२३ बैशाख २०८१, आईतवार
मेरो लक्ष्य रझेनावासिहरुलाई शुद्ध, सर्व सुलभ खानेपानीमा पहुँच पुर्याउनु हो: शाहि

सम्पूर्ण दलहरू , तिनै तहका सरकार, बिभिन्न दातृ निकाय सँगको सहकार्य र साझेदारमा खानेपानीलाई नमुना खानेपानी उपभोक्ता संस्था बनाउन लाग्ने


  • टाइम्स संवाददाता

  • १४ आश्विन २०८०, आईतवार १०:४१

रझेना खानेपानी उपभोक्ता समितीको साधारण सभाको लामो समय पछि नयाँ नेतृत्वका लागी यही असोज १६ गते अर्थात मंगलवार निर्वाचन हुन गईरहेको छ । निर्वाचनमा २ वटा समुह प्रतिष्पर्धामा छन । कोहलपुर नगरपालिका वडा नं ३ र ४ का स्थाई बासिन्दा तथा उपभोक्ताहरुले आफनो अमुल्य मतदान गर्न पाउने उक्त निर्वाचनमा अध्यक्ष पदमा होमीएका छन ३८ बर्षे युवा सामाजिक तथा राजनीतिक क्षेत्रमा एक सक्रिय युवा हस्ति केशवराज शाहि । युवा उमेरमै बिभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल उर्जावान समाजसेवी तथा राजनीतिक ब्यक्तित्व हुन उनी । हरेक क्षेत्रमा आफनो सक्रिय सहभागिता जनाउने लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार समेत रहेका केशवराज शाहिसंग कोहलपुर टाईम्सले संस्थाको विकास र भावी योजनाका बारेमा गरिएको सम्छिप्त कुराकानी अंश ।

१. तपाईंको उम्मेदवारी किन ?

म लामो समय देखि कोहलपुर क्षेत्रमा राजनैतिक तथा समाजिक क्षेत्रमा क्रियाशील छु । रझेना खानेपानीलाई नजिक बाट नियाली रहेको छु । रझेनाका वडा नं. ३ र ४ मा खानेपानी विस्तार मुख्य समस्याको रुपमा रहँदै आएको पनि छ । रझेना बासी लाई स्वच्छ र सुलभ मूल्यमा खानेपानी उपलब्ध गराउनका लागी मेरो उम्मेदवारी हो ।

करिवन १ हजार २ सय उन्साठि उपभोक्त सदस्य रहेको रझेना खानेपानी उपभोक्ता मध्ये आधा उपभोक्ता खानेपानीमा अहिले पनि बिभिन्न खाले समस्या झेली रहेका छन । कतिपय उपभोक्ताले धारो जडान गरि नियमित महसुल भुक्तान गर्दा पनि धमिलो पानी तथा पानी सुद्धिकरण बिनाको पानी उपभोग गर्न विवस छन, शुद्ध पानीको पहुचमा छैनन, शुद्ध पानीको पहुच, गरिब, भुमिहिन तथा सुकुम्वासिहरुको आगन सम्म पुगेको छैन , पानी जस्तो आधारभुत आबश्यकता परिपुर्ति गर्नु मेरो प्रमुख कर्तब्य हो । राजनिति भन्दा माथि उठेर निर्भिकतापुर्वक सबैको घर आगनमा पानीमा पहुच पुरयाउन नै मेरो उम्मेदवारी हो ।

कतिपय ग्राहक शुल्क तिर्छु भन्दा पनि धारो जडान गर्न पाएका छैनन् । सडक नाला बिस्तारले गर्दा रझेनाका बिभिन्न टोलहरुमा खानेपानीको समस्या थपिएको छ । रझेनाका ३ र ४ मा भएकाका सार्वजनिक स्थानहरूमा खानेपानीको समस्या छ । यि र यस्तै समस्या समाधानका लागी टिम सहित मैले उम्मेदवारी दिएको छु । मुख्य रुपमा रझेनाको आर्थिक सामाजिक क्षेत्रमा क्रियाशील नेकपा एमालेको नेतृत्व गर्दै एकल रुपमा मैले रझेना क्षेत्रका खानेपानी समस्या समाधानका लागी एक संकल्प लिएर उम्मेदवारी दिएको हु ।

२. तपाईँका प्राथमिकताहरू के के हुन ?

आम रझेना बासीलाई स्वच्छ खानेपानी खुवाउने कुरा नै मेरो प्राथमिकता हो । त्यसका लागी हाल भूमिगत जलश्रोतको लागी डिप ट्युबेल र टयाङ्कीको क्षमतावृद्धि गरी थप ट्युबेल र टयाङ्की निर्माण , पायप विस्तार गरि सबैलाई पानीमा पहुच तथा पानी सुद्धिकरणको प्लान्ट निर्माण र रझेना क्षेत्रमा रहेका अन्य आयोजनालाई समेत समेटेर एकीकृत खानेपानी विकासको गुरु योजना निर्माण लगायतका कामहरू मेरा प्राथमिकतामा छन ।

यसका साथै आफनो कार्यकालमा रझेना बासीलाई सर्व सुलभ खानेपानीमा पहुँच पुर्याउने । लक्षित वर्ग , विपन्न , दलित , भूमिहीन सुकुम्बासीलाई अति सहुलियत मूल्यमा खानेपानी बितरण, धारा जडान र न्युनतम शुल्कमा पानी वितरणका साथै मर्मत कार्य सम्म नि:शुल्क गर्ने गरि मुख्य बजार क्षेत्रमा निशुल्क रुपमा उपभोग गर्ने गरी खानेपानीको धाराहरू मार्फत खानेपानी बितरण नै मेरा प्राथमिकता हुन । यस बाहेक हामिले उपभोक्ताको धारोमा खानेपानीको शुद्धता जाँच , हरेक टोलमामा अलग अलग प्राविधिक टिम निर्माणलाई प्राथमिकतामा राखेका छौ । टोल विकास संस्थासंगको समन्वयमा मात्र पानी वितरण प्रणाली लागु गर्ने, पानी नआउने धारामा अविलम्ब पानी पुर्याउने र धारा नपुगेका सदस्य सम्म पायप जडान गर्नु प्राथमिकतामा राखेको छु ।

धारा मर्मत सम्भारका लागि सामान बाहेक अन्य कामहरु ४ घण्टा भित्र त्यो पनि निस्शुल्क गर्नेछु प्रत्यक महिनाको अन्तिम शनिवार सरफाईमा समेत आपना नागरिकहरुलाई जागरुक गराउन सरसफाईका कार्यक्रम समेत लागु गरिने छ भने उपभोक्ताहरुका गुनासाहरु सम्बोधन गर्न प्रत्यक महिना २ पटक अन्तरक्रिया गर्ने र टोल टोलमा गुनासो पेटिका राख्ने गरि ब्यबस्था गर्ने हाम्रो लोकतान्त्रिक प्यानलको सपना रहेको छ ।

रझेनामा मल्टि विकास निर्माणको थालनि आज सम्म नभएका कारण पनि लागत धेरै हुन जाने पारीपाटिले समेत खानेपानीलाई महंगाईमा पार्ने गरेको छ, अबका दिनहरुमा मल्टि विकासलाई समेत ध्यान दिएर कम लागतमा बढि भन्दा बढि काम गरिनेछ । मलाई आर्थिक लोभ लालचमा पर्नु छैन । खानेपानीबाटै आफनो राजनैतिक क्यारियर बनाउदै नगरको प्रमुख हुने मेरो लक्ष्य हो जित हार स्विकार्दै मैले आफनो लक्ष्यलाई सधै आत्मसाथ गरिरहने छु ।

गरिव बिपन्न र असाहाय परिवारहरुलाई १० हजार सम्मको पानीमा न्युनतम शुल्क १०० कायम गर्ने, पिउन योग्य पानी उत्पादनकालागि शुद्धिकरण प्लान्ट निर्माण गरि दुर्गन्धरहित पानीको ब्यबस्था गरिनेछ, बिधि, बिधान र सुसासन हाम्रो मुल मन्त्र भएकाले सार्वजनिक स्थल, मठ मन्दिर, चर्च मन्दिर, र सरकारी स्कुलहरुमा निस्शुल्क धारा जडान गरि खानेपानीमा सबैको पुहुच पुरयाउने योजना रहेको छ, कोहलपुर नगरपालिकाका वडा नं. ३ र ४ मा खानेपानीको पायप लाईन विस्तार गरि आर्सेनिक रहित सफा पानीको ब्यबस्था गरिनेछ , दैनिक ६ घण्टा पानी छाडने गरि कार्ययोजना सहित निर्वाचनमा हाम्रो प्यानल निर्वाचनमा होमिएको छ ।

३.  तपाई तीन दलीय गठबन्धनका विरुद्ध एकल रुपमा चुनाव लड्नु भएको छ । उपभोक्ताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

त्यसो त रझेनामा खानेपानीको जग बसाल्ने पनि दलहरू नै हुन । राजनैतिक दलहरूको सहकार्यमा र प्रयासबाट अहिलेको  रझेना खानेपानी तथा उपभोक्ता समिती निर्माण गरिएको हो । तपाई कल्पना गर्नुहोस् दलहरूले यो खानेपानी सुरुवातको पहल कदमी नलिएको भए अहिले  खानेपानीको अवस्था के हुन्थ्यो होला ।

पक्कै पनि यति भन्दै गर्दा गर्दा उपभोक्ताका तमाम समस्याहरू छन । जुन पुरा हुन सकेका छैनन् । संस्थामा आर्थिक पारदर्शिताको कुरा उठेको छ, संस्थामा भएको सकारात्मक कामको जस अपजसको जिम्मा लिंदै केही कमीकमजोरी भएका रहेछन् भने पनि त्यसलाई सच्चाउदै अगाडि बढ्ने हो र रझेना क्षेत्रको समग्र खानेपानीको समस्या समाधानका लागी हामी एकल दलबाट विजय भएपनि सहकार्य भने सबैसंग गर्ने नै छौं । म र मेरो टिम निर्वाचित भए पछि  सम्पूर्ण दलहरू , तिनै तहका सरकार, बिभिन्न दातृ निकाय सँगको सहकार्य र साझेदारमा खानेपानीलाई नमुना खानेपानी उपभोक्ता संस्था बनाउन लाग्नेछौ ।

काम गर्ने हामीहरुले हो ,हामीले नगरे कस्ले गर्छ । हामिले सुविधा कटौती र आर्थिक मितव्ययिताको निती लिएर अगाडि बढेका छौ ।आर्थिक रुपमा पारदर्शिता बनाउन सके उपभोक्तहरुलाई समेत सन्तुष्ट राख्न सकिन्छ भन्ने मैले बुझेको छु । प्रचार प्रसारका क्रममा उपभोक्तहरुले मलाई देखाउनु भएको सदासयताका लागि आभार छु । सकारात्मक सन्देश सहित निर्वाचनमा होमिएको हु । एक पार्टिको प्रतिनिधि भएपनि दल भन्दा माथि उठेर उपभोक्ताहरुले मलाई मतदान गरेर विजय गराउनु हुनेछ भन्नेमा म ढुक्क छु ।

४. अन्त्यमा आम उपभोक्ता लाई केही भन्नु छ ?

हामी ३ दलीय गठबन्धनलाई चुनौति दिंदैलोकतान्त्रिक समुह सहित खानेपानीका आम उपभोक्ता समस्या समाधानका लागी मैदानमा आएका छौ ।रझेना खानेपानीलाई नमुना खानेपानी आयोजना बनाउनका लागी , यस क्षेत्रका समग्र खानेपानी समस्या समाधानका लागी म लगायत मेरो टिम लाई मतदान गर्नु हुनेछ भन्ने अपेक्षा छ ।

पानीको समस्याका कारण काकाकुल बनेको धरानमा अहिले हर्क साम्पाङकै पहलमा सयौं कोष टाढाबाट पानीको मुहान नै धरान बजार आईपुगेको छ । मान्छेले आँट राखे र काम गर्ने हो भने अशंभव केहि छैन । मैले खानेपानीमा प्रचुर संभावना देखेको छु निर्वाचित भए कार्ययोजना सहित कार्यानयनमा ल्याउनेछु ।

अध्यक्षको उम्मेदवार म केशव शाहीको चुनाव चिन्ह खरायो रहेको छ भने उपाध्यक्ष कृष्ण कुमारी योगिको केत्लि, कोषाध्यक्ष गणेश मेदाशी शाहीको कैँची ,सचीव सफि महम्मद गुजरको बस, सदस्यहरु कल्पना मल्लको बाघ, रिता जैसी जरायो,टेक बहादुर डागिको पुतली,तिर्थ बहादुर बुढाको बल्ब रलाल्सरा बुढाको ट्रयाक्टरमा मतदान गरि अत्याधिक मतले सम्पूर्ण प्यानललाई बिजयी गराई दिनुहुन आम उपभोक्तामा हार्दिक अपिल गर्दछु ।

Nabintech