघाटन गरेका हुन । वडा  अध्यक्ष दिपेन्द्र श्रेष्ठले कार्यक्रम बोल्दै वडा कार्यालयबाट संस्थाको विकासको लागि निष्पक्ष रुपमा आर्थिक भौतिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संस्थामा सदस्यले नियमित मासिक बचत गर्नेतर्फ प्राथमिकता दिनुपर्ने र लगानीलाई व्यवसायिक क्षेत्रमा लगानी लगाई संस्थाबाट लिएको कर्जा समयमा तिर्नुपर्नेमा जोड दिए । जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने र सदस्य र संस्था एक ढिक्का भएमा सहकारी संस्था कहिले पनि समस्यामा नपर्ने बिचार व्यक्त गरे ।

सहकारीमा लागेका पदाधिकारी र कर्मचारीले निस्वार्थ भावनाले काम गर्नु पर्ने बताए । यस संस्थाका संस्थापक ५८ जना शेयर सदस्यहरु को विषेश पहलमा २०६३ साल मंसिर १४ गते रझेना गा.वि.स. र छिमेकी ग.।वि.स.हरुमा समान उद्देश्य र आकांक्षामा ठकुरी जातीको संगठन निमार्ण गरी सुरुवात गर्दै सामुहिक प्रयास गरेको यस सहकारी संस्थाका अध्यक्ष चन्दले बताए ।

सहकारी संस्थाका अध्यक्ष अन्त बहादुर चन्दले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८९–८०मा संस्थाले बचततर्फ २२ लाख, ७१ ह्जार, ९ सय ७२ रुपैयाँ संकलन गरेको बताउँदैे वार्षिक कारोबार २४ लाख ३६ हजार ५ सय पु¥याउन सफल भएको बताए । प्रमुख अतिथि,विशिष्ट अतिथि हरुले उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता, ज्येष्ट नागरिक र कक्षा १२ मा उत्कृष्ट स्थान हासिल गरेका विधार्थी हरुलाई खादा ओढाएर नगद रकम र प्रमाण–पत्र सहित सम्मानित गरेका थिए । सहकारीका अध्यक्ष अन्त बहादुर चन्दको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

 

Nabintech