२२ बैशाख २०८१, शनिबार
बंगलादेशविरुद्ध भारतको सहज जित

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०८०, शुक्रबार ०६:३६

काठमाडौं : आईसीसी क्रिकेट विश्वकपअन्तर्गत  बंगलादेशविरुद्ध भारतले सात विकेटको सहज जित निकालेको छ।​ गएराति भारतको महाराष्ट्र क्रिकेट एसोसिएन स्टेडियमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले भारतसामु निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।​ जवाफी ब्याटिङमा उत्रिएको भारतले ४१ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

भारतको जितका लागि विराट कोहलीले शतक प्रहार गरे। उनले अविजित १०३ रन जोडे। ९३ बल खेलका उनले चार छक्का र ६ चौका प्रहार गरेका थिए। ओपनर शुभमन गिलले अर्धशत प्रहार गरे। ५५ बल खेलका उनले दुई छक्का र पाँच चौकाको सहयोगमा ५३ रन जोडे भने। त्यस्तै, कप्तान रोहित शर्माले ४८ रन जोडे । श्रेयस ऐयरले १९ र केएल राहुलले अविजित ३४ रन जोडे।​ बंगलादेशका लागि मेहिदे हसनले दुई र हसन महमुले एक विकेट लिए।

Nabintech