५ जेष्ठ २०८१, शनिबार
कोहलपुर ८ नं. वडमा ‘वडा कप’ प्रतियोगिता संचालन हुँदै

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०८०, बिहीबार १५:४६

कोहलपुर: कोहलपुरको ८ नं. वडामा भोलीदेखी वडा कप प्रतियोगिता संचालन हुने भएको छ। वडा दसैको अवसरमा शुक्रबारदेखी हुन लागेको वडा कपअन्तर्गत १० विधामा खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको ८ नं. वडा कार्यालयले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले वडा स्तरीय वडा कप असोज २६ गतेबाट सुरु हुन लागेको बताए । वडामा सबै किसिमका उमेर समूहका लागि विभिन्न किसिमका खेलकुद प्रतियोगिता हुने रानाले जानकारी दिए ।

प्रतियोगितामा फुटबल, भलिबल, व्याटमिन्टन, १०० मिटर दौड, घैटो फुटाउने, सटफूट, कुर्सी दौड, डोरी तान्ने ९मैत्रीपूर्ण०, सियो धागो, स्विट रेस लगायतका रोचक प्रतियोगिता समावेश गरीएका छन ।

प्रतियोगितामा स्विट रेस र १०० मिटर दौड बाहेक सबैमा खसी र प्रमाण पत्र रहेको छ भने स्विट रेस र १०० मिटर दौडमा भने नगद पुरस्कार सहित प्रमाण पत्र रहेको छ ।

Nabintech