काठमाडौं : आईसीसी क्रिकेट विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध भारतले सात विकेटको सहज जित निकालेको छ। गएराति भारतको महाराष्ट्र क्रिकेट एसोसिएन स्टेडियमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले भारतसामु निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारतले ४१ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।
भारतको जितका लागि विराट कोहलीले शतक प्रहार गरे। उनले अविजित १०३ रन जोडे। ९३ बल खेलका उनले चार छक्का र ६ चौका प्रहार गरेका थिए। ओपनर शुभमन गिलले अर्धशत प्रहार गरे। ५५ बल खेलका उनले दुई छक्का र पाँच चौकाको सहयोगमा ५३ रन जोडे भने। त्यस्तै, कप्तान रोहित शर्माले ४८ रन जोडे । श्रेयस ऐयरले १९ र केएल राहुलले अविजित ३४ रन जोडे। बंगलादेशका लागि मेहिदे हसनले दुई र हसन महमुले एक विकेट लिए।